आयोजक निलो सेमीफाइनल प्रवेश(फिटोफिचर)

धरान । पोखरा ११ लाई ३–० गोलअन्तरले हराउदै आयोजक धरान फुटबल क्लब(निलो) १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमीफाइन प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा आइतबार भएको क्वार्टरफाइनल खेलमा हेमन्त गुरुङ, प्रकाश बुढाथोकी र बुद्ध चेम्जोङले गोल गर्दै धरानलाई अन्तिम चारमा पु¥याए ।
पहिलो हाफको १४ औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै धरानलाई खेलमा अग्रता दिलाएका थिए । भने २८ औं मिनेटमा प्रकाश बुढाथोकीले फ्रि किकमा दोस्रो गोल गरे । यस्तै, दोस्रो हाफको २९ औं मिनेटमा बुद्ध चेम्जोङले धरानको लागि तेस्रो गोल गरे । घरेलु मैदानमा थुप्रै अवसर पाए पनि धरानले सदुपयोग गर्न भने सकेन । युवा खेलाडी भरिएको पोखराले भने धरानको पोष्टमा आक्रमण गर्न सकेन । खेलको म्यान अफ दि म्याच आयोजकका रेजिन सुब्बा घोषित भए । उनले नगद ५ हजार थापे भने धरानका गोलकर्ताले जनही २ हजारको दरले नगद पुरस्कार पाए ।
धरानका प्रशिक्षक सुवास केसीले खेलाडीहरु एकै पटक मैदानमा खेलेको कारण तालमेल नभएको बताए । पोखराका प्रशिक्षक सुवास गुरुङले टिममा पोखरेली युवा खेलाडीहरु मात्र रहेको र आक्रमक खेल्ने प्रयास गर्दा पनि अनुभवको कमीले सफल नभएको प्रतिक्रिया दिए । सोमबार सशस्त्र प्रहरीको एपिएफ क्लब र सिमरा गोल्डकप विजेता संकटा क्लबबीच क्वार्टरफाइनल खेल हुनेछ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे