सोमबारदेखि धरानमा पुष्प व्यापार मेला

धरान । पुष्प व्यावसायको प्रर्वद्धन एवं गुणस्तरीय उत्पादनलाई टेवा पु¥याउने उद्देश्यले सोमबारदेखि धरानमा प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेला २०७३ शुरु हुदैछ । तीन दिनसम्म सञ्चालन हुने मेलाको सम्पुर्ण तयारी पुरा भएको आयोजक मुल समितिले आइतबार जानकारी दिएको छ ।
धरान ५ स्थित अमान बजारमा हुने मेलामा विभिन्न जिल्लाका १९ वटा पुष्प प्रर्दशनी बिक्री कक्ष(स्टल) रहनेछ भने एउटा जानकारीमुलक स्टल पनि रहने आयोजक समितिले जनाएको छ । ‘मेलामा व्यावसायिक १९ र सुचनामुलक १ स्टलसहित २० वटा प्रर्दशनी बिक्री कक्षहरु रहनेछन्, मेलामा २ सय ५० भन्दा बढी प्रजातिका बोटविरुवा, मौसमी फुलहरु प्रर्दशनीमा हुन्छन्’– फ्लोरिकल्चर एशोसिएशन नेपालका वरिष्ठ उपाध्यक्ष दिलिप वादेले भने–‘मेलाबाट पुष्प व्यावसाय संचालन गर्न चाहने, घर आगन तथा बगैचा सजाउन चाहने तथा फुल विरुवाप्रति अभिरुची राख्ने र ज्ञान हासिल गर्न चाहनेको लागि उपयोगी हुने विश्वास लिएका छौं ।’
घर आगन होस या नदी किनारा, रोपी स्वदेशी फुल बनाऔं पुर्वाञ्चल हराभरा भन्ने मेला पुर्वाञ्चलमा पहिलो पटक आयोजना हुन लागेको हो । मेलामा विभिन्न मौसमी फुल, आलंकारीक बोटविरुवा, फलफुलका विरुवा, कट फ्लावर, ल्याण्डस्केप, सुनाखरी, कम्पोष्ट मल, फुलको गानो, विउ विजन, औजार, उपकरण, प्याकेजिङ सामग्री र बिषादीको प्रर्दशनी पनि हुनेछ । मेलाअवधिभर १० हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र १० लाख बराबरको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको संयोजक एवं खगेन्द्र पोखरेलले जानकारी दिए । प्रर्दशनीमा सुनसरी, मोरङ, झापा र भोजपुरका नर्सरी सञ्चालकहरुको स्टल हुनेछ ।
पुष्प मेलामा विरुवाहरु मात्र किनबेच नभई खरीदकर्ताहरुलाई थोरै ठाउँमा कसरी विरुवा लगाउने र नर्सरीबाट लगेको विरुवालाई कसरी हुर्काउने भन्नेसम्मको प्राविधिक ज्ञान सिकाउने आयोजकले जनाएको छ । साथै, मेलामा राखिएका स्टलहरुमध्ये फुलको गुणस्तर, सजावट र प्रकार आदिको आधारमा उत्कृष्ट तीन नर्सरीलाई सिल्ड र नगदसहित पुरस्कृत गरिने पनि आयोजकले जनाएको छ । पुष्प प्रर्दशनीलाई धरानमा बर्षेनी आयोजना गरिने पनि प्mलोरिकल्चर एशोसिएशनका वरिष्ठ उपाध्यक्ष वादेले जानकारी दिए ।
..................................................

आत्मनिर्भर बन्दै नेपाल

व्यावसायीहरुका अनुसार पछिल्लो समय पुष्प(फुल)मा आत्मनिर्भर बन्दै गएको छ । फ्लोरिकल्चर एशोसिएशनका वरिष्ठ उपाध्यक्ष वोदेका अनुसार दुई दशकअघि नेपालमा ८० प्रतिशत फुल विदेशबाट आयात गरिन्थ्यो भने २० प्रतिशत मात्र फुल स्वदेशी उत्पादन हुन्थ्यो । अहिले ठिक उल्टो परिस्थिति छ । ‘अहिले ८० प्रतिशत फुल नेपालमै उत्पादन हुन्छ, २० प्रतिशत मात्र विदेशबाट आयात हुन्छ । २० बर्षअघि ठिक उल्टो थियो’–उनले भने । विदेशबाट आयात हुने फुललाई न्युनीकरण गर्न सरकारी निकायसँगै मिलेर रैथाने र स्थानीय प्रजातिका फुलहरुको पहिचान गर्ने, उत्पादन गर्ने र प्रर्वद्धन गरि बिक्री वितरण गर्ने कार्यक्रम भइरहेको उनले खुलाए । यो कार्यमा एशोसिएशनले पुष्प विकास केन्द्र र वनस्पति विभागसँग सहकार्य गरिरहेको पनि बताए । फुलमा २० प्रतिशत मात्र भारतमा निर्भर रहेपनि आलंकारिक बोटविरुवामा भने अझै ६० प्रतिशत भारतमा निर्भर रहेको व्यावसायीहरुको भनाई छ ।
नेपालमा सन् १९५० बाट सामान्यस्तरबाट पुष्प व्यावसायको शुरुवात भएको थियो । राजधानी केन्द्रीत यो व्यावसाय पछिल्लो समय पोखरा, नारायणगढ, हेटौडा, काभ्रे, विराटनगर, धरानलगायत शहरहरुमा पनि फैलिदै गएको छ । आर्थिक बर्ष २०७२÷०७३ सम्म आइपुग्दा विभिन्न ३९ जिल्लामा करिब ६ सय ७५ पुष्प फर्म(नर्सरी)हरु विस्तार भइसकेको एशोसिएशनले जानकारी दिएको छ । झापा, मोरङ र सुनसरीमा मात्रै ४९ पुष्प व्यावसायीहरु छन् । यस्तै, करिब १ सय ४७ हेक्टर क्षेत्रफलमा पुष्प व्यावसाय भइरहेको छ भने ४१ ह्जार भन्दा बढीले प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी पाइराखेका छन् । आर्थिक बर्ष २०७२÷०७३ मा १ अर्ब ३४ करोड भन्दा बढीको पुष्पको कारोबार भएको थियो ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे