दुवै गोपीले अनुशासनहिन र अराजक व्यावहार गरेकोले निष्काशन गरेको केटिएम सेक्युरिटीको भनाई

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक सुरक्षा गार्डलाई विनाकारण जागिरबाट निष्काशन गरेको भन्ने आरोपको खण्डन गर्दै केटिएम सेक्युटिरी सर्भिस प्रालिले अनुशासनहीन र अराजक व्यावहार गरेपछि कारबाही गरेको जनाएको छ । सुरक्षा गार्डहरुले डिउटी छोडेर धर्नामा बस्न थालेपछि पत्रकार सम्मेलन गर्दै प्रालिले विना कारण निकालिएको भनिएका गोपी योगीले आफुखुशी विदामा बसी अरुलाई डिउटीमा पठाएर हाजिरी गराउने गरेको र त्यसो गर्न नपाइने भन्दा सुरक्षा प्रमुखलाई गालीगलौज गर्दै आक्रमणको प्रयास गरेको प्रष्ट्याएको छ ।
अनुशासनहीन कार्य गरेकालाई कारबाही गर्दा राजनीतिकरण गरेर युनियनको नाममा गैरकानुनी आन्दोलन गरेको केटिएमका प्रमुख रामेश्वर शाहले आरोप लगाए । उनले डिउटी नगर्नेलाई कानुनले दिएको अधिकार प्रयोग गर्ने पनि बताए । ‘गोपी योगीको डिउटी इर्मेजेन्सीमा थियो, त्यस्तो संवेदनशील ठाउँको डिउटीमा नगई अरुलाई नै पठाएको रहेछ । यो कुरा कम्पनीलाई जानकारी आएपछि सोधीखोजी ग¥यांै’–शाहले भने–‘दुई दिनदेखि २ जनालाई डिउटीमा पठाएर आफ्नो नाममा हाजिरा गराइरहेको थिएछ, त्यसो गर्न पाइदैन भन्दा सुरक्षा प्रमुखलाई गालीगलौज गरी आक्रमण प्रयास भयो । त्यसो गर्नेलाई कारबाही गर्न नपाउने ?’
लगत्तै प्रहरीलाई खबर गरपछि पक्राउ गरिएको तर चौतर्फी दबाब आएपछि योगीले पनि लिखित गल्ती स्वीकार गरेकोले प्रहरीले मुद्दा नचलाई छोडिएको थियो । घटनाबारे छानबिन प्रतिवेदन आएपछि त्यसैवमोजिम निष्काशनको कारबाही गरिएको शाहको जिकिर छ । ‘उनी एक बर्षको लागि परीक्षणकालमा थिए, त्यो बिजमा गल्ती गर्दा कारबाहीको लागि स्पष्टीकरण सोधीरहनै पर्दैन । प्रहरीमा लिखितरुपमै गल्ती गरेको स्वीकार गरेकोले कारबाही भएको हो’–उनले भने–‘त्यसो व्यवहार गर्नेलाई नियमसंगत कारबाही गर्दा धेरै राजनीतिक रंग चढ्यो, एउटा गल्ती गर्नेलाई कारबाही हुदा अस्पताल जस्तो ठाउँमा धर्ना,आन्दोलन हुदैछ । त्यो त दादागिरी हो ।’
केटिएम प्रमुख शाहले धर्नामा एमाले नेता, एमाले निटक युवा संघ, विद्यार्थी, मजदुर संगठनका नेताहरुको संलग्नताप्रति संकेत गर्दै राजनीतिकरण भएको बताए । योगी नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन घोपाको कोषाध्यक्ष हुन् । युनियन एमाले निकट जिफन्टको एउटा घटक हो । यसैगरि, अर्का गार्ड गोपी प्रधानले डिउटीमा मदिरा सेवन गरी सुतेको अवस्थामा भेटिएको र कारबाही हुने जानकारी गराउदा अफिसमा तोडफोड गरेकोले पक्राउ गरिएको बताए । प्रधानलाई भने २४ दिन प्रहरी हिरासतमा राखिएको थियो । सुरक्षा श्रमिकहरुको अन्य मागको सम्बन्धमा यसअघि नै सहमति भएर कार्यान्वयन भइसकेको प्रालिले जनाएको छ ।  
कारबाही गरिएका योगीलाई पुर्नवहाली गराउन एमाले नेताहरुले चर्को दबाब दिएपनि प्रालिले अस्वीकार गरेपछि मंगलबारदेखि प्रतिष्ठानको जिओपिडी भवन अघि धर्ना शुरु गरेका छन् । उनीहरुले साउन ३ गतेसम्म प्रत्येक दिन धर्नाको समय एक घण्टा बढाउदै लैजाने र त्यसपछि प्रतिष्ठान पदाधिकारीको कार्यकक्ष, केटिमको कार्यालयमा तालाबन्दी घोषणा गरेका छन् । प्रतिष्ठानमा एक सय २९ जना सुरक्षा गार्डहरु कार्यरत छन् । अस्पतालजस्तो अत्यावश्यक तथा संवेदनशील सेवा प्रदायक संस्थामा धर्ना, हडताल बस्न कानुनले निषेध गरेको छ । तथापी, चरम राजनीतिकरणले ग्रस्त प्रतिष्ठानमा कानुनको उल्लंघन हुदै बेला बेला धर्ना, हडतालजस्ता आन्दोलन हुने गरेको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे