धरानमा पुर्वाञ्चलस्तरीय पुष्प व्यापार मेला हुने

धरान । सर्वसाधारणहरुमा पुष्प(फुल) तथा फलफुलका विरुवाको व्यावसायिक खेतीमा आकर्षित एवं प्रर्वद्धन गर्न र प्राविधिक ज्ञानसमेत दिलाउने उद्देश्यले धरानमा पुर्वाञ्चलस्तरीय तीन दिने पुष्प व्यापार मेला आयोजना हुने भएको छ । पुष्प तथा फलफुल कृर्षि व्यावसाय प्रर्वद्धन तदर्थ समिति धरानको आयोजनामा फागुन २३, २४ र २५ गते धरान ५ स्थित अमान बजारमा पुष्प व्यापार मेला हुन लागेको हो ।
पुर्वाञ्चलमै पहिलो पटक हुन लागेको पुष्प मेलामा पुर्वका विभिन्न जिल्लाबाट कम्तीमा २५ नर्सरी व्यावसायीहरुले पुष्प तथा फलफुलको विरुवा स्टल राख्ने आयोजक समितिका सदस्य प्रेम पराजुलीले जानकारी दिए । उनका अनुसार व्यापार मेलामा एउटा नर्सरी व्यावसायीले कम्तीमा ५० हजार बराबरको कारोबार गर्ने अपेक्षा गरिएको छ । ‘यो पुर्वमै पहिलो पटक हुन लागेकोले नर्सरी व्यावसायीहरु धेरै उत्साही भएका छौं, सर्वसाधारणहरुमा पनि धेरै चासो हुनेछ र अवोलकन, खरीद गर्न आउनेमा ढुक्क छौं’–पत्रकार सम्मेलनमा मेलाबारे पराजुलीले भने–‘मेलामा २५ वटा नर्सरीको स्टल हुनेछ, एउटाले ५० हजार भन्दा माथिको कारोबार गर्ने अनुमान गरेका छौं ।’ प्रर्दशनीमा सुनसरी, मोरङ, झापा, इलाम, भोजपुरलगायत विभिन्न जिल्लाका व्यावसायीहरु सहभागी हुने आयोजकले जनाएको छ ।
पुष्म मेलामा क्यालेन्डुला, मेरीगोल्ड, ग्लाडियस, पिटुनिया, भर्विना, डेन्थास, एन्टोरियम, गजेनिया, जिरेनियम, पेन्टसलगायत मौषमी फुलहरु प्रर्दशनीमा राखिनेछन् भने वगनवेली, ह्याविसकस, क्याकटसलगायत सदावहार फुलका प्रजातिहरु, लहरे प्रजातिका फुलहरु पनि राखिने मेलाका संयोजक ठगेन्द्र पोख्रेलले जानकारी दिए । यस्तै, सुन्तला प्रजातिका मुन्तला, भोगटेलगायत फलफुलका विरुवा, आप, लिचि, नरिवल, अनार, विकी, स्ट्रेवरीलगायत विरुवाहरु पनि मेलामा रहने पनि उनले खुलाए । ‘रुख प्रजातिका टिक, मलेनिया, श्रीखण्ड, रुद्राक्ष, कटहर, स्वामीलगायत विरुवा पनि हुन्छन् । क्याकटस प्रजातिका पनि हुन्छन् । यति धेरै विरुवाहरु हुन्छन् कि मेला घुम्न आउदा आफुले चाहेको विरुवा खरीद गर्न नपाई फर्कने अवस्था रहदैन’–संयोजक पोख्रेलले भने ।
पुष्प मेलामा विरुवाहरु मात्र किनबेच नभई खरीदकर्ताहरुलाई थोरै ठाउँमा कसरी विरुवा लगाउने र नर्सरीबाट लगेको विरुवालाई कसरी हुर्काउने भन्नेसम्मको प्राविधिक ज्ञान सिकाउने आयोजकले जनाएको छ । गृहणीहरुले घरमा बसेर पुष्प खेती गर्नसक्ने र राम्रो आम्दानी पनि हुने भएकोले दार्जिलिङ, सिक्किमतिर यो व्यावसाय प्रशस्तै फष्टाएको व्यावसायीहरुको भनाई छ । ‘गृहणीहरुले घरमै बसिबसि फुल व्यावसाय गर्न सक्छन् । साथै, पाखोभित्तामा पनि रुखविरुवा लगाउन् भनेर फुलसँगै रुखका विरुवाहरुको पनि प्रर्दशनी हुन लागेको हो’–आयोजक समितिका सदस्य पराजुलीले भने–‘ज्ञान नभएकाहरुलाई विरुवा कसरी रोप्ने, कसरी राम्रोसँग फुलाउने र आम्दानी गर्ने भनेर प्राविधिक ज्ञानसमेत दिलाउछौं ।’
पुर्वमा कति पुष्प व्यावसायीहरु छन् भन्ने यकिन तथ्यांक छैन । तर, बर्षमा एक अर्ब बढीको कारोबार पुर्वमा मात्र हुने व्यावसायीहरुको अनुमान छ । एउटा नर्सरीले २० जनासम्मलाई रोजगारी दिएको व्यावसायीको भनाई छ । पुर्वमै पहिलो पटक धरानका पुष्प व्यावसायीहरु संगठित हुने प्रयासमा छन् । प्रर्दशनीको क्रममा पुष्प व्यावसायीहरु संगठित हुने पनि आयोजकले जानकारी दिएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे