धरान रनमा तीर्थ र सानुमाया प्रथम(फोटोफिचर)

धरान । भारतीय सेनामा कार्यरत धावक तीर्थ पुनले धरान रन, पाँचौं नेवा च्यारिटी ८ के रनको खुला स्पर्धामा आफ्नो उपाधि जोगाएका छन् । वाग्लुङ जिल्लाका यी २७ बर्षे धावकले शनिबार धरानमा आयोजित ८ किलोमिटर रनको दुरी २६.८ मिनेटमा पुरा गरेर प्रथम हुदै आफ्नो उपाधि जोगाएका हुन् । करिब ९ बर्षअघि भारतीय सेनामा भर्ती भएका पुन त्यहाँ पनि खेलाडी(धावक)कोरुपमा परिचित छन् । छुट्टी मनाउन घर आएको मौकामा उनी कान्तिपुर हिरो हाफ म्याराथनमा पनि सहभागी हुदै तेस्रो भएका थिए । ‘गत बर्ष पनि यहाँ पहिलो भएको थिए, यसपाली पनि भए । खुशी छुँ’–नागरिकसँग उनले भने ।
प्रतियोगितामा निर्धारित दुरी २६.३६ मिनेटमा पार गर्दै नेपाली सेनाका होमलाल श्रेष्ठ दोस्रो भए भने २७.२७ मिनेटमा दुरी पार गरेका सेनाकै टिकाराज कटवाल तेस्रो भए । होमलाल दोस्रो सँस्करणमा सहभागी हुदा पहिलो भएका थिए भने टिकाराज गत सँस्करणमा पाँचौं भएका थिए । यसैगरि,महिला खुला स्पर्धातर्पm नेपाली सेनाकी सानुमाया कार्की प्रथम भइन् । उनले निर्धारित ८ किलोमिटरको दुरी ३४.३ मिनेटमा पुरा गरिन् भने ३४.१३ मिनेटमा दौड पुरा गर्दै धादिङकी सन्तोषी श्रेष्ठ दोस्रो भइन् भने जुम्लाकी सीता न्यौपानेले ३७.७ मिनेटमा पुरा गर्दै तेस्रो भइन् । खुला पुरुष तथा महिलातर्फका प्रथम, दोस्रो र तेस्रो विजेता खेलाडीहरुले क्रमशः नगद ४० हजार, ३० हजार र २० हजारसहित मेडल प्राप्त गरे ।
यसैगरि, १६ बर्षमुनिको उमेर समुहको पुरुषतर्फ नाम्जे भोटे प्रथम, लखन लिम्बु दोस्रो र प्रतिक राई तेस्रो भए भने महिलातर्फ जुम्लाकी अमृता भण्डारी प्रथम, सृर्जना राई दोस्रो र अस्मिता बस्नेत तेस्रो भइन् । यस्तै, ४० बर्षमाथिको भेट्रान पुरुषतर्फ निर्मल राई पहिलो, मोहन सुब्बा दोस्रो र राम तामाङ तेस्रो भए भने महिलातर्फ रिता राई पहिलो, गंगा गुरुङ दोस्रो र सुमता राई तेस्रो भइन् । यस्तै, १२ बर्ष मुनिको उमेर समुहको पुरुषतर्फ मञ्जिना आङ्थुपो प्रथम, सन्देश बेघा दोस्रो र सञ्जिव मर्हजन तेस्रो भए भने महिलातर्फ प्रर्मिला बिक प्रथम, अनुषा प्रधान दोस्रो र स्वेच्छा मगर तेस्रो भइन् । खुलाबाहेकका उमेर समुहमा प्रथम, दोस्रो र तेस्रो स्थान विजेता खेलाडीहरुले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजारसहित मेडल पाए । विजेताहरुलाई धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई, प्रमुम अतिथि एवं धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, धरान रनका अध्यक्ष रोमु राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार वितरण समारोहमा सिंगापुर पुलिस फोर्सका पुर्व कर्पोरल एवं किर्तिमानी धावक ७७ बर्षीय महेन्द्र बहादुर राईलाई सम्मान पनि गरिएको थियो । सन् १९६० मा सिंगापुर पुलिसमा भर्ती भएका राईले मलेसिया, थाइल्याण्ड, कोरिया, सिंगापुर, भारतलगायत थुप्रै देशमा भएको दौड प्रतियोगितामा सहभागी हुदै विभिन्न पदक जितेका थिए भने किर्तिमान पनि राखेका थिए । उनी सन् १९७७ मा रिटायर्ड भएपनि हाल सुनसरीको तरहरामा बस्दै आएका छन् । यस्तै, प्रत्येक साता आयोजना हुने धरान रनको सहभागीमध्ये बर्षको उत्कृष्ट १२ बर्षीय विपसा राई र १४ बर्षीय लाजेहाङ फोम्बोलाई पनि पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा २ हजार १ सय भन्दा बढी विभिन्न उमेर समुहका धावक धाविकाहरुले सहभागीता जनाएका थिए । ‘स्वच्छ धरान, स्वस्थ्य धरान’ नारा दिएर स्थापना भएको संस्था धरान रनले बर्षेनी आयोजना गर्ने दौडमा सहभागी संख्या राजधानीबाहिरको सर्वाधिक हो । आयोजकले कार्यक्रमको खर्च कटाएर जोगिएको रकमले विपन्न, अशक्ता तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षा तथा को लागि अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ । उक्त अक्षय कोष स्थापनाको लागि शनिबार पुरस्कार वितरण समारोहमा धरान रनका स्वयंसेवीहरुले १० हजार १ रुपैया हस्तान्तरण ग¥यो भने स्वर्गीय सकुन्तला गुरुङकी परिवारले नगद १५ हजार र धरान रनका सल्लाहकार सुवास राईले ११ हजार १ सय रुपैया सहयोग प्रदान गरेका थिए । विगतको संस्करणमा भने संस्थाले खर्च कटाएर जोगिएको रकम कुनै सामाजिक संस्था वा अपांगता, असहाय व्यक्तिहरुलाई सहयोग गर्दै आएको थियो ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे