१९ औं बुढासुब्बा गोल्डकप शुरु, संकटाद्धारा कलकता पराजित(फोटोफिचर)

धरान । मोफसलको चर्चित १९ औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिता बिहिबारदेखि धरानमा शुरु भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा उद्घाटन खेलमा भारतको दुर्गापुर स्टिल, कलकत्तालाई ३–२ गोलअन्तरले हराउदै सिएमजि क्लब संकटा क्वार्टरफाइनल पुगेको छ ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा संकटाका मार्टिन अजय, अनिल गुरुङ र सुसिल केसीले गोल गरेर टिमलाई जित दिलाए भने दुर्गापु कलकत्ताका आका र सलुयदिन मिर्धाले गोल गरेपनि हार हुनबाट जोगाउन सकेनन् । संकटाले फागुन ९ गते क्वार्टरफाइनलमा बाई पाएको एफिएफ क्लबसँग खेल्नेछ ।
उद्घाटन खेलमा पहिलो हाफको २ मिनेटमै संकटाका मार्टिनले गोल गरेका थिए भने ३६ औं मिनेटमा अनिल गुरुङले दोस्रो गोल गरे । दोस्रो हाफको ३२ आंै मिनेटमा सुसिलले तेस्रो तथा निर्णायक गोल गरेका थिए । दुर्गापुर कलकत्ताका आकाले २४ औं मिनेटमा पहिलो गोल गरे भने दोस्रो हाफको ७ औं मिनेटमा सलयदुन मिर्धाले दोस्रो गोल गरेका थिए । खेलमा संकटाको थुप्रै प्रहारलाई विफल बनाउन सफल दुर्गापुरका गोलकिपर सुबन्धु घोष म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाए । प्रतियोगितामा शुक्रबार आयोजक धरान फुटबल क्लबको धरान पहेलो र गत बर्षको उपविजेता नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।
फागुन १४ सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कांग्रेस नेता एवं सांसद मिन विश्वकर्माले गरेका थिए । उद्घाटन समारोहमा ५ जना पाइलटहरुले धरान २६, रमिते डाँडाबाट प्याराग्लाइडिङ उडेर खेल मैदानमा अवतरण गर्दा रोमाञ्च थपिएको थियो । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार हात पार्नेछ भने उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल र सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउने अध्यक्ष किसोर राईले जानकारी दिए । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पाउनेछन् ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे