धरानमा पुष्प व्यापार मेला शुरु, व्यावसायी उत्साहित(फोटोफिचर)

धरान । पुष्प व्यावसायको प्रर्वद्धन गर्ने उद्देश्यले सोमबारदेखि धरानमा तीन दिने प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेला २०७३ शुरु भएको छ । धरान ५ स्थित अमान बजारमा आयोजित पुष्प मेलाको उद्घाटन एक समारोहबीच धरान उपमहानगरपालिकाका समाज विकास अधिकृत सुनिल नेपालले गरे । पहिलो दिनै पुष्प मेला अवलोकन गर्न तथा फुल, विरुवाहरु खरीद गर्न मेलास्थलमा सर्वसाधारणहरुको घुइचो लागेको छ ।
पुर्वमा पहिलो पटक आयोजित पुष्प मेलाबाट यहाँका पुष्प व्यावसायीहरु पनि उत्साहित छन् । व्यापार मेला हुँदा फुलको नयाँ भेराइटीको उत्पादन देखाउन सकिने र आफ्नो क्षमताको पनि बजारीकरण हुने व्यावसायीहरुको धारणा छ । ‘यस्तो व्यापार मेला भइरहनु पर्छ । यसले हाम्रो नर्सरीको व्यापार मात्र बढ्दैन, नयाँ भेराइटीको उत्पादन देखाउने मौका पनि पाउछौं र हाम्रो क्षमता पनि देखाउन सक्छौं’–कोशी हरैचा नगरपालिका(विराटचोक मोरङ)स्थित दिपेश नर्सरीका सञ्चालक दिपेश योगीले भने ।
२०६० सालदेखि नर्सरी व्यावसायमा होमिएका योगीले ७ कट्टामा पुष्प खेती गरेका छन् । उनको हालसम्म ७० लाखको हाराहरीमा लगानी छ । धरानमा आयोजित पुष्प व्यापार मेलामा उनले डेढ सय प्रजातिका विभिन्न फुलहरु प्रर्दशनी तथा बिक्रीमा राखेका छन् । सजावट, गुणस्तर र फुल तथा विरुवाका प्रकारहरुको मुल्यांकन गरेर आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले योगीको नर्सरीलाई प्रथम घोषणा गर्दै पुरस्कृत पनि गरेको छ । उनले ट्रफी, प्रमाणपत्रसहित नगद ७ हजार पनि पाए । यस्तै, महादेव नर्सरी दमक झापा दोस्रो हुदै नगद ५ हजारसहित सिल्ड र प्रमाणपत्र हात पा¥यो भने धरान नर्सरीले तेस्रो हुदै नगद ३ हजार, सिल्ड र प्रमाणपत्र पायो । ‘नर्सरीको व्यापारमा सिमित पुष्प व्यावसायलाई प्रर्वद्धन गर्ने उद्देश्य हो, पहिलो दिनमै सर्वसाधारणहरुको चासो र सहभागीताले हामी व्यावसायीहरु धेरै खुशी र उत्साहित भएका छौं’–मुल संयोजक एवं पुष्प व्यवसायी खगेन्द्र पोख्रेलले भने ।
‘घर आगन होस या नदी किनारा, रोपी स्वदेशी फुल बनाऔं पुर्वाञ्चल हराभरा’ भन्ने मुल नारा दिएको मेला बुधबारसम्म चल्नेछ । यो पुष्प मेलामा २४ वटा फुलको स्टल राखिएको छ भने एउटा विउविजनको स्टल छ । पुष्प मेलालाई लक्षित गरेर अन्य व्यापार तथा होटलको पनि सञ्चालनमा आएको छ । अढाई सय भन्दा बढी विभिन्न प्रजातिका फुल तथा बोटविरुवाहरु प्रर्दशनीमा छन् । एउटै नर्सरीले डेढ सयको हाराहरीमा विभिन्न प्रजातिको फुल तथा विरुवाहरु राखेका छन् । प्रर्दशनीको अवसरमा उपभोक्ताहरुले सहुलियतमा फुल तथा विरुवा खरीद गर्न पाएका छन् भने ती फुल तथा विरुवाहरुलाई कसरी रोप्ने र जोगाउने भन्ने प्राविधिक ज्ञान पनि पाउदा उपभोक्ताहरुसमेत खुशी छन् । मेलाअवधिभर १० हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र १० लाख बराबरको व्यावस न ागन रोबार हुने आयोजकको अपेक्षा छ । मेलामा सुनसरी, मोरङ, झापा र भोजपुरका पुष्प व्यावसायीहरुको स्टल छ ।

                          धरानलाई फुलको शहर बनाइने

धरान उपमहानगरपालिलकाले ‘धरानलाई फुलको शहर’ बनाउने अभियानमा फ्लोरिकल्चर एशोसिएशनसँग सहकार्य गर्ने प्रस्ताव अघि सारेको छ । उपमहानगरपालिकाले केही बर्षदेखि नै फुलको शहर अभियानमा जुटे पनि अपेक्षित सफलता पाउन सकिरहेको छैन । स्वतस्फुर्त पुष्प व्यावसायी(नर्सरी सञ्चालक)हरु संगठित हुदै पुष्प व्यावसाय प्रर्वद्धनमा जुटेपछि उपमहागरपालिकाले फुलको शहर धरान अभियानमा सहकार्य गर्न आह्वान गरेको हो । ‘हामी धरानलाई फुलको शहर बनाउने अभियानमा छौं । बाटोहरुमा, हरेक घरमा र खाली ठाउँमा फुल रोप्न प्रोत्साहन गरिरहेका छौं’–समाजिक विकास अधिकृत सुनिल नेपालले भने–‘यो अभियानमा तपाई(पुष्प व्यावसायी)हरु पनि सहकार्य गरेर जाऊँ ।’
यसअघि उपमहानगरले फुलको शहर अभियानअन्र्तगत आकर्षक घरलाई पुरस्कृत गर्ने, पुष्प प्रर्दशनी र तालिम आयोजना गर्नेलगायतको गतिविधि गरेको थियो । तर, निरन्तरता पाउन सकेको थिएन । पछि सामुदायिक वनलाई नै नर्सरीकोरुपमा विकास गरेर अघि बढ्ने उपमहानगरपालिकाले योजना तथा कार्यक्रम बनाएको छ । पुष्प व्यावसायीहरुले चाहेमा यो कार्यक्रममा सहकार्य गर्ने नेपालले बताए । प्mलोरिकल्चर एशोसिएशनका केन्द्रीय अध्यक्ष कुमार कसजुले आगामी बर्षहरुमा धरानमा केन्द्रीय बजेटबाट नै पुष्प प्रर्दशनी तथा व्यापार मेला आयोजना गरिने प्रतिवद्धता जनाए । साथै उनले पुर्वका सबै जिल्लाहरुलाई समेट्दै अझ वृहत प्रर्दशनी गर्ने र व्यावसायिक क्षमता बढाउने पनि आश्वासन दिए । ‘पुर्वको सबै जिल्लालाई समेटेर वृहत प्रर्दशनी गछौं, व्यावसायीहरुको क्षमता वृद्धि गर्न र उत्पादन बढाउन, अझै प्रर्वद्धनमा पनि मद्दत गर्नेछौं’–कसजुले भने ।
सुनसरीका पुर्व जिविस उपसभापति वंशी मोक्तानले रोजगारीको अभावमा लाखौं युवाहरु विदेश पलायन भइरहदा यस्ता व्यावसायहरुले स्वरोजगार बन्न सहयोग पु¥याउने धारणा राखे । पुष्प व्यावसाय तथा बोटविरुवा प्रर्वद्धन गरिदा बाँझो खेतखलियान हराभरा हुने र आम्दानीको स्रोत पनि बढ्ने उनले बताए । क्षेत्रीय कृर्षि अनुसन्धान केन्द्र तरहराका वरिष्ठ प्राविधिक प्रदिप कार्कीले फुलले वातावरणलाई पनि सफा राख्ने र बालबालिकाहरुलाई धेरै ज्ञान पनि दिलाउन सकिने बताए ।
व्यावसायीहरुका अनुसार नेपालमा सन् १९५० बाट सामान्यस्तरबाट पुष्प व्यावसायको शुरुवात भएको थियो । राजधानी केन्द्रीत यो व्यावसाय पछिल्लो समय पोखरा, नारायणगढ, हेटौडा, काभ्रे, विराटनगर, धरानलगायत शहरहरुमा पनि फैलिदै गएको छ । आर्थिक बर्ष २०७२/०७३ सम्म आइपुग्दा विभिन्न ३९ जिल्लामा करिब ६ सय ७५ पुष्प फर्म(नर्सरी)हरु विस्तार भइसकेको एशोसिएशनले जानकारी दिएको छ । झापा, मोरङ र सुनसरीमा मात्रै ४९ पुष्प व्यावसायीहरु छन् । यस्तै, करिब १ सय ४७ हेक्टर क्षेत्रफलमा पुष्प व्यावसाय भइरहेको छ भने ४१ ह्जार भन्दा बढीले प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी पाइराखेका छन् । आर्थिक बर्ष २०७२/०७३ मा १ अर्ब ३४ करोड भन्दा बढीको पुष्पको कारोबार भएको थियो ।


















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे