मन्टेश्वरी किन्डरगार्टेनको अभिभावक दिवस, विद्यार्थीहरुद्धारा प्रतिभा प्रस्तुत(फोटोफिचर)

धरान । धरान १६ स्थित मन्टेश्वरी किन्डरगार्टेनका कलिला विद्यार्थीहरुले शनिबार आफुले सिकेको प्रतिभा अभिभावकहरु सामु पस्किए । अभिभावक दिवसको अवसरमा धरान १० स्थित सैनिक भवनमा आयोजित कार्यक्रममा मन्टेश्वरीका साना विद्यार्थीहरुले प्रतिभालाई प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा युकेजी र एक कक्षाका विद्यार्थीहरुले राष्ट्रिय गान गाएका थिए भने एलकेजीका विद्यार्थीहरुले स्वागत गीत गाएका थिए । यस्तै, विभिन्न गीतहरुमा पिजि, नर्सरी, युकेजी, एलकेजीका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने नर्सरीका विद्यार्थीहरुले नर्सरी राइम्स् र वल डान्स प्रस्तुत गरेका थिए । युकेजीका विद्यार्थीहरुले जुम्बा नृत्य पनि प्रस्तुत गरेका थिए । युकेजीका विद्यार्थीहरुले गौतम बुद्धले ज्ञान प्राप्ती गरेको बिषयमा छोटो नाटक मञ्चन गरेर अभिभावकहरुको मन जितेका थिए । कार्यक्रममा फेन्सी ड्रेस, घर बनाउनेलगायत विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो ।
अभिभावक दिवस पारेर बर्ष दिनमा विद्यार्थीहरुको सिकाई तथा प्रतिभालाई प्रस्तुत गरिएको मन्टेश्वरी किन्डरगार्टेन प्रालिका अध्यक्ष गौरवमान श्रेष्ठले बताए । ‘साना नानीहरुको समग्र व्यक्तित्व विकासमा विभिन्न क्रियाकलापहरु गरिएको हुन्छ । उचित आहार विहार र व्यावहार सिकाएको हुन्छ । अभिभावकहरुलाई आफ्ना नानीहरुले बर्ष दिनमा के कस्ता कुराहरु सिके भनेर प्रत्यक्ष देख्न पाउछन्’–उनले भने । प्रालिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं केन्द्रीय प्रविधि क्याम्पसमा सहायक डिन डा.धनबहादुर कार्की, बिशेष अतिथि एवं धरान स्रोत केन्द्र प्रमुख खेमराज सुवेदीलगायतको उपस्थिति थियो । मन्टेश्वरीकी प्रिन्सिपल सुलेखा जोशीका अनुसार प्ले ग्रुपदेखि युकेजीसम्म एक सय २० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । कार्यक्रमको अन्त्यमा प्रिन्सिपल जोशीले अतिथि एवं अभिभावकहरुलाई धन्यवाद मन्तव्य दिएकी थिइन् ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे