संकटा बुढासुब्बा गोल्डकपको फाइनलमा (फोटोफिचर)

रुपन्देहीको लागि दिपक राईले गरेको गोल सान्त्वनामा सिमित भयो । संकटाले यो सिजनमा नारायणगढमा विकास रनिङ सिल्ड र आठौं सिमरा गोल्डकप जितिसकेको छ । संकटाले नेपाल पुलिस क्लब र आयोजक धरान निलोबीच शुक्रबार हुने सेमीफाइनलको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।
प्रतिस्पर्धात्मक खेलमा संकटाका अनिल गुरुङले पहिलो हाफको २३ औं मिनेटमा गोल गरेका थिए । तर, पहिलो हाफको ४३ औं मिनेटमा रुपन्देहीका दिपक राईले गोल गर्दै खेल बराबरी बनाए । दोस्रो हाफको ३५ औं मिनेटमा संकटाका अनिल गुरुङले पेनाल्टीमा गोल निर्णायक गोल गरेका थिए । रुपन्देहीका सौरभ मगरले संकटाका दिपेश श्रेष्ठलाई डि बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा अनिलले विजयी गोल गरे । उनी खेलको म्यान अफ दि म्याच घोषित हुदै नगद ५ हजार थापे ।
पहिलो हाफमा बराबरी खेलेपनि दोस्रो हाफमा संकटाले रुपन्देहीलाई दबाबमा राखेको थियो । संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीहरुले योजनाअनुसार नै खेलेकोले जित पाएको बताए । रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले संकटाले पेनाल्टी मौका पाउनु नै हारको मुख्य कारण भएको प्रतिक्रिया दिए ।
..................................................................................
दर्शकलाई माउण्टेन बाइक

Comments
Post a Comment