सुरक्षा घेरामा अनुषाको अन्त्येन्टी, पोष्टमार्टम रिपोर्टमा के छ ?
धरान । रहस्यमय मृत्यु भएकी धरान १६ की तेह्र बर्षीया अनुषा राईको शुक्रबार विवाद र तनावपुर्ण अवस्थामा सुरक्षा घेराबीचमा अन्त्येन्टी गरिएको छ । पोष्टमार्टम पश्चात मृतकको शवलाई जैविक पिता(वास्तविक बुबा) जितबहादुर राईले जिम्मा लिएपछि शुक्रबार रितिरिवाजअनुसार अनुषाको अन्त्येष्टी गरिएको हो ।
मृतककी आमा र पुर्खाहरुको पनि दाहसँस्कारस्थ फुस्रेस्थित सर्दु खोला पारी लगेर अनुषाको शवको अन्त्येष्टी गरिएको धरान १६ की वडा नागरिक मञ्चकी अध्यक्ष एवं संघर्ष समितिकी संयोजक उर्मिला प्रधानले बताइन् । ‘मनिषाको शव शुरुमा काकाको घरमा लग्यौं, र रितिरिवाजअनुसार नै दाहसंस्कार भयो’–उनले भनिन् । शुक्रबार मृतकको अन्त्येष्टी पनि सहजरुपमा हुन सकेन । काकाको घरमा राखिएको शवलाई महिलाहरुको समुहले अन्त्येष्टीमा लैजान अवरोध गरेका थिए ।
प्रत्यक्षदर्शीहरुका अनुसार प्रहरीले आगजनीको आरोपमा पक्राउ गरेका युवाहरुलाई छुटाएर मात्र शव अन्त्येष्टीमा लैजान पाउने भन्दै अवरोध गरेका थिए भने कसैले वडा १६ स्थित आरोपित वलिमान र पदमकुमारीको घरमा नै अन्त्येष्टी गर्नुपर्ने अडान लिएका थिए । स्थिति तनावपुर्ण भएपछि प्रहरी स्कर्टिङमा अत्येष्टी सम्भव भएको थियो । ‘शव काकाको घरमा लगिएको थियो, रितिरिवाजको कार्य सकेपछि शव लैजानै दिएनन् । पहिला केटाहरु छुटाउनुपर्छ भने, कसैले वडा १६ कै घरमा गाड्ने भनेर अवरोध गरे’–ती प्रत्यक्षदर्शीले भने–‘पछि प्रहरीको स्कर्टिङमा लगियो ।’
धरान १६ का वलिमान र पदमकुमारी राईको घरमा करिब १० बर्षअघि धमीपुत्री बनाएर राखिएकी १३ बर्षीय अनुषाको सोमबार रहस्यमय मृत्यु भएको थियो । धर्मपुत्री बनाएपनि राई दम्पत्तिले अनुषालाई घरेलु कामदार बनाएको र यातना पनि दिने गरेको दाबी गर्दै मंगलबारदेखि नै सयौंको संख्यामा स्थानीयबासीहरुले प्रर्दशन गरिरहेका छन् । प्रदर्शनकारीहरुले राई दम्पत्तिको घर तोडफोड र आगजनीसमेत गरेका छन् । त्यसक्रममा दोहोरो झडपसमेत भएको छ भने प्रहरीले झण्डै ४ दर्जन अश्रु ग्याँससमेत प्रहार गर्नुपरेको थियो । बिहिबार राती राई दम्पत्तिको घरभित्रको सामान सडकमा निकालेर आगजनी गरेपछि प्रहरीले २१ जनालाई पक्राउ गरेको थियो । ती मध्ये १७ जनालाई मात्र प्रहरीले सामान्य अनुसन्धान गरेर छाडेको थियो । शुक्रबार बिहान थप १० जनालाई पक्राउ गरेर प्रहरीले कुल १४ जनालाई आगजनी मुद्दामा म्याद थप गरेको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
स्थानीयबासीहरुले राई दम्पत्तिले अनुषाको हत्या गरेको आरोप लगाए पनि उनीहरुले प्रहरीमा दिएको वयान अनुसार सोमबार अनुषाले बिष(नाम खुल्न नसकेको) सेवन गरेकी थिइन् । तत्काल उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए पनि उपचारको क्रममा अनुषाको मृत्यु भएको थियो । राई दम्पत्तिले घटनाबारे छरछिमेकलाई समेत जानकारी नदिई सतगत गर्न शव राख्ने बाकस बनाउदै गरेको भेटेपछि हत्या गरिएको स्थानीयबासीहरुले आशंका गरेका थिए । वलिमान हेभन्ली पाथका सुनसरी अध्यक्ष पनि हुन् । दुई भाई छोरा मात्र रहेका उनीहरुले अनुषालाई छोरी बनाएर आफ्नै नाममा जन्मदर्तासमेत गराएका छन् । अनुषा धरान १६, जोरसुवास्थित सियोन इन्टरनेशनल स्कुलमा कक्षा ३ मा अध्ययनरत थिइन् ।
.................................................
प्रदर्शनकारी तथा स्थानीयहरुले अनुषालाई बलात्कार गरिएको आशंका गरेका थिए । पोष्टमार्टमबाट बलात्कार भएको पुष्टि गर्ने योनीको वरीपरी ताजा चोटपटक एवं कुनै संकेत पनि फेला नपरेको चिकित्सकको भनाई छ । यद्यपी, चिकित्सक टोलीले वीर्यको कुनै अंश भेटिन्छ कि भनेर भेजाइनल स्वाब परीक्षणको लागि पठाइएको पनि फोरेञ्सिक विभाग स्रोतले जानकारी दिएको छ । ‘बलात्कार भएको देखिएन, तरपनि विगतमा यौन सम्पर्क भएको थियो थिएन भनेर जाँच गर्न भेजाइनल स्वाब परीक्षण गर्न पठाइदिएका छौं’–चिकित्सकले भने ।
...........
मृतककी आमा र पुर्खाहरुको पनि दाहसँस्कारस्थ फुस्रेस्थित सर्दु खोला पारी लगेर अनुषाको शवको अन्त्येष्टी गरिएको धरान १६ की वडा नागरिक मञ्चकी अध्यक्ष एवं संघर्ष समितिकी संयोजक उर्मिला प्रधानले बताइन् । ‘मनिषाको शव शुरुमा काकाको घरमा लग्यौं, र रितिरिवाजअनुसार नै दाहसंस्कार भयो’–उनले भनिन् । शुक्रबार मृतकको अन्त्येष्टी पनि सहजरुपमा हुन सकेन । काकाको घरमा राखिएको शवलाई महिलाहरुको समुहले अन्त्येष्टीमा लैजान अवरोध गरेका थिए ।
प्रत्यक्षदर्शीहरुका अनुसार प्रहरीले आगजनीको आरोपमा पक्राउ गरेका युवाहरुलाई छुटाएर मात्र शव अन्त्येष्टीमा लैजान पाउने भन्दै अवरोध गरेका थिए भने कसैले वडा १६ स्थित आरोपित वलिमान र पदमकुमारीको घरमा नै अन्त्येष्टी गर्नुपर्ने अडान लिएका थिए । स्थिति तनावपुर्ण भएपछि प्रहरी स्कर्टिङमा अत्येष्टी सम्भव भएको थियो । ‘शव काकाको घरमा लगिएको थियो, रितिरिवाजको कार्य सकेपछि शव लैजानै दिएनन् । पहिला केटाहरु छुटाउनुपर्छ भने, कसैले वडा १६ कै घरमा गाड्ने भनेर अवरोध गरे’–ती प्रत्यक्षदर्शीले भने–‘पछि प्रहरीको स्कर्टिङमा लगियो ।’

स्थानीयबासीहरुले राई दम्पत्तिले अनुषाको हत्या गरेको आरोप लगाए पनि उनीहरुले प्रहरीमा दिएको वयान अनुसार सोमबार अनुषाले बिष(नाम खुल्न नसकेको) सेवन गरेकी थिइन् । तत्काल उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए पनि उपचारको क्रममा अनुषाको मृत्यु भएको थियो । राई दम्पत्तिले घटनाबारे छरछिमेकलाई समेत जानकारी नदिई सतगत गर्न शव राख्ने बाकस बनाउदै गरेको भेटेपछि हत्या गरिएको स्थानीयबासीहरुले आशंका गरेका थिए । वलिमान हेभन्ली पाथका सुनसरी अध्यक्ष पनि हुन् । दुई भाई छोरा मात्र रहेका उनीहरुले अनुषालाई छोरी बनाएर आफ्नै नाममा जन्मदर्तासमेत गराएका छन् । अनुषा धरान १६, जोरसुवास्थित सियोन इन्टरनेशनल स्कुलमा कक्षा ३ मा अध्ययनरत थिइन् ।
.................................................
पोष्टमार्टम रिपोर्टमा के छ ?
मृतक अनुषा राईको शवको पोष्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहिबार पोष्टमार्टम भएको थियो । पोष्टमार्टमको रिपोर्ट शुक्रबार चिकित्सकको टोलीले प्रहरीमा बुझाए पनि प्रहरीले गोप्य राखेको छ । पोष्टमार्टममा संलग्न चिकित्सक स्रोतका अनुसार अनुषाको मृत्यु चोटपटकबाट भएको देखिएन । बिष सेवनबाट अनुषाको मृत्यु भएको हुनसक्ने भन्दै ती चिकित्सकले थप पुष्टिको लागि भिसेरा परीक्षण गर्न प्रहरीलाई पठाएको खुलाए । ‘चोटपटकले मरेको देखिएन, कुनै ताजा चोटपटक छैन । पोइजनिङ हुनसक्छ, भिसेरा टेष्ट गर्न प्रहरीमा पठाएका छौं’–चिकित्सकले भने–‘बाँया हातमा ३, ४ ठाउँ काटेको देखिन्छ, तर पुरानो हो । ताजा चोटपटक एकदमै कम छ, ती चोटपटकले मान्छे मदैन ।’ मानसिक तनाव भएर हात आफैले काटेर आत्महत्याको प्रयास गरेको हुनसक्ने पनि ती चिकित्सकको भनाई छ ।प्रदर्शनकारी तथा स्थानीयहरुले अनुषालाई बलात्कार गरिएको आशंका गरेका थिए । पोष्टमार्टमबाट बलात्कार भएको पुष्टि गर्ने योनीको वरीपरी ताजा चोटपटक एवं कुनै संकेत पनि फेला नपरेको चिकित्सकको भनाई छ । यद्यपी, चिकित्सक टोलीले वीर्यको कुनै अंश भेटिन्छ कि भनेर भेजाइनल स्वाब परीक्षणको लागि पठाइएको पनि फोरेञ्सिक विभाग स्रोतले जानकारी दिएको छ । ‘बलात्कार भएको देखिएन, तरपनि विगतमा यौन सम्पर्क भएको थियो थिएन भनेर जाँच गर्न भेजाइनल स्वाब परीक्षण गर्न पठाइदिएका छौं’–चिकित्सकले भने ।
...........
Comments
Post a Comment