विमल पुस्तकालयलाई एक लाखको पुरस्कार

धरान । अढाई दशकदेखि साहित्यिक क्षेत्र एवं पठन सँस्कृतिको विकासमा योगदान पु¥याएको भन्दै धरान १८ स्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले एक लाख नगद राशीसहितको हेमराज पहारी स्मृति पुरस्कार(सम्मान) २०७३ पाएको छ ।
पोखरा ६, वैदामस्थित हेमराज पहारी स्मृति प्रतिष्ठानले मंगलबार पुस्तकालयमा एक कार्यक्रम आयोजना गरी पुस्तकालयलाई सम्मान पत्रसहित नगद पुरस्कार प्रदान गरेको हो । प्रतिष्ठानकी अध्यक्ष रिता न्यौपाने पहारीले कवि विमलका पिता एवं पुस्तकालयका संस्थापक, संरक्षक पुर्णबहादुर गुरुङलाई एक लाखको चेक हस्तान्तरण गरेकी थिइन् भने प्रमुख अतिथि एवं व्यवस्थापिका संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले ताम्रपत्रसहितको सम्मान पत्र प्रदान गरेका थिए । पुरस्कार छनौट समितिका संयोजक फडिन्द्र अकिञ्चनका अनुसार आफ्ना प्रिय सन्तान गुमेपनि उनको सपनालाई साकार बनाउन मातापिताले पुस्तकालयसँगै अक्षयकोष स्थापना गर्नुका साथै राष्ट्रिय कविता महोत्सव गरेर बर्षेनी नवप्रतिभाहरुलाई प्रोत्साहन गरेकोले पुस्तकालयलाई छनौट गरिएको जानकारी दिए ।
होटल व्यावसायसँगै समाजसेवा र साहित्य सृर्जनामा सक्रिय हेमराज पहारीको ०६६ फागुनमा मोटरसाइकलले ठक्कर दिएर मृत्यु भएको थियो । उनको मृत्यु पछि श्रीमति रिता न्यौपाने पहारीले २०६७ सालमा हेमराज पहारी स्मृति प्रतिष्ठान स्थापना गरेकी थिइन् । साहित्यकार पहारीको देशको अभिभारा कविता संग्रह र उत्तरी गोलार्धको एक फन्को नामको नियात्रा संगग्र प्रकाशित छ । शुरुमा अक्षय कोषसमेत स्थापना गरी कला,सँस्कृति एवं साहित्यमा योगदान पु¥याउने व्यक्तिलाई प्रतिष्ठानले पुरस्कृत गरेपनि पछिल्लो समय संस्थालाई सम्मान तथा पुरस्कृत गर्ने परिपाटी शुरु गरेको छ । प्रतिष्ठानले पहिलो बर्ष सँस्कृतिविद् सत्यमोहन जोशीलाई पुरस्कृत गरेको थियो भने दोस्रो बर्ष राप्ती साहित्य परिषदलाई पुरस्कृत गरेको थियो । ‘पहिलो बर्ष सत्यमोहन जोशीलाई पुरस्कार प्रदान ग¥यौं । पछि अलिक फरक तरिकाले जानुपर्छ भन्ने ठानेर संस्थागतरुपमा पुरस्कार दिने थालनी ग¥यौं । दोस्रो पटक राप्ती साहित्य परिषदलाई दियौं, र यो पटक विमल स्मृति पुस्तकालयलाई पुस्कार दिदैछौं’–प्रतिष्ठानका सदस्य हरि पन्तले भने ।
पुरस्कृत संस्था(पुस्तकालय) धरान १८ स्थित बुद्धचोकमा अवस्थित छ । यो पुस्तकाल कवि विमल गुरुङको स्मृतिमा उनका पिता पुर्व गोर्खा सैनिक पुर्णबहादुर र स्वर्गीय माता सरस्वती गुरुङले स्थापना गरेका हुन् । किसोर उमेरमै सशक्त एवं प्रगतिशिल कविताहरु सृर्जना गरेका कवि विमलको १९ बर्षको कलिलो उमेरमै २०४८ सालमा दुर्घटनामा परी मृत्यु भएको थियो । एक मात्र छोराको मृत्यु पछि उनका माता पिताले कवि विमलको अधुरो सपना साकार बनाउन पुस्तकालय स्थापना गरी आफुलाई आजिवन साहित्य सेवामा समर्पित गरेका थिए । पुस्तकालयमा हजारौं पुस्तक संग्रहित छन् । पुस्तकालयले बर्षेनी राष्ट्रिय युवा कविता महोत्सव आयोजना गरी युवा कवि,साहित्यकारलाई पुरस्कृत गर्छ भने साहित्य र समाज सेवा गर्ने व्यक्तित्वलाई अभिनन्दन पनि गर्छ । गत बर्षदेखि विमलका बुबाले ५० लाखको अक्षय कोषसमेत स्थापना गरेका छन् ।
पुस्तकालका संस्थापक एवं विमलका पिता पुर्णबहादुरले पुरस्कारको सदुपयोग गर्ने प्रतिवद्धता जनाए । सांसद एवं युवा नेता रविन्द्र अधिकारीले साहित्यको भुगोल र सिमाना नहुने धारणा राख्दै संस्था पुरस्कृत हुँदा संस्थागत विकास हुने बताए । अर्का सांसद कृष्णकुमार राईले पुस्तकालय पुरस्कृत हुनु धरानेहरुको लागि प्रेरणा भएको बताउदै सबैले आआफ्नो क्षेत्रमा योगदान दिनुपर्ने धारणा व्यक्त गरे । भाषाविद् डा.टंक न्यौपानेले संस्थाले पुरस्कार पाउनु भनेको लेखक, पाठक सबैले पाउनु भएको बताए । कार्यक्रममा साहित्यकार अनिल पौडेलले हेमराज पहारीको संक्षिप्त जीवनीबारे जानकारी गराएका थिए भने साहित्यकार टिका आत्रेयले पहारीको एउटा कविता पाठ गरेकी थिइन् ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे