आयोजकलाई हराउदै पुलिस फाइनलमा(फोटोफिचर)

धरान । आयोजक धरान निलोलाई ३–१ गोलअन्तरले हराउदै नेपाल पुलिस क्लब धरानमा जारी १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा बिहिबार भएको दोस्रो सेमीफाइनलमा जुमानु राईले २ गोल गरे भने मनबहादुर परियारले एक गोल गर्दै पुलिसलाई उपाधि नजिक पु¥याए । आयोजकबाट रजिन सुब्बाले एक गोल गरेपनि जितको लागि पर्याप्त भएन ।
यो सिजनमा ५ वटा नकआउट खेलेको पुलिस बुढासुब्बामा मात्रै फाइनल पुग्न सफल भएको हो । पुलिसले उपाधिको लागि शनिबार सिमरा गोल्डकप विजेता सिएमजि क्लब संकटासँग फाइनलमा खेल्नेछ । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको ३१ मिनेटमा मनबहादुर परियारले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । तर, ३७ औं मिनेटमा धरानका रजिन सुब्बाले हेडमार्फत बराबरी गोल गरे । ४० औं मिनेटमा जुमानु राईले लामो प्रहारमा गोल गरेपछि पुलिसले पुनः २–१ गोलको अग्रता लियो । जुमानुले पुनः दोस्रो हाफको २१ औं मिनेटमा हेडहार्फत गोल गरेपछि पुलिसको जित पक्का भयो । खेलको म्यान अफ दि म्याच पनि पुलिसका जुमानु राई घोषित भए । उनले नगद ५ हजार हात पारे ।
धरानबाट राष्ट्रिय खेलाडीहरु प्रकाश बुढाथोकी, हेमन्त गुरुङ, हेम गुरुङ, रञ्जित श्रेष्ठसहित पिटर सेगुन र मउसा खेलेपनि अपेक्षा अनुसार खेल प्रर्दशन गर्न सकेनन् । उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको आयोजकले यो पटक पनि घरेलु दर्शकलाई निराश बनायो । धरानका प्रशिक्षक सुवास केसीले खेलाडीहरुबीच तालमेल हुन नसकेको र आत्मविश्वास गुमाएर खेल्दा हार भएको बताए । पुलिसका प्रशिक्षक कुमार कटवालले अन्त्यसम्म सबै खेलाडीहरुले मेहनतका साथ उत्कृष्ट प्रर्दशन गरेकोले जित भएको प्रतिक्रिया दिए ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे