अग्रज पत्रकार सुब्बा पुरस्कृत

धरान । कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठानले धरानका अग्रज पत्रकार हर्ष सुब्बालाई नगद २१ हजारसहित पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले शनिबार सिद्धि नेवाः परिषद हलमा एक कार्यक्रम आयोजना गरी पत्रकार सुब्बालाई सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरेको हो । उनलाई संस्थाकी संरक्षक सरला कायस्थ, अध्यक्ष मुकुल कायस्थ र प्रमुख अतिथि कृष्णप्रसाद श्रेष्ठ ‘बीए’ले सम्मान पत्रसहित नगद प्रदान गरेका थिए ।
पत्रकार सुब्बासँगै उनकी श्रीमति संगीता सुब्बालाई पनि समारोहमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रतिष्ठान गत बर्ष स्थापना भएको थियो । संरक्षक सरला कायस्थ र उनका स्वर्गीय श्रीमान् गोपालप्रसादको नाममा प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानका अध्यक्ष मुकुल कायस्थ सरला र गोपालप्रसादका छोरा हुन् । प्रतिष्ठानले यो बर्षदेखि सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार प्रदान गर्न थालेको हो । सुब्बा रत्नप्रसाद गोपालप्रसादका बुबा हुन् । उनी धरान स्थापना गराउने व्यक्ति मानिन्छ । पत्रकार सुब्बा यो पुरस्कार पाउने पहिलो अग्रज पत्रकार हुन् । सोही कार्यक्रममा प्रतिष्ठानले एकल महिला समुहको धरान १७ स्थित छहारी भवनमा निर्माणाधिन महिला पुर्नस्थापना केन्द्रलाई सहयोगार्थ ५० ह्जार रुपैया प्रदान ग¥यो ।
यसैगरि, प्रतिष्ठानले कक्षा १२ मा अध्ययनरत विद्यार्थी गोमा बिक र मञ्जु जवेगुलाई छात्रवृत्ति स्वरुप जनही नगद १५ हजार प्रदान ग¥यो भने सरस्वती बाल आश्रमका राम परियारलाई पनि नगद १० हजार प्रदान ग¥यो । साथै, फरक क्षमता भएका दृष्टिविहिन विद्यार्थी सुर्यमाया लिम्बु र पोष्टराज थापामगरलाई पनि जनही नगद १५ हजार प्रदान ग¥यो । सुर्यमाया कौशीकी क्याम्पसमा बि.एड.तेस्रो बर्षमा अध्ययनरत छिन् भने पोष्टराज महेन्द्र बहुमुखी क्याम्पसमा बि.एड.प्रथम बर्षमा अध्ययनरत छन् । यस्तै, प्रतिष्ठानले १३ जना दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सामग्री पनि प्रदान ग¥यो ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे