असिनाले ढाकेपछि भेडेटार सेताम्य(फोटोफिचर)

भेडेटार । भेडेटारको मौसम अनि सौन्दर्यले त्यसैपनि जो कोहीलाई लोभ्याउछ । बादलसँग लुकामारी खेलिरहने भेडेटारलाई सोमबार भने हिउँ झै असिनाले ढाकेपछि पर्यटकहरुको घुइचो लाग्यो । बर्षासँगै परेको असिनाले भेडेटार र आसपासको डाडा ढाकिएपछि ‘हिउँ परेको’ भन्दै फेसबुकमा पोष्ट गरिएको तस्बिर र भिडियोहरु भाइरल बन्यो ।
आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकहरुको पनि भेडेटारमा ताती लाग्यो । मोटरसाइकल र चार पांग्रे गाडीले सडक जाम भयो । पर्यटकहरु हिउँ भैm असिनासँग खेल्दै रमाएको रोमाञ्चक दृष्य देखिन्थ्यो । तिनैमध्येका एक हुन, धरान ८ स्थित गजुरमुखी ट्रेड एण्ड सर्भिस लिंकका प्रोपाइटर गोपाल आचार्य । हिउँ परेको सुन्नेबित्तिकै उनी साथीहरुसँग भेडेटार हुइकिएका थिए । ‘असिना परेको त देखेको थिए, तर यतिको मोटो पहिलो पटक देखेको हुँ । त्यसैले मन थाम्नै सकिन र रमाइलो गर्न आयौं’–उनले भने ।
भेडेटारका बुढापाकाहरु भने २२ बर्षपछि मोटो हिउँ परेको भन्छन् । स्थानीय तथा भेडेटार खानेपानी तथा सरसफाई समितिका अध्यक्ष ६१ बर्षीय हरिबहादुर लिम्बुका अनुसार यसअघि २०५१ सालमा भेडेटारमा यस्तै मोटो हिउँ परेको थियो । ‘यो मोटो हिउँ नै हो । उच्च हिमाली भेगमा पातलो हिउँ पर्छ, जलवायु परिवर्तनले गर्दा यहाँ चै मोटो हिउँ परेको हो’–उनले भने–‘आज यही हिउँ हेर्नलाई पर्यटकहरुको घुइचो छ ।’ उनका अनुसार दिउँसो करिब २ बजेपछि पानीसँगै असिना र मोटो हिउँ पर्न शुरु गरेको थियो । डाँडाकाँडासँगै सडकमा डेढदेखि अढाई फिटसम्म मोटो हिउँ थुप्रिएपछि सवारी जाम भएको थियो ।
भारतले पुरानो ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाएपछि अर्थतन्त्रसँगै पुर्वको पर्यटनलाई पनि असर पुगेको थियो । असिना(मोटो हिउँ) परेपछि भारतीय पर्यटकहरुकोसमेत पुनः आगमन बढ्नेमा भेडेटारका पर्यटन व्यावसायीहरु आशावादी छन् । ‘आजै पनि भारतीय पर्यटकहरु धेरै आए । हिउँ परेको भन्ने सन्देश जादा भविष्यमा अझ बढ्छन् भन्ने आशा छ’–होटल भेडेटार भ्यु की सञ्चालिका पद्मिनी रुम्दाली राईले भनिन् ।



















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे