बुढासुब्बा प्रर्वद्धन कपमा पत्रकार च्याम्पियन(फोटोफिचर)

धरान । १९ औं बुढासुब्बा रेडबुल गोल्डकप प्रर्वद्धन कप फुटबल प्रतियोगिताको दोस्रो सँस्करणमा पत्रकार महासंघ सुनसरीको टिम च्याम्पियन बनेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक फाइनलमा उपाधिको दाबेदार सुनसरी जिल्ला खेलकुद विकास समितिलाई १–० को झिनो गोलअन्तरले हराउदै पत्रकार टोली च्याम्पियन बनेको हो ।
पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफको १० औं मिनेटमा पत्रकारको धिरेन लिम्बुले निर्णायक गोल ग¥यो । पत्रकार टिमका कप्तान विकास राईको फ्रि किक प्रहारमा धिरेनले हेडमार्फत विजयी गोल गरेका थिए । उनी फाइनलका म्यान अफ दि म्याचसमेत घोषित भए । विजेता पत्रकार टोलीले नगद २५ हजारसहित उपाधि ट्रफी हात पा¥यो भने उपविजेता खेलकुद समितिले नगद १५ हजार र ट्रफीमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुदै पत्रकारका भोजराज श्रेष्ठले नगद एक हजार थापे भने हाइ स्कोर र वेष्ट स्ट्राइकरको पुरस्कार पत्रकारका सुमन श्रेष्ठले हात पारे । यस्तै, वेष्ट कोच पत्रकार रत्नप्रसाद आचार्य, वेष्ट डिफेन्स पत्रकारका रत्न खड्का र वेष्ट मिडफिल्ड खेलकुद समितिका अर्जुन राई घोषित भए ।
विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई आयोजक धरान फुटबल क्लबका अध्यक्ष किसोर राई, प्रमुख अतिथि एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनप्रसाद राई, हिसान सुनसरीका सदस्य राजेन्द्र गुरुङ, गोर्खा ब्रुअरीका प्रतिनिधि प्रदिप अधिकारी, क्लबका महासचिव प्रताप तामाङलगायतले ट्रफी, मेडल तथा पुरस्कार वितरण गरेका थिए । फागुन ५ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको प्रचारप्रसार गर्न क्लबले प्रर्वद्धन कप आयोजना गरेको हो । माघ २२ गतेदेखि सञ्चालनमा आएको प्रतियोगितामा होटल व्यावसायी, हार्ड वेयर व्यावसायी, बैकर्स धरान, यातायात व्यावसायी, प्याब्सन÷एन प्याब्सनको संयुक्त टिम, पत्रकार र खेलकुद समितिको गरी कुल ८ वटा टिमले भाग लिएको थियो ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे