सर्दुले आधा दर्जन घर बगायो(फोटोफिचर)

धरान । तीन दिनदेखिको निरन्तरको बर्षासँगै सर्दु र पकुवा खोलामा आएको बाढीले धरान ११ स्थित नमुना सुन्दर बस्तीको ६ घर बगाएको छ भने थप आधा दर्जन घरमा क्षति पु¥याएको छ । निरन्तर बर्षा र बाढी आइरहेकोले सयौं घर जोखिममा छ । स्थानीयका अनुसार आइतबार र सोमबार गरेर ती घर बगाएको हो ।
वस्ती जोगाउन समुदायले निर्माण गरेको आरसिसि चेकड्याम र ग्याबिङले समेत बाढीलाई छेक्न सकेन । दिउँसै बाढी वस्तीमा पसेकोले मानवीय क्षति भने भएन । घर बगाएर र क्षति पु¥याएका परिवार छरछिमेकको शरणमा छन् । निरन्तर बर्षा भइरहेको र बाढी झनै बढ्दै गएकोले स्थानीबासी वस्तीमा थप कटान र क्षतिको जोखिमले त्रसित छन् । ‘अहिलेसम्म ६ वटा घर पुर्ण क्षति भइसक्यो, कति घरमा सामान्य क्षति मात्र पुगेपनि उच्च जोखिममा छ’–नमुना वस्तीका अगुवा जितराज राईले भने–‘हामी आफैले ड्याम बनाएका थियौं, त्यो पनि भत्काएर बाढी वस्ततिर पसेर यस्तो विजोग बनायो ।’
दुई दिनको बाढीले जनश्वरी राईको २ वटा घर पुर्णरुपमा क्षति पुगेको छ भने इन्द्र राई, तेजमाया राई, लगनश्वरी राई र भक्तबहादुर दर्जीको घर पनि बगाएको छ । यस्तै, कुमार विक, वलबहादुर राई, विष्णुका राई, चन्द्र राई, संगीता राईको घरमा बाढीले सामान्य क्षति पु¥याएको छ भने मैया मगर, विष्णुराज राई, थामराज राई, कृष्णकुमार सुनुवार र प्रेमक बिकको घर बाढीको उच्च जोखिममा छ । बाढीले कटान गर्दै घरको आगनसम्मै पुगिसकेकोले उच्च जोखिममा रहेको घरहरु जतिबेला पनि बगाउने अवस्था छ । ‘सबै सामान पोको पारेर बसेको छुँ । बाढी ठुलो आयो भने भागिहाल्नुपर्ला’–खोला नियालीरहेकी इन्द्रलक्ष्मी राईले भनिन् । अर्का पीडित कुमार बिकले केही बर्षअघिसम्म सुरक्षित भएपनि यसपाली सर्दुले ठुलो क्षति गरेको बताए । बाढीले घरमा सामान्य मात्र क्षति पुगेपनि उनी आइतबारदेखि नै डेरा खोजेर सरिसकेका छन् ।
करिब ३ सय घरधुरी भएको नमुना बस्ती ९ बर्षअघि बसालिएको स्थानीयको दाबी छ । सर्दु खोला किनारमा रहेको यो वस्ती वडा ११ देखि वडा १७ सम्म पैmलिएको छ । वस्ती जोगाउन स्थानीयले ४ महिना अघि मात्र २ ठाउँमा करिब डेढ सय मिटर लामो आरसिसि चेक ड्याम बनाएका थिए । आधा दर्जन जति तारजाली र ढुंगाको ग्याबिङ पनि हालेका थिए । बाढीले सबैभन्दा माथिल्लो आरसिसि चेकड्याम भत्काएपछि वस्ती बगेको हो । चेकड्याम भत्किएको स्थानमा पकुवाको बाढी आएर सर्दु खोलामा मिसिने भएकोले खोलाको वहाव झन् तीब्र हुने गर्छ । ‘तल्लो आरसिसि चेकड्यामले बाढीलाई रोकेको छ, त्यो पनि भत्कियो भने वडा १७ को वस्ती पुरै बगाउछ’–वस्तीका अगुवा जितराजले भने । उनका अनुसार वडा १७ का डेढ सय घरपरिवार जोखिममा छन् । स्थानीयले आफुसँग भएको तारजालीमा खोलाकै ढुंगा प्रयोग गरेर बाढी रोक्ने प्रयास गरेपनि सफल भएका छैनन् ।
















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे