पिण्डेश्वर बोलबममा निःशुल्क स्वास्थ्य शिविर हुने


धरान । साउन महिनाको प्रत्येक सोमबार धरान १४ स्थित पिण्डेश्वर बाबाधाम(मन्दिर)मा लाग्ने बोलबम मेलामा रोटरी क्लब अफ धरान घोपा तथा रोट¥याक्ट क्लब अफ धरान घोपाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
दुवै संस्थाले शनिबार पत्रकार सम्मेलन गरेर बोलबममा आउने भक्तजनहरुलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन पिण्डेश्वर बाबाधाम निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराएको हो । हरेक बर्ष साउन महिनामा धरानस्थित पिण्डेश्वरमा चतरास्थित सप्तकोशीको जल ल्याएर चढाउन आउने भक्तजनहरुको घुइचो हुन्छ । त्यसक्रममा कतिपय भक्तजनहरुमा बेहोस हुने, चोटपटक लाग्ने, जलवियोजन हुने जस्ता समस्या हुन्छ । ‘विगतका बर्षहरुमा जस्तै यसपटक पनि साउन महिनाको प्रत्येक आइतार र सोमबार निःशुल्क स्वास्थ्य शिविर हुन गइरहेको छ, श्रद्धालु भक्तजनहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएको हो । निःशुल्क स्वास्थ्य जाँच र औषधि पनि वितरण हुन्छ’–कार्यक्रम संयोजक पुजा पण्डितले भनिन् ।
आयोजकका अनुसार स्वास्थ्य शिविर प्रत्येक आइतबार र सोमबार हुनेछ । जसमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, रोट्रयाक्टमा संलग्न विद्यार्थी तथा रोटरियनहरुको संलग्नता हुनेछ । बोलबममा आएका भक्तजनहरुलाई लक्षित शिविरमा समान्य चोटपटक लागेको, जलवियोजन भएका, बेहोस भएका दर्शनार्थीको निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण हुने रोट्रयाक्ट क्लब अफ धरान घोपाका अध्यक्ष विनोद मेहताले बताए । ‘शिविरमा इन्र्टन ३ जना, जेआर २ जना, नर्स खटिन्छौं । शिविरमा श्रद्धालु भक्तजनहरुलाई प्राथमिकता दिएर उपचार गछौं । अरुले पनि स्वास्थ्य जाँच गराउदा हुन्छ’–उनले भने । शिविर आइतबार बेलुकी ४ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सञ्चालन हुनेछ ।
गम्भीर घाइते तथा विरामी भएका भक्तजनहरुलाई एम्बुलेन्सद्धारा बीपी प्रतिष्ठानको आकस्मिक कक्षसम्म पु¥याउने व्यावस्था गरिएको पनि आयोजक दुवै संस्थाले जानकारी दिएको छ । शिविरमा सामान्य स्वास्थ्य जाँच, औषधि वितरण, जीवनजल र ग्लुकोज वितरण, सर्जिकल ड्रेसिङ, टिटि खोप र एम्बलेन्स सेवा उपलब्ध हुनेछ । निःशुल्क औषधीको लागि नेपाल सेल्स रिप्रेजेन्टेटिभ एशोसिएशन र आयोजक रोटरीको स्रोतबाट व्यावस्था गरिएको बताइएको छ । रोटरी र रोट्याक्टले विगत १२ बर्षदेखि निःशुल्क शिविर तथा औषधि वितरण गर्दै आएको छ । गत बर्ष साउनको ५ सोमबारमा करिब २७ सयको स्वास्थ्य जाँच गरेको आयोजकले जनाएको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे