पुर्नस्थापना गृहलाई आर्थिक सहयोग

धरान । धरान १५, भानुमार्गका अनुप लिम्बु र उनका साथीहरुले धरान ४ स्थित पुर्नस्थापना गृहलाई आर्थिक सहयोग जुटाउन केही बर्षअघि डान्स पार्टी आयोजना गरेका थिए । तर, उक्त पार्टीले नाफा दिलाउन नसकेपछि गृहलाई आर्थिक सहयोग पनि दिन सकेनन् ।
मन भारी बनाउदै उनी वैदेशिक रोजगारीमा दुबई हान्निए । गृहलाई सहयोग गर्ने भनेर वचन दिइसकेका अनुपको मन धेरै समयसम्म छटपट्टी भइरह्यो । हालै मात्र दुबईबाट घर फिरेका उनी बिहिबार भने सहयोग रकम बोकेर पुर्नस्थापना गृहमा पुगे, र मनको छटपटीलाई शान्त बनाए । भानुमार्गका अनुपसहित ८ जना साथीहरु मिलेर बिहिबार गृहलाई ३६ हजार ८ सय २१ रुपैया एकमुष्ठ रकम हस्तान्तरण गरेका थिए । ‘त्यतिबेला डान्स पार्टीमा नाफै भएन, सहयोग गर्न नपाउदा मन छटपटिरह्यो । दुबई गएपनि चित्त बुझेकै थिएन । अहिले घर फर्केपछि साथीभाईसँग कुरा राखेर सहयोग जुटाउन पाउदा ज्यादै खुशी छुँ’–उनले भने ।
अनुपकै पहलमा युकेमा रहेका सविन गुरुङ, सुनिल सुक्वा, विश्वास नुगु, यम लिम्बु, होमुक लिम्बु र धरानमा रहेका विवेक राई, विसन श्रेष्ठले गृहलाई आर्थिक सहयोग गरेका हुन् । उक्त रकम बुझाउन अनुपसँगै सविन, विवेक र विसन बिहिबार गृहमा पुगेका थिए । उनीहरुले गृह प्रमुख भिम राईलाई नगद हस्तान्तरण गरे भने बालबालिका तथा वृद्धहरुलाई खाजा र फ्रटीसमेत खुवाएका थिए । गृहमा सहाराविहिन एवं अशक्त २३ बालबालिकासहित वृद्धवृद्धाहरुसमेत छन् ।
गृह प्रमुख राईका अनुसार सहयोग जुटेको रकम मध्ये २५ हजारले १३ बर्षीया चन्द्र राईको कुँजिएको घुडाको शल्यक्रिया गर्न खर्च गरिनेछ भने बाँकी रकमले गृहको आँगन ढलाई गर्ने योजना रहेको छ । धनकुटा आँखीसल्लाकी चन्द्र विगत ३ महिनादेखि गृहमा आश्रित छिन् । उनी बोल्न र सुन्नसमेत सक्दिनन् । कुँजिएको घोडाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै शल्यक्रिया गरिने गृहप्रमुख राईको भनाई छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे