बीपीको सिटिस्क्यान मर्मत नहुदा विरामीलाई सास्ती
धरान । पेट दुख्ने समस्या बढ्दै गएपछि धरान १५ का युवा विशाल राई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन पुगे । उनले पेटको सिटिस्क्यान गराउनु पर्ने भयो । प्रतिष्ठानको रेडियोलोजी विभागअन्र्तगतको सेन्ट्रल सिटिस्क्यान बिग्रिएकोले ती डाक्टरले नै उनलाई विराटनगर वा विर्तामोडमा गराउन सल्लाह दिए । डाक्टरको सल्लाहअनुसार राईले विराट नर्सिङ होममा सिटिस्क्यान गराएर प्रतिष्ठानमा फलोअप उपचार गराइरहेका छन् ।
प्रतिष्ठानको नीति हेर्ने हो भने उनले नर्सिङ होममा गराएको सिटि स्क्यानको रिपोर्टले यहाँ मान्यता नपाउनु पर्ने हो । २०७२ पुष ९ गते प्रतिष्ठानका अस्पताल निर्देशक डा.अरविन्द कुमार सिन्हाले जारी गरेको सुचना(सकुर्लर)मा सबैप्रकारका ल्याब तथा रेडियोलोजी परीक्षणहरु प्रतिष्ठानमै व्यवस्था भएकोले अन्यत्र परीक्षणको लागि नपठाउन र पठाएको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् । उक्त सर्कुलरमा बाहिरको रिपोर्टलाई मान्यता नदिने प्रतिष्ठानको नीति रहेको पनि स्पष्ट उल्लेख छ । तर, प्रतिष्ठानको नीति विपरीत अहिले विरामीहरुको सिटि स्क्यान परीक्षण धरान र विराटनगरका नीजि स्वास्थ्य संस्थाहरुमा नै भइरहेको छ । प्रतिष्ठान व्यावस्थापनले पनि यसमा मौनता साधेको छ ।
दक्षिण एसियाकै नमुना मानिएको मेडिकल कलेज तथा अस्पताल मानिने बीपीको सिटिस्क्यान बिग्रिएको झण्डै दुई साता पुग्न लागेको छ । रेडियोलोजी विभाग स्रोतका अनुसार दैनिक एकदेखि डेढ लाख रुपैया प्रतिष्ठानको आम्दानी गुमिरहेको छ । प्रतिष्ठानको सिटिस्क्यान बिग्रदा विरामीले पाएको सास्ती जति उदेकलाग्दो छ, सिटिस्क्यान बिग्रनुको कारण थाह पाउदा त्यति नै अचम्मित बनाउछ । प्रतिष्ठान व्यवस्थापनले विद्युतको अनियमित आपुर्ति(भोल्टेज अप डाउन) नियन्त्रण गर्ने युपिएस ब्याकअपको व्यवस्था नगर्दा सिटिस्क्यानको एमटिसिपियु बोर्ड सर्ट भएको प्राविधिकको भनाई छ । सिटि स्क्यान कम्पनी क्यापिटल इन्टरप्राइजेजका सर्भिस इञ्जिनियर धीरेन्द्रबहादुर सिंहका बढी पावर सप्लाइ हुदा मेशिनमा भएको कन्ट्रोलरले समेत नियन्त्रण गर्न नसक्दा सिटिस्क्यान बिग्रिएको हो । यसअघि पनि २ पटक त्यही ठाउँमा सर्ट भएर बोर्ड फेरिएको थियो । ‘भोल्टेजमा यस्तो समस्या हुन्छ भन्ने थिएन । सन् २०११ देखि नै हरेक पटक सर्भिस गर्दा युपिएस ब्याकअप कि भोल्टेज सप्लाई राम्रो हुनुप¥यो भनिरहेका छौं’–इञ्जिनियर सिंहले भने । सिटिस्क्यानको पार्टपुर्जा जापानबाट मगाउनु पर्ने भएकोले सिटिस्क्यान बन्न अझै २ साता बढी लाग्न सक्ने उनले बताए । प्रतिष्ठानको सेन्ट्रल सिटिस्क्यान सन् २००९मा स्थापना गरिएको हो ।
प्रतिष्ठान स्रोतका अनुसार आवश्यकता भए पनि रेडियोलोजी विभाग र प्रतिष्ठान व्यावस्थापन बीचको द्धन्दले गर्दा युपिएस ब्याकअपको अहिलेसम्म प्रबन्ध नभएको हो । पछिल्लो पटक विभागीय प्रमुख डा.आर.के.रौनियर प्रतिष्ठानको शिक्षाध्यक्ष र उपकुलपति बन्ने प्रयास गरेका थिए । त्यसक्रममा उनले प्रतिष्ठानभित्रको गलत क्रियाकलापको विरोध गरेका थिए । त्यसको प्रतिसोध स्वरुप उनलाई अस्पताल निर्देशकले असहयोग गर्ने गरेको स्रोतको भनाई छ । रेडियोलोजी विभाग हुदाहुदै पनि अस्प्ताल निर्देशकले पेडियाट्रिक विभागमा छुट्टै एक्स रे मेशिन सञ्चालन गरिदिए पछि दुवैबीचमा झनै दुरी बढेको स्रोतको भनाई छ । ‘घरमा कम्प्युटर किन्दा त हामी ब्याकपअ ल्याउछौं, यो त दक्षिण एसियाकै नमुना अस्पताल हो । करोडौंको मेशिन छ, युपिएस ब्याकअप नभएर मेशिन बिग्रनु विरामीको स्वास्थ्यसँग खेलवाड गरेको होइन ?’–स्रोतले भन्यो ।
विभागीय प्रमुख रौनियारले भने सिटिस्क्यानको लागि अस्पताल प्रशासनलाई लिखितरुपमा १ सय २० केभीको युपिएस ब्याकअप माग गरेपनि उपलब्ध नभएको बताए । ‘हामीले माग गरेकै हो, अहिलेसम्म किन दिएन, अस्पताल निर्देशकलाई नै सोध्नुस्’–उनले भने–‘सेन्ट्रल सिटिस्क्यान बिग्रिए पनि विरामीहरुलाई हुनेसम्म इर्मेजेन्सीमा सेवा दिइरहेकै छौं ।’
सेन्ट्रल सिटि स्क्यानको विकल्पमा आकस्मिक कक्षमा सिटिस्क्यानको व्यवस्था भएपनि त्यो कम क्षमताको हो । विभागका अनुसार बिग्रिएको सिटिस्क्यान १६ स्लाइसको हो भने आकस्मिक कक्षको मात्र २ स्लाइसको हो । आकस्मिक कक्षको सिटिमा टाउको, अनुहार र सानो जोर्नीको मात्र सिटिस्क्यान गरिन्छ । पेट र छातीलगायत लामो सिटि स्क्यान गर्नुपर्ने विरामीहरु निजी स्वास्थ्य सस्थाहरुमा गइरहेका छन् । आकस्मिक कक्षमा विरामी चाप हुने भएकोले टाउको, अनुहार र जोर्नीको सिटिस्क्यान गर्न पनि विरामीहरु निजी क्लिनिकतिरै धाइरहेका छन् । ती नीजि स्वास्थ्य संस्थामा विरामीहरुले दोब्बर शुल्क तिर्नुपरिरहेको छ । आउनुजानुको सास्ती त छदैछ । ‘जानु आउनु प¥यो, खर्च त त्यसै पनि बढी हाल्छ । विरामीले पनि दुःख पाउछन्’–विराटनगरमा सिटिस्क्यान गराएका राई भन्छन् । नर्सिङ होममा उनले पेटको सिटि स्क्यान गराउदा १० हजार ५ सय शुल्क तिर्नुप¥यो । जुन प्रतिष्ठानको सेवा शुल्क भन्दा झण्डै दोब्बार हो । प्रतिष्ठानको सिटिस्क्यान शुल्क केस हेरेर कम्तीमा ३ हजारदेखि ६ हजार ५ सय सम्म मात्र छ । यो पुर्वकै सबैभन्दा सस्तो शुल्क हो ।
अस्पताल निर्देशक डा.अरविन्द सिन्हा भने विगतमा युपिएस विना नै मेशिनहरु चालु अवस्थामा भएकोले आवश्यकता नभएको बताउछन् । ‘विना युपिएस मेशिनहरु चलिरहेकै थियो । विजुली पनि ठिक थियो । त्यही भएर चलायौं’–उनले भने–‘अचेल विद्युतको समस्या छ, युपिएस खरीदको लागि प्रक्रिया अघि बढीसकेको छ । साता दशदिनमा आइपुग्छ ।’

Comments
Post a Comment