आजदेखि १९ औं बुढासुब्बा गोल्डकप

धरान । मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा रेडबुल गोल्डकपको १९ औं सँस्करण आजदेखि शुरु हुदैछ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ ।
फागुन १४ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन कांग्रेस नेता एवं सांसद मिन विश्वकर्माले गर्नेछन् भने प्याराग्लाइडिङ उडेर स्वागत पनि गरिने आयोजकको भनाई छ । क्लबका अनुसार प्रतियोगितामा दुई विदेशी टोलीसहित १० टिमले प्रतियोगितामा सहभागीता जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल पाहुना टोली दुर्गापुर स्टिल कलकत्ता, भारत र संकटा एफसि काठमाण्डौबीच हुनेछ । प्रतियोगितामा पहुना टोलीकोरुपमा भारतबाट दुर्गापुर र युनाइटेड सिक्किम फुटबल क्लबले पहिलो पटक भाग लिएको हो । युनाइटेड सिक्किम पुर्वभारतीय कप्तान भाइचुङ भुटियाले सञ्चालन गरेको एकेडेमी हो ।
यसबाहेक प्रतियोगितामा एपिएफ क्लब, काकडभिट्टा ट्रेनिङ सेन्टर झापा, रुपन्देही फुटबल क्लब, पोखरा फुटबल क्बल र नेपाल पुलिस क्लबले पनि प्रतियोगितामा भाग लिएको छ भने आयोजकको पहेलो(सिनियर) र निलो(जुनियर) गरी दुई टिमले भाग लिने क्लबका अध्यक्ष किसोर राईले जानकारी दिए । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब भने यो सँस्करणमा सहभागीता जनाउने छैन । मनाङ बंगलादेशमा हुने शेख कमल अन्र्ताराष्ट्रिय क्लब च्याम्पियनसिपमा सहभागीता जनाउन बुधबार प्रस्थान गरिसकेको छ । मनाङ बुढासुब्बाको छैटौं, १३ आंै र १८ औं सँस्करणको विजेता हो । ‘जति क्लबले सहभागीता जनाएको छ, ती सबै जारी सिजनका उत्कृष्ट टिम छन् । केहीले त उपाधि पनि जितेको छ’–एन्फा केन्द्रीय उपाध्यक्षसमेत रहेका राईले भने–‘आयोजकले पनि उपाधि जित्ने लक्ष्य राखेर २ टिम बनाएका छौं । राष्ट्रिय टिमका खेलाडीहरु पनि आउने भएकोले हरेक खेल रोमाञ्चक हुन्छ ।’ घरेलु मैदानमा चार पटक फाइनल पुगेपनि आयोजक अहिलेसम्म उपाधिविहिन छ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउनेछ । गत सँस्करणमा विजेता र उपविजेताको पुरस्कार राशी ४ लाख र २ लाख मात्र थियो । यस्तै, उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल र सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउने महासचिव प्रताप तामाङले बताए । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजारसहित उपहार पनि दिइने उनेले बताए ।
खेलस्थलमा बाँसको प्याराफिटसमेत निर्माण गरेर ५ हजार बढी दर्शक क्षमता बनाइएको क्लबले जनाएको छ । मैदानको पुर्वपट्टी कम्तीमा २ हजार २ सय दर्शक क्षमताको पक्की प्याराफिट छ । टिकट काटेका दर्शकहरुमध्येबाट लक्की ड्र गरेर प्रत्येक सेमीफाइनल खेलमा एक जनालाई माउण्टेन बाइक उपहार पनि दिने आयोजकले घोषणा गरेको छ भने फाइनलमा एक जना दर्शकलाई सुनको सिक्का पनि दिइने अध्यक्ष राईले बताए । यस्तै, अन्य खेलमा २ जना दर्शकलाई उपहार दिइनेछ । कुल ६५ लाख ६७ हजार ५ सय आय हुने अनुमान गरिएको प्रतियोगितामा ५४ लाख ८५ हजार खर्च हुने आँकलन गरिएको छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे