एनी टाइम फिटनेसमा स्टिम बाथ, कार्डियो र जुम्बाको पनि सुविधा

धरान । पाँच युवाहरुले दुई करोड बढी लगानीमा सुविधा सम्पन्न फिटनेस एवं जिम सेन्टर सञ्चालनमा ल्याएका छन् । धरान १८ बुद्धचोकस्थित एनीटाइम फिटनेसको शुक्रबार एक समारोहबीच स्वयम् सञ्चालकहरुले रिबन काटेर उद्घाटन गरे । लगानी, भौतिक पुर्वाधार र सुविधाको हिसाबले राजधानीबाहिरको यो एक मात्र सुविधासम्पन्न फिटनेस सेन्टर हो ।
 धरानका युवाहरु विजय सुब्बा, प्रकाश सुनुवार, फिरोज लिम्बु, मनोज राई र उत्तम खत्री मिलेर यो फिटनेस सञ्चालनमा ल्याएका हुन् । सञ्चालकहरुले २ कट्ठा ३ धुर जग्गा लिजमा लिएर जिमलाई आवश्यक पर्ने डिजाइनअनुसार भौतिक संरचना(हल) निर्माण गरेको जनाएका छन् । यो फिटनेसमा स्टिम बाथ, कार्डियो, जुम्बा एरोबिकको सुविधा पनि छ । ‘जिम हल धेरै छ, तर जिम गर्नलाई जिमको परिवेश अन्यत्र नदेखेपछि हामीले यो फिटनेश सञ्चालनमा ल्याएका हौं’–सञ्चालक मध्येका उत्तम खत्रीले भने–‘एकै थलोमा अरु पनि सुविधा लिन सहज होस भनेर स्टिम बाथ, कार्डियो, जुम्बा एरोबिक पनि चलाएका छौं ।’
एकै पटक दुई सय बढीको क्षमता भएको फिटनेसमा व्यक्तिगत लकरको सुविधा पनि रहेको सञ्चालकहरुले जनाएका छन् । स्टिम बाथ एक पटकमा ५ जनाले लिन सक्ने क्षमताको छ । शहरी युवाहरुमा पछिल्लो समय स्वस्थ्य रहन र फिट देखिन जिमहल तथा फिटनेस धाउने चलन बढेको छ । एनिटाइम फिटनेसका अध्यक्ष विजय सुब्बाका अनुसार उद्घाटन अवसरमा एक साता(३० गते)सम्म बार्षिक सदस्य बन्नेलाई १० प्रतिशत र अर्धबार्षिक सदस्य बन्नेलाई शुल्कमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । उनका अनुसार गोल्डेन टाइम (बिहान साढे ४ बजेदेखि ९ बजेसम्म) सबै सुविधा लिनेलाई ३ हजार ५ सय शुल्क तोकिएको छ भने जिम मात्र गर्नेलाई २ हजार ५ सय शुल्क छ ।
यस्तै, नर्मल समय(बिहान ९ बजेदेखि राती १० बजेसम्म)लाई सबै सुविधा लिदा २ हजार ५ सय र जिम मात्र गर्दा एक हजार ५ सय शुल्क लाग्ने सञ्चालकहरुले बताएका छन् । जुम्बा एरोबिक मात्र गर्नेलाई एक हजार ५ सय शुल्क रहेको छ । फिटनेसमा ४ जना इन्स्ट्रक्टर र २ जना एसिस्टेन्ट छन् । व्यक्तिगत ट्रेनरको पनि व्यवस्था रहेको सञ्चालक खत्रीले जानकारी दिए । ‘युवाहरुले मात्र होइन, १५ बर्ष माथिका हरेक उमेरकाले स्वास्थ्यको लागि आवश्यक छ । सुगर र प्रेसरका विरामीलाई त झनै उपयोगी हुन्छ’–उनले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे