दिनदहाडै लुटियो रेमिट्यान्स,सञ्चालक भन्छन्,‘देशमै केही गरौं भनेर आएका थियौं’

धरान । फिलिपिन्समा एक बर्षे पाइलट कोर्ष अध्ययन सकेपछि धरानका जोर्डन देवान र शैलेश लिम्बुले थप ४ बर्ष कार्गो कम्पनीमा जागिर खाए । राम्रो कमाई भएपनि उनीहरुको मन त्यहाँ अडिएन । ‘नेपालमै केही गरौं’ भन्ने भावना बोकेर उनीहरु दुई बर्षअघि नेपाल फर्के ।
स्वदेश फिरेपछि दुवैले विभिन्न हवाई कम्पनीमा आवेदन दिए । त्यसपछि खाली समयको सदुपयोग गर्न उनीहरुले सेवा रेमिट्यान्स दर्ता गरेर सञ्चालनमा ल्याए । धरान १५, बुढासुब्बा चोकमा उनीहरुको व्यावसाय राम्रो चलिरहेको थियो । शैलेश अधिकांश काठमाण्डौंमा हुन्छन् । रेमिट्यान्स व्यावसाय जोर्डनको जिम्मा थियो । लगानी पनि २२ लाख नाघिसकेको थियो । फरक व्यावसाय भएपनि आफ्नै देशमा केही गर्न सकेकोमा सन्तुष्टी थियो । तर, सोमबार मध्याह्न कल्पना नगरेको आपत् जोर्डनले सामाना गर्नुप¥यो ।
मध्याह्न करिब १२ बज्न लागेको थियो । काम सघाउन एक जना आफन्त बहिनी पनि थिइन् । माक्स लगाएका एक व्यक्ति हेल्मेटसमेत नखोलि भित्र छिरे । निलो पल्सरमा एक जना बाहिर मोटरसाइकलमै थिए । भित्र पसेका व्यक्तिले ग्राहक जस्तरी नै ‘पैसा झिक्नुछ’ भने । जोर्डनले ‘कहाँबाट आएको, कति रुपैया हो’ भनेर सोधेका मात्र थिए, ती युवाले पेस्तोल ताकी हाले । त्यसपछि उनको होसहवास उड्यो । पेस्तोलवालाले जे भन्यो, त्यही मान्नुको विकल्प रहेन । प्लाष्टिक झोलामा पैसाको बिटा हाल्दा ती व्यक्तिले आफुतिर हेर्नसमेत दिएनन् ।
पैसाको पोको लिएपछि ती व्यक्तिले दुवै जनालाई भुईमा सुत्न लगाए । त्यसपछि बाहिर निस्किएर मोटरसाइकलमा फरार भए । ‘नेपालमै केही गरांै भनेर साथीसँगै फर्कियौं, रेमिट्यान्स दुवैले पाटर्नसिपमा खोल्यांै । यस्तो होला भन्ने त कल्पना गरेका थिइन’–निराश हुदै २६ बर्षीया देवानले भने–‘पेस्तोल ताकेपछि अरु केही सोच्नै पाइन, जे भन्यो त्यही मान्नुप¥यो ।’ उनका अनुसार करिब साढे ४ लाखको हाराहारीमा रहेको पैसा लुटेराले लगेको छ । पेस्तोल लुकाएर ल्याएको सेतो कपडा भने लुटेराले रेमिट्यान्समै छोडेको थियो ।
घटनालगत्तै साथीमार्फत देवानले प्रहरीलाई खबर गरेका थिए । जानकरी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले धरानमा ‘चेक प्वान्ट’ थापेर मोटरसाइकलमा सवारहरुको चेकजाँचमा कडाई गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा पेशेवर समुहको संलग्नता भएको प्रहरीले निष्कर्ष निकालेको छ । यसअघि इटहरीमा रेमिट्यान्स लुटिदा पनि निलो पल्सर मोटरसाइकल प्रयोग भएको थियो भने धरानमा जस्तै सिसिटिभी नभएको रेमिट्यान्समा घटना भएको थियो । धरानको सेवा रेमिट्यान्सले पनि सिसिटिभी राखेको छैन । ‘जहाँ जहाँ सिसिटिभी छैन, त्यहाँ मात्र लुटपाट भएको छ । लुटेराहरुले निलो पल्सर नै प्रयोग गरेका छन्’–डिएसपी ढकेन्द्र खतिवडाले भने–‘यहाँ पनि त्यही पेशेवर समुहको संलग्नता हुनसक्छ ।’ अन्य जिल्लाको घटना प्रकृत्ति अध्ययन गरेर एकै व्यक्ति भए नभएको अनुसन्धान गरिने उनले बताए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे