सदन स्कुलका गुरु तथा गुरुआमाहरुलाई अभिनन्दन

धरान । गुरु पुर्णिमाको अवसरमा धरान १५ स्थित शिक्षा सदन उच्च माविका २०५१ एसएलसी समुहले दुई दर्जन गुरुहरुलाई एकै साथ अभिनन्दन गरेका छन् । समुहले विद्यालयमा अध्ययन गरी विभिन्न पेशामा कार्यरत रहेका २०५१ सालको एसएलसी ब्याचका विद्यार्थीहरुले विद्यालयको सभाहलमा मंगलबार बिशेष कार्यक्रम गरी आफ्ना गुरु तथा गुरुआमाहरुलाई अभिनन्दन गरेका हुन् ।
विद्यार्थीहरुले गुरु तथा गुरुआमाहरुलाई अभिनन्दन पत्रसहित फुलमाला पहिराएका थिए । गुरुहरुको सम्मानमा आयोजित कार्यक्रमका प्रमुख अतिथि भने सोही विद्यालयकी २०४२ सालको ब्याचकी विद्यार्थी मनुका न्यौपाने थिइन् । उनी हाल तेह्रथुम जिल्ला प्रशासन कार्यालयकी प्रशासक हुन् । अभिनन्दित गुरु तथा गुरुआमाहरु २०५१ साल अघि सदन उच्च माविमा अध्यापन गराउने शिक्षक शिक्षिका हुन् । समारोहमा विद्यालयका संस्थापक प्रधानाध्यापक गोपाल प्रसाद श्रेष्ठ, पुर्व प्रअ श्याम बहादुर कटुवाल, अम्बिका सम्बाहाम्फे, प्रदिप भण्डारी, गोपाल पौड्याल, बलबन्द ठाकुर, पुर्व शिक्षकहरु विष्णु दाहाल, गोपाल वाग्ले, केशव वाग्ले, महेन्द्र दत्त कायस्थ, यदुनन्दन शाह, नेत्र श्रेष्ठ, गणेश प्रसाद खतिवडा, बलराम थापा, गायत्री दाहाल, रौदी शाह, ठाकुर प्रसाद दाहाल, योगराज पौडेल, हेम कुमार प्रधान लाई अभिनन्दन गरिएको छ । त्यसै गरि शिक्षिकाहरु शशि श्रेष्ठ, मिरा राई, मथुरा मास्के, छुनुकुमारी श्रेष्ठलाई अभिनन्दन गरिएको हो ।
पछिल्लो समय गुरुप्रति सम्मान गर्ने प्रचलन कमी हुदै गएकोले गुरुलाई सम्मान गर्ने सँस्कारलाई निरन्तरताको लागि अभिनन्दन कार्यक्रमको आयोजना गरिएको समुहका सदस्य दिनेश गजमेरले बताए । समुहका संयोजक मनिष खड्गीको अध्यक्षतामा भएको अभिनन्दन कार्यक्रममा पुर्व विद्यार्थीहरुको तर्फबाट २०२५ सालको एसएलसी समुहका पुर्व विद्यार्थी लड्डुप्रसाद शाही, विद्यालयको तर्फबाट पहिलो एसएलसी परीक्षामा सम्मिलित धरानका समाजसेवी हरेराम कर्माचार्यले पनि गुरुहरुलाई सम्मान गरेका थिए । गुरुहरुको अभिनन्दन स्वरुप धरानका चर्चित कवि तथा पुर्व विद्यार्थी सुदिप पाख्रीनले कविता वाचन गरेका थिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे