बीपीमा दिनहु दिप प्रज्वलन

धरान । साँझ पर्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जिओपिडी भवन परिसार सुनसान हुन्छ । न डाक्टर न विरामी, कोही पनि भेटिदैन । एक सातादेखि भने त्यहाँको चहलपहल बेग्लै छ । साँझ पर्दै गएपछि प्रतिष्ठानका डाक्टर र अध्ययनरत विद्यार्थीहरु जिओपिडी परिसरमा भेला हुन्छन् । अनि, मैनवत्ति (दिप) प्रज्वलन गर्छन् ।
मेडिकल शिक्षा मोफियाकरण हुन नदिन विगत एघार दिनदेखि अनसनरत डा.गोविन्द केसीको जीवन रक्षाको कामना र उनको माग पुरा गराउन माग गर्दै उनीहरुले यो कदम चालेका हुन् । डाक्टर केसीको प्राण जोखिममा पर्दै गएकोप्रति उनीहरुको अनुहारमा ब्यग्रता र चिन्ता प्रष्टै झल्किन्छ । प्रतिष्ठानका डाक्टर, विद्यार्थीहरुले डाक्टर गोविन्द केसी एक्यवद्धता समुह विगतका आन्दोलनको क्रममा नै गठन गरेका थिए । त्यही समुहको अगुवाईमा उनीहरु भेला हुन्छन्, र दिप प्रज्वलन गर्छन् । एक सातामा २ पटक त ¥याली निकालेर भानुचौकमा दिप प्रज्वलन र काणसभा नै गरिसके ।
बुधबार समुहको आह्वानमा आयोजित ¥यालीमा प्रतिष्ठानका डाक्टर र विद्यार्थी मात्र होइन, सर्वसाधारण र पुर्वाञ्चल इञ्जिनियरीङ क्याम्पसका विद्यार्थीहरुले पनि सहभागीता जनाएका थिए । आइतबारदेखि प्रतिष्ठानका जेआर डाक्टरहरुले डा.केसीको माग पुरा गराउन दबाब स्वरुप हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । ‘हामी हरेक दिन साँझ जिओपिडी भवनअघि भेला हुन्छौं र दिप प्रज्वलन गरिरहेका छौं । जेआर डाक्टरहरुले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्’–ऐक्यवद्धता समुहका सदस्य नविन भट्टले भने–‘मेडिकल शिक्षा सुधारको लागि डाक्टर केसीको अभियानमा विद्यार्थी, डाक्टरसँगै सर्वसाधारणबाट पनि साथ पाएका छौं ।’
प्रतिष्ठानस्थित जेआर वेल्फेयर सोसाइटीका अध्यक्ष डा.अजित यादवका अनुसार शुक्रबार धरानमा पुनः वृहत ¥याली निकाल्ने तयारी भइरहेको छ । आफ्नो स्वार्थको लागि नभई स्वास्थ्यमा सबै जनताको पहुँच पु¥याउन आन्दोलन थालेको बारेमा आम जनतालाई सचेत गराउन यस्तो तयारी गरिएको उनले बताए । ‘सरकारले नै पटक पटक सम्झौता गरेर पनि सहमति लागु गरेन, मेडिकल शिक्षालाई शहरमा र हुनेखानेको मात्र पहुँचमा पु¥याउने खेल भयो । त्यसलाई तोड्न र गाउँ वस्तीमा स्वास्थ्य सेवा पुगोस भन्ने डाक्टर केसीको आवाज जनस्तरमा पु¥याउनुपर्छ’–उनले थपे ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे