पर्यटन विकास कछुवा गतिमा,टुर अपरेटर टिकट बिक्रीमै सिमित

धरान । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पर्यटकीय गन्तव्यसम्म पु¥याउने जिम्मेवारी बोकेका टुर अपरेटरहरुको निष्क्रियताले धरानको पर्यटनले अपेक्षित फड्को मार्न सकेको छैन । पर्यटकीय गन्तव्यहरुको मार्केटिङ गर्दै पर्यटकहरुलाई घुम्न आकर्षित गर्ने मुख्य जिम्मेवारी टुर अपरेटरहरुको हो । तर, यहाँका टुर अपरेटर(एजेन्सी)हरुसँग पर्यटकीय गन्तव्यको प्याकेज छैन ।
धरानमा ३ दर्जन बढी ट्राभल एण्ड टुर एजेन्सीहरु सञ्चालनमा छन् । ती मध्ये एउटा सेक्ष ट्राभलिङले मात्रै गन्तव्यहरुको प्याकेज तयार गरेर बिक्री गरिरहेको छ । अर्को, अमना ट्राभलले भने यताबाट भारतीय शहरहरुमा मात्रै घुमाउन लैजाने गरेको छ । अरु सबै टुर अपरेटरहरु हवाईजहाजको टिकट बिक्रीमा मात्रै सिमित छ । पर्यटक भित्र्याएर आय आर्जन गर्न तर्फ उनीहरुको चासो छैन । जसले गर्दा धरानको मात्रै होइन, प्रचुर सम्भावना बोकेका पुर्वको अन्य पर्यटकीय गन्तव्यहरु ओझेलमा छन् ।
पर्यटकसम्म गन्तव्यहरुको पहुँच नपुग्दा पर्यटन उद्योगले गति लिन नसकेको मात्र होइन । पुर्वका होटल, टुर अपरेटर, यातायात व्यावसायसँगै ग्रामिण क्षेत्र पनि आर्थिक लाभबाट बञ्चित छ । ‘ट्राभल र टुर एजेन्सीहरुले प्याकेज बनाएर पर्यटकहरुलाई बिक्री गर्नुपर्ने हो तर, टिकट बिक्रीमा मात्रै सिमित छ । धेरैलाई प्याकेज बनाएर बेच्नुस् भन्यौं तर कसैले पनि गरेनन्’–सुनसरी पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष एवं सुनसरी उद्योग वाणिज्य संघका महासचिव शिवराज श्रेष्ठले भने–‘जसले प्याकेज बनाउने, मार्केटिङ गर्ने र पर्यटक ल्याउने, घुमाउने हो उसैले नगरेपछि पर्यटनले सोचजस्तो गति लिन सकेको छैन ।’
ट्राभल एशोसिएशन अफ धरानका अनुसार आर्थिक बर्ष ०७१÷०७२ सम्ममा २० वटा एजेन्सीहरु संस्थामा आवद्ध भएको छ । ती मध्ये १५ वटा घरेलु तथा साना उद्योगमा र अन्य कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर चलेका हुन् । त्यसबाहेक पिसिओकोरुपमा र आफ्नै घरमा पनि विना दर्ता थुप्रै एजेन्सी सञ्चालनमा रहेको अध्यक्ष अजय खनाल बताउछन् । ‘बैधानिकरुपमा दर्ता भएको एजेन्सी मात्र हामीसँग आवद्ध छ । तर कसैले पनि टुर अपरेट गरेका छैनौं’–उनको स्वीकारोक्ति छ–‘हामी सबै प्लेनको टिकट बिक्रीमा सिमित छौं ।’ उनका अनुसार हवाई कम्पनीले धरौटी राखेर जो कोहीलाई टिकट बिक्री गर्न दिने गरेपछि बर्गेल्ती एजेन्सीहरु खुलेका छन् । ती सबै हवाई टिकट बिक्री गर्ने, ग्राहकलाई एयरपोर्टसम्म पु¥याउन र ल्याउन ट्याक्सी व्यावस्था गर्ने अध्यक्ष खनालको भनाई छ । केहीले भने मनि ट्रान्सफर पनि चलाएर बसेका छन् ।
सेक्ष ट्राभलिङले शुरुमै पुर्वका १७ प्याकेज घोषणा गर्दै चार बर्ष अघि सञ्चालनमा आएको थियो । अहिले पनि सेक्षले धरान आउने पर्यटकहरुलाई विजयपुरगढीको मठमन्दिर, भेडेटार, नमस्ते झरना र बराहक्षेत्रसम्म घुमाउन लैजाने गरेको छ । तर, प्रतिस्पर्धी नहुदा गन्तव्यहरुको मार्केटिङ हुन नसकेको सेक्षसम्बद्ध पर्यटनकर्मी वासुदेव वरालको अनुभव छ । ‘पर्यटनको प्रसस्त सम्भावना देखेर नै १७ वटा प्याकेज लञ्च गरेर शुरु भयौं । तर, एक्लै हुदा प्रतिस्पर्धा भएन । प्रतिस्पर्धा नहुदा क्षमता विकास पनि भएन र जति मार्केटिङ हुनुपर्ने हो त्यो पनि हुनसकेन’–उनी तिक्तता पोख्छन्–‘अरु टुर अपरेटरहरु पनि प्याकेज बिक्री गर्न आउनुप¥यो ।’
धरानलाई हब बनाएर प्याकेज बनाउन सकिने थुप्रै गन्तव्यहरु छन् । विजयपुर गढीमा अवस्थित पौराणिक र ऐतिहासिक महत्वको पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्यालगायत मठमन्दिर छन् । किरात राजाका भग्नदरबारस्थल पनि यही छ । यस्तै, धरान आसपासमा शिवजट्टा, विष्णुपादुका, बराहक्षेत्र मन्दिर छन् । भेडेटार, नमस्ते झरना, राजारानी, ध्वजे डाँडा धरान नजिकै छ भने कोशीटप्पु वन्यजन्तु आरक्ष र रामधुनी मन्दिरको पनि प्याकेज बनाउन सकिन्छ । पछिल्लो समय व्यावसायिकरुपमा प्याराग्लाइडिङ, ¥याफ्टिङ, क्यानोनिङ र साइक्लिङ पनि शुरु भएको छ भने हाइकिङप्रति पनि जनचासो बढ्दो छ ।
धरानमा २०३० सालदेखि नै पर्यटनको चर्चा हुन थालेको हो । ०३० सालमा धरानको पर्यटनलाई व्यवस्थित गर्न तत्कालीन नगर पञ्चालयतले गाइड प्रकाशित गरेको थियो । नेपाल भ्रमण बर्ष सन् १९९९(२०५६) सालमा तत्कालीन धरान नगरपालिकाले शिक्षा, स्वास्थ्य र पर्यटकीय पुर्वाधारयुक्त शहर भन्ने नारा दिएर २० बर्षे भिजन तयार ग¥यो । शिक्षा, स्वास्थ्य र पर्यटनबाट धरान समृद्ध बन्नसक्ने त्यतिबेलैको सोच हो । तर, यति लामो समय बितिसक्दा पनि सरोकारवालाहरु नेतृत्व लिन अग्रसर नहुदा पर्यटनले गति लिन सकेको छैन । ‘प्याकेज बनाउन त पहिला टुर अपरेटर आफै घुम्न जानुप¥यो, अनि कति दिन लाग्छ, कति खर्च हुन्छ, पर्यटकलाई के देखाउने भनेर विचार गर्नुप¥यो । हामी त्यसो गर्दैनौं । ५, ७ बर्षअघिसम्म प्याकेजमा घुम्ने चलन थिएन । अहिले पो विस्तारै महौल बन्दैछ’–मिडिया ट्राभल सर्भिसका सञ्चालकसमेत रहेका अध्यक्ष खनाल भन्छन् ।
टुर अपरेटरहरुलाई प्याकेज तयार कसरी गर्ने, मार्केटिङ कसरी गर्ने र सेवा कसरी दिने भन्ने ज्ञानको पनि अभाव छ । नेपाल पर्यटन बोर्डले नझक्झकाए टिकट बेचेरै सन्तुष्ट भइरहेको टुर अपरेटरहरु पर्यटनतर्फ अग्रसर नहुने खनालको भनाई छ । ‘होटल, टुर अपरेटर, ¥याफ्टिङ, प्याराग्लाइडिङ, साइक्लिङजस्ता सेवा प्रदायकहरुबीच वहृत अन्र्तक्रिया, समन्वयको खाचो छ, यसतर्फ पहल हुनुपर्छ’–उनी भन्छन्–‘अनि मात्र पर्यटनलाई कसरी उठाउने भन्ने योजना बन्छ ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे