सरकारी बजेट विना निर्माण हुदै ब्रिटिश गोर्खा स्मृति पार्क
धरान । विकासे सानोतिनो काम गर्नलाई पनि नेपालमा सरकार वा दात्तृ निकायको मुख ताक्ने प्रवृत्ति छ । यहाँका भूपू ब्रिटिश गोर्खा लाहुरेहरुले सरकारी बजेटको आशा नगरी करोडांैको योजनालाई अघि बढाइरहेका छन् । पहिलो र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका ज्ञात तथा अज्ञात गोर्खाली सेनाहरुको स्मृतिमा धरान २६ माछामारा(साविक विष्णुपादुका गाविस) भूपू गोर्खा लाहुरेहरुले ब्रिटिश गोर्खा स्मृति पार्क निर्माण गरिरहेका छन् । वीर गोर्खा सैनिकहरुको इतिहासलाई ज्यूदो राख्ने पार्कको उद्देश्य हो । तर, यो पार्क धरानको पर्यटन विकासमा पनि महत्वपुर्ण थलो हुने अपेक्षा गरिएको छ ।
कुल १२ बिघा क्षेत्रफलमा फैलिएको पार्कको हाल स्मृति स्तम्भको मात्र गुरुयोजना तयार गरी निर्माण कार्य भइरहेको छ । योसँगै चमेना गृह पनि बनिरहेको छ । कुल क्षेत्रफलमध्ये हाल करिब २ कट्ठामा मात्र निर्माण कार्य हुदैछ । हालसम्म करोडको हाराहारीमा पार्कमा लगानी भइसकेको छ । यो बजेट सबै भूपू लाहुरे तथा तिनका परिवारजनबाट प्राप्त सहयोग हो । ‘अहिले स्मृति स्तम्भ र चमेना गृहको काम भइरहेको छ, यी दुई संरचनामै झण्डै एक करोड लगानी पुगिसक्यो’–पार्क निर्माण समितिका प्रमुख सल्लाहकार गजेन्द्र इस्पोले भने–‘यो सबै लगानी भुपु गोर्खा परिवारबाट भएको हो, सरकारी बजेट परेकै छैन भन्दा नि हुन्छ ।’
इस्पोका अनुसार चमेना गृहको लागि धरान उपमहानगरपालिकालाई ३ लाख माग गरिएको थियो । उपमहानगरले भने ५० हजार मात्र बजेट विनियोजना गरिदियो । भूपू गोर्खा सैनिकहरुले निर्माण गरिरहे पनि पार्क धरानको भविष्यको लागि भएकोले सरकारी एवं स्थानीय निकायले चासो नदिएको भुपु सैनिकहरुको गुनासो छ । ‘पार्क हाम्रो फाइदाको लागि मात्र बनाएका होइनौं, यो ठाउँको र पर्यटन विकासको लागि पनि हो । हामी त दाता जस्तै न हौं’–इस्पोले थपे–‘जिविस, नगरपालिका र सम्बन्धीत निकायले बजेट छुट्याउनु पर्ने हो, तर चासोमा परेको छैन ।’
पार्कमा हाल गुरुयोजना अनुसार बिषेश आर्कषण रहने गोर्खाहरुको प्रतिमुर्ति सालिक(स्तम्भ) राखिएको छ । त्यहाँ करिब १० फिट अग्लो वेसमा ‘आयो गोर्खा’ भावको प्रतिमुर्ति उभिएको छ । स्तम्भ मुनि ७ फिट खनेर विश्वयुद्ध ताका वीरगति प्राप्त गरेका गोर्खाहरुको समाधिस्थल रहेको ४९ देशको माटो ल्याएर राखिएको छ । गुरुयोजनामा पार्किङ क्षेत्रसहित ढुंगाको सिढी, विश्रामस्थल, थकाई मार्न घासे मैदान, पानीको फोहोरा, काठ प्रयोग गरेर बनाइएको छहारी तथा धरानको दृष्यवलोकन गर्न सकिने प्वाइन्ट बन्न बाँकी छ । स्तम्भमा ९ वटा पल्टनको चिनारी छापसँगै प्रत्येक पल्टनको संक्षिप्त इतिहास पनि राख्ने तयारी हुदैछ । स्मृति स्तम्भलाई चारैदिसाबाट नियाल्न सकिने गरि डिजाइन गरिएको छ । यसबाहेक, हाल प्रतिमुर्ति नजिकै १३ जना भिक्टोरिया क्रस(भि.सि.) विजेताहरुको मुर्ति राख्न पनि तयारी भइरहेको छ । त्यहाँ मुर्तिसँगै भि.सि.विजेताहरुको संक्षिप्त जीवनी पनि रहनेछ । भि.सि.विजेता १३ जना नेपालीहरुमध्ये रामबहादुर बेघा लिम्बु मात्र जीवीत छन् । चमेना गृह पनि धमाधम निर्माण भइरहेको छ । गुरुयोजना अनुसारका संरचनाहरु निर्माणाधिन रहेपनि पार्कमा अहिलेसम्म ३ वटा पिकनिक स्पटसहित कटेज बनिसकेको छ भने भ्यु प्वाइन्टमा चौतारा पनि निर्माण भएको छ । जहाँबाट धरानको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ ।
प्राथमिकताको आधारमा यी संरचनाको काम सकिएपछि भि.सि.हट निर्माण थालिने समितिले जनाएको छ । यी हटमा छुट्टी मनाउन आउनेहरुलाई बास बस्ने व्यवस्था गरिनेछ । यस्तै, गोर्खाहरुले पहिलो र दोस्रो विश्वयुद्धमा चलाएको हातहतियार, कपडा, दर्जा, बहादुरी तक्मालगायतको संकलन गरी संग्रहालय पनि निर्माण गरिनेछ । यसको लागि प्रत्येक युनिट रेजिमेन्ट एशोसिएशनसँग समन्वय भइरहेको निर्माण समितिले जनाएको छ । हाल प्राथमिकताको आधारमा समितिले पार्कमा छुट्टाछुट्टै संरचना निर्माण गरिरहे पनि १२ बिघाकै विस्तृत गुरुयोजना बनाउन उपमहानगरपालिकालाई आग्रह गरिने समितिले जनाएको छ । ‘यहाँबाट नजिकै हिन्दुहरुको पवित्रस्थल विष्णुपादुका मन्दिर छ, यो पार्क भुपु गोर्खाहरुको पनि पवित्रस्थलकोरुपमा विकास गर्नेछौं’–पार्कका परिकल्पनाकार रमेश राईले भने–‘ब्रिटिश गोर्खालीहरु जही होस्, पुर्खाहरुको सम्मानमा जीवनमा एक पटक यहाँ आउनैपर्छ ।’ उनकै पहलमा गोर्खा पार्कबाट कन्येभिर हुदै झण्डी डाँडासम्मको गोर्खा ट्रेल पदमार्ग पनि पहिचान भइसकेको छ । पार्क धरानको भानुचौकदेखि करिब ९ किलोमिटर पश्चिमउत्तरमा अवस्थित छ । २०६१ सालतिरै पार्कको परिकल्पना गरिए पनि २०६५ सालमा दर्ता र जग्गा खरीद गरेर घेराबारालगायतको प्रारम्भिक चरणको योजना बनाइएको थियो ।

Comments
Post a Comment