होली पर्व २०७३(फोटोफिचर)

हिजो अर्थात फागुन ३० गते नेपालको तराई पहाड सबै क्षेत्रमा मानिने पर्व होली धरानमा पनि धुमधामसँग मनाइयो । फागुन २९ गते बिशेष गरी पहाडी क्षेत्रमा होली पर्व मनाइयो भने भोलीपल्ट(३० गते) तराईका जिल्लाहरुमा मनाइयो । रंगहरुको पर्व होलीलाई खुशी, उमंग, सद्भावको पर्वको रुपमा पनि लिइन्छ । अबिर एकापसमा दलेर मनाइने होली पर्वको पौराणिक कथन पनि छ । हिन्दु धर्ममा वर्णित नारायणको भक्त प्रह्लादलाई जलाउने चेष्टा गर्दा राक्षसनी होलीका आफै जलेपछि दुष्कर्म एवं दुष्ट सोच भएको होलिका दहन गरिएको खुशीमा होली पर्व मनाउन थालिको भन्ने पनि कथन छ ।
यसपाली होलीको पुर्वसन्ध्यामा एमालेको मेची महाकाली अभियानलाई सप्तरीमा मधेशी मोर्चाले विथोल्ने प्रयास गर्दा प्रहरीको गोली लागेर ५ जनाले ज्यान गुमाएको घटनाले तराईमा भने होलीको विगतमा जस्तो ठुलो खुशी र उमंग छाउन सकेन । यो घटनाले होलीलाई छाँयामा पारेपनि पुर्णरुपमा रोक्न भने सकेन । सप्तरीमा मधेशी मोर्चाले होली नमनाउने निर्णय गरेपनि अन्य जिल्लामा भने मनाइयो ।
धरानमा पनि भानुचौक, माछा भौडी र धरान ५ स्थित अमान बजारमा धुमधामका साथमा होली पर्व मनाइएको थियो । भानुचौकमा बर्षेनी होलीको अवसरमा कन्सर्ट आयोजना गरिन्छ । यो पटक भने अमान बजारमा मारवाडी सेवा समिति र अमान बजारका पसलहरुले संयुक्तरुपमा होली मनाउने कार्यक्रम आयोजना गरेका थिए । धरानको विभिन्न स्थानमा मनाइएको होलीका तस्बिरहरु ।






















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे