७० बर्षीया साहित्यकारको काव्यकृर्ति विमोचन

धरान । ७० बर्षको उमेर । आँखामा समस्या छ । तरपनि धरानकी यी वृद्धा लेखिका अम्बिका शाक्यलाई साहित्य सृर्जनामा भने उमेरले छेक्न सकेन । वि.स.२००३ सालमा धरानमा जन्मिएकी साहित्यकार शाक्यको कृति ‘शैलसँगको आलाप’ बुधबार धरानमा विमोचन भएको छ ।
पब्लिक उच्चमाविको हलमा आयोजित समारोहमा उनका नयाँ काव्यकृतिको प्राध्यापक हरिप्रसाद दाहाल, साहित्यकार कुन्ता शर्मा र भाषाविद् डा.टंक न्यौपानेले संयुक्तरुपमा विमोचन गरेका थिए । साहित्य र आध्यामिक कार्मद्धारा समाजसेवामा समर्पित शाक्यको यसअघि पनि आधा दर्जन बढी पुस्तक तथा भिडियो, गिति क्यासेटहरु बजारमा आइसकेको थियो । शाक्यको नयाँ कृतिलाई मोति सँस्मरण समितिले प्रकाशन गरेको हो । कृति विमोचन पछि परिचर्चाकार एवं वक्ताहरुको प्रसंसाबाट उत्साहित शाक्यले साहित्यमा अझै लेख्ने धोको बाँकी रहेको बताइन् । ‘अझै कति गरौं, लेखौं भन्ने छ । लेख्नलाई अझै पुगेको छै तर आँखाको समस्याले खिन्न पनि छुँ’–नागरिकसँग प्रतिक्रिया दिदै उनले भनिन् । नयाँ कृति र आफ्नो लेखनीबारे पाएको प्रतिक्रियाले भने खुशीसँगै लेख्ने प्रेरणा मिलेको उनको भनाई छ । शैलसँगको आलाप कृति प्रकृतिबारे लेखिएको पनि उनले खुलाइन् ।
समारोहका प्रमुख अतिथि हरिप्रसाद दाहालले साहित्य लेखनमा शाक्यको सक्रियता सबैको लागि प्रेरणाको स्रोत बनेको धारणा व्यक्त गरे । स्वतन्त्र भावमा लेखिएको कविता काव्यकोरुपमा चित्रण गर्दै उनले स्रष्टा शाक्य प्रकृतिमा विलिन भएको बताए । ‘उहाँ प्रकृतिप्रेमी हुनुभएको छ, प्रकृतिमा लिन हुनुहुन्छ । शिलुसाग कविको गहिरो प्रेम छ, टुट्नै नसक्ने’–दाहालले भने–‘प्रकृतिसँग आत्मिय प्रेम छ, हावाहुरी, तुफान, भुइचालो आउदा पनि त्यो प्रेम डगमगाउदैन ।’ स्रष्टा शाक्यकी सहपाठी एवं साहित्यकार कुन्ता शर्माले घर व्यावहार र दैनिकी कामबाट समय निकालेर महिलाले लेखनलाई निरन्तरता दिनु ठुलो चुनौती हुने बताइन् । शाक्यको कविताको वनौट, शैलीगत सुन्दता र परिष्कृत भएको उनले बताइन् ।
साहित्यकार डा.गोपालप्रसाद भण्डारीले शाक्यलाई सफल नारी हस्ताक्षरकोरुपमा चर्चा गर्दै स्वभाव र लेखन दुवै गम्भीर भएको बताए । ‘व्यक्तित्व अनुसारको कवित्व छ, प्रकृति र जीवनसँग सम्बन्धित कविताहरु छन् । सुन्दर प्रकृतिमा जसरी बाढी पहिरो जान्छ, त्यसरी नै जीवन सुन्दरढंगले जीवन अघि बढ्दै गर्दा आरोह अवरोह आइपर्छ’–भण्डारीले भने–‘यो कृति जीवनको व्याख्या हो ।’ मोति सँस्मरण समितिका अध्यक्ष गोविन्द तिम्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा डा.भीम खतिवडा र शरला श्रेष्ठले कृतिमाथि परिचर्चा गरेका थिए । डा.खतिवडाले कृति आत्मीक प्रेमको सुन्दर नमुना भएको उल्लेख गर्दै प्रेमको उन्मुक्त, भव्य र सभ्य स्वरुप रहेको बताए ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे