पुलिस सेमीफाइनलमा(फोटोफिचर)

धरान । चार पटकको विजेता नेपाल पुलिस क्लबले भारतको कञ्जनजंघा फुटबल क्लब, सिलगुडीलाई ३–२ ले पराजित गर्दै १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा मंगलबार सम्पन्न खेलमा पुलिसका अभिषेक रिजालले २ गोल गरे भने मानबहादुर परियारले निर्णायक गोल गरेका थिए । कञ्जनजंघाका निवास राना र करन थापाले एक ÷एक गोल गरे पनि टिमलाई हार हुनबाट भने जोगाउन सकेन । पुलिसले बिहिबार आयोजक धरान फुटबल क्लब(निलो)सँग सेमीफाइनल खेल्नेछ ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको ४ मिनेटमा पुलिसका अभिषेक रिजालले फ्रिकिकमा गोल गरे भने १४ औं मिनेटमा पनि उनले नै दोस्रो गोल गरेका थिए । रेफ्रीले २२ औं मिनेटमा कञ्चनजंघाका क्याप्टेन अमिर लामालाई रेड कार्ड दिएपछि १० खेलाडीमा सिमित भयो । दश खेलाडीमा सिमित भएपनि कञ्चनजंघाका निवास रानाले दोस्रो हाफको २७ औं मिनेटमा फ्रिकिकमा गोल गरे भने ४४ औं मिनेटमा पेनाल्टी मौकामा करन थापाले गोल गर्दे खेल बराबरी बनाए । खेल २–२ को बराबरीमा सकिन लाग्दा इञ्जुरी समयमा पुलिसका मानबहादुर परियारले हेडमार्फत गोल गर्दै जित टिमलाई जित दिलाए । उक्त खेलको म्यान अफ दि म्याच कञ्चनजंघाका रिवस राना घोषित भए । उनले नगद ५ हजार हात पारे ।
कञ्चनजंघाका प्रशिक्षक दिनकर क्षेत्रीले आफ्नै गोलकिपरको गल्तीले ३ वटै गोल खाएर हार्नु परेको बताए । पुलिसका प्रशिक्षक कुमार कटवालले खेलाडीहरुको प्रर्दशनबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए । आफ्नो खेलाडी अभिषेकले उत्कृष्ट खेलेको जिकिर गर्दै उसैले म्यान अफ दि म्याच पाउनुपर्ने भएपनि आयोजकले नदिएकोमा असन्तुष्टी पनि व्यक्त गरे । प्रतियोगितामा बुधबार पहिलो सेमीफाइनल खेल उदयपुर गोल्डकप विजेता रुपन्देही ११ र सिमरा गोल्डकप विजेता सिएमजि क्लब संकटाबीच हुनेछ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे