दिलेनबाबु भए सिंगिङ स्टार

एसएमएस भोटिङ र निर्णायकहरुको अंकको आधारमा उनी विजेता घोषित भएका थिए । दिलेनले उपाधि ट्रफीसँगै नगद ५० हजार पनि हात पारे । साथै, उनले दुई वटा गीत रेकर्ड र एउटा गीतको म्युजिक भिडियो तयार गर्ने अवसर पनि पाएका छन् । यसबाहेक एक बर्षसम्म निःशुल्क संगीत प्रशिक्षण पनि उनले पाउनेछन् । पुर्वाञ्चल बगिना कला केन्द्र धरानद्धारा आयोजित सिंगिङ स्टारमा धरानकी आश्मा अधिकारी दोस्रो भइन् । फाइनल स्पर्धामा चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा बोलको गीत गाएकी थिइन् । उनले नगद २५ हजारसहित ट्रफी हात पारिन् । साथै, एउटा गीत रेकर्ड र ६ महिनासम्म निःशुल्क संगीत प्रशिक्षण गर्ने अवसर पनि पाइन् । फाइनलमा तिमी मन माग मन दिन्छु बोलको गीत गाएका झापाका ब्रायन लिम्बु तेस्रो भए । उनले नगद १५ हजारसहित ट्रफी, एउटा गीत रेकर्ड र ३ महिना निःशुल्क संगीत प्रशिक्षण गर्ने अवसर पाएका छन् ।
यसबाहेक मोरङका मिलन परियारले वेष्ट भोकलको पुरस्कार जिते भने वेष्ट पर्फमेन्सको पुरस्कार इलामका सुमन थेवे, वेष्ट डिसिप्लिन इलामकै दिपक घिमिरे र वेष्ट पब्लिक च्वाइसको पुरस्कार मोरङका सुरेश धिमालले हात पारे । सरकारले सुप्रसिद्ध गायककोरुपमा सम्मान दिएका गायक एल.पी.जोशी प्रमुख अतिथि रहेको फाइनल स्पर्धामा लोकगायक बालकृष्ण कार्की र गायक तथा संगीतकार विशाल राई मुख्य निर्णायक थिए । फाइनलका उत्कृष्ठ १० प्रतियोगिहरुलाई ५० प्रतिशत अंक एसएमएस भोटिङको आधारमा र ५० प्रतिशत अंक मात्र निर्णायकद्धयले गायकी, प्रस्तुतीलगायत हेरेर नतिजा घोषणा गरेका थिए । विजेताहरुलाई कार्यक्रमका संयोजक भक्तिराज राई, प्रमुख अतिथि जोशी, विशिष्ट अतिथिहरु पत्रकार राजकुमार कार्की, स्काई सपका धरान प्रमुख समुन श्रेष्ठ, युनएन कलेजका डम्बर तुम्बापोलगायतले पुरस्कार प्रदान गरेका थिए ।

Comments
Post a Comment