संकटा सेमीफाइनलमा (फोटोफिचर)

धरान । धरानमा जारी १९ औं बुढासुब्बा रेडबुल गोल्डकपमा संकटा क्लब काठमाण्डौ सेमीफाइनल प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा एपिएफ क्लबलाई १–० गोलअन्तरले हराउदै संकटा सेमीफाइनल पुगेको हो । खेलको एक मात्र निर्णायक गोल पहिलो हाफको ३९ औं मिनेटमा संकटाका राज पौडेलले गरे । उनले होडमार्फत गोल गरेका थिए । संकटाले अब फागुन ११ गते सेमीफाइनलमा रुपन्देही ११ सँग खेल्नेछ ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले थुप्रै गोल गर्ने अवसर खेर फालेको थियो । खेलको म्यान अफ दि म्याच एपिएफका रमेश दंगाल घोषित भए । उनले नगद ५ हजार थापे । एपिएफका प्रशिक्षक कुमार थापाले अवसर पाए पनि गोल गर्न नसक्दा हार भएको बताए । संकटाका प्रशिक्षक सल्यान खड्गीले पाएको अवसरलाई सदुपयोग गर्दै गोल गरेपछि जित भएको बताए । मंगलबार अन्तिम क्वार्टरफाइनल खेल नेपाल पुलिस क्लब र कञ्जनजंघा फुटबल क्लब दार्जिलिङबीच हुनेछ ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे