स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन अनुसन्धान

धरान । प्राथमिक तहमा नै सबै प्रकारका सर्ने तथा नसर्ने रोगहरुको प्रभावकारी उपचार एवं स्वास्थ्य सेवा उपलब्ध गराउन नीतिगतरुपमा सुधार गर्न नेपालमा अध्ययन शुरु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनले स्वास्थ्य सेवामा सुधारको लागि यो अनुसन्धान शुरु गरेको हो ।
कम्युनिटी हेल्थ सिस्टम इन्नोभेसन, कोहेसन नाम दिइएको यो अनुसन्धानको नेतृत्व भने अन्र्तराष्ट्रियरुपमा जेनेभा युर्निभरसिटि हस्पिटल र युनिभरसिटि अफ जेनेभाले गरेको छ । अनुसन्धानमा स्विटजरल्याण्ड, मोजाम्बिक, पेरु र नेपालका अनुसन्धानकर्ताहरु एकजुट भई काम गर्नेछन् । नेपालमा भने कोहेसनको नेतृत्व प्रतिष्ठानस्थित पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रमुख डा.निलाम्बर झाले गरेका छन् । उनीसँगै मुटु तथा मृगौला रोग विशेषज्ञ डा.सञ्जिव शर्मा र डा.सुमनबहादर सिंह पनि यो अनुसन्धानमा संलग्न छन् । डा.शर्मा नसर्ने रोगबारे र डा.सिंह सर्ने रोगबारे केन्द्रीत भई अनुसन्धान गर्नेछन् ।
डा.झाका अनुसार ३ बर्षको अनुसन्धान अवधि रहेको छ । जसअन्र्तगत नसर्ने रोगमा मधुमेह, उच्चरक्तचाप र सरुवा रोगमा कुष्ठरोगले प्रभावित तथा अतिजोखिममा परेका व्यक्तिहरुको स्वास्थ्य सेवा र अवस्था सुधार गर्न लक्षित गर्न अनुसन्धान पहिलो चरणमा केन्द्रीत हुनेछ । अनुसन्धानले सर्ने(सरुवा) र नसर्ने रोगहरुको प्राथमिक स्वास्थ्य केन्द्रहरुमा भइरहेको उपचार पद्दतीसँगै व्यावधानहरुको गहिरोसँगले अनुसन्धान गर्नेछ । जसले स्वास्थ्य सेवालाई नीतिगतरुपमा नै सुधार गर्न मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ । अनुसन्धानको लागि सुनसरीको इटहरी उपमहानगरपालिका र झापाको बनियानी गाविसलाई छनौट गरिएको छ । बनियानी गाविस दुर्गमका साथै पुर्वमै सबैभन्दा बढी कुष्ठरोगी भएको स्थान पनि हो । इटहरीमा नसर्ने रोग(मधुमेह र उच्च रक्तचाप)को अध्ययन हुनेछ । ‘प्राथमिक उपचार केन्द्रहरुमा सर्ने रोगहरुको उपचार स्थापित छ, तर नसर्ने रोगहरुको शुरु मात्रै भएको छ’–अनुसन्धानको नेतृत्व गरिरहेका डा.झाले भने–‘नसर्ने रोगहरु बढ्दै गएको छ, त्यसैले यो अनुसन्धान पछि सरकारलाई भन्न सकौं कि नसर्ने रोगहरुको उपचार प्राथमिकतहमै गर्ने बेला भइसक्यो, अब ल्याब राख्ने र उचापर गर्ने सुविधा हुनुपर्छ ।’
अनुसन्धानमा संलग्न वरिष्ठ चिकित्सक डा. सञ्जिव शर्माका अनुसार टाउको दुख्दा पनि बीपी प्रतिष्ठान जस्ता ठुला अस्पतालमै उपचार गराउन आउनुपर्ने कारणको खोजी र त्यसको समाधान गर्नलाई नीतिगतरुपमा नै सुधार गर्नुपर्ने गरि अनुसन्धानले नयाँ तथ्य उजागर गरिने बताए । उनका अनुसार प्राथमिकत स्वास्थ्य केन्द्रमा विरामी उपचार गराउन जान्छन् कि जादैनन् ? केन्द्रमा उपचार गर्न जान केले बाधा पु¥याउछ ? भनेर अनुसन्धान गरिनेछ । साथै, यो अनुसन्धानले स्वास्थ्य सेवालाई घरदैलोमा पु¥याउन सरकारलाई नीतिगत सुधारको लागि सुझावसमेत दिनेछ । ‘नेपालको स्वास्थ्य सेवा भर्टिकल सिस्टममा छ, दुईटा रोग छ भने मिलाएर उपचार हुदैन, एउटाको उपचारमा मात्रै केन्द्रीत हुन्छौं । यो अनुसन्धानले प्राथमिक तहबाटै समष्टिगतरुपमा स्वास्थ्य सेवालाई कसरी प्रभावकारी गराउने भनेर पनि नीतिगतरुपमा नै मार्गनिर्देशन गर्नेछ’–डा. शर्माले भने ।
अर्का अनुसन्धानकर्ता डा.सिंहका अनुसार तथ्यांक संकलन, लिटरेचर रिभ्युदेखि समुदायस्तरमा अन्र्तक्रिया, जिल्ला क्षेत्रीयस्तरमा पनि तथ्यांक, छलफल र विश्लेषण गरी रिपोर्ट तार गरिनेछ । यो रिपोर्टले नेपालको स्वास्थ्य नीतिमा नै सुधारको लागि प्रभावकारी हुने पनि डा.सिंहले बताए । ‘यस्तै अनुसन्धानले वास्तविक समस्याको पहिचान हुन्छ, र समाधान पनि देखिन्छ । नीतिगत समस्या, र ग्यापको पहिचान भएपछि नीगित र व्यावरिकरुपमा नै परिवर्तन भएका थुप्रै उदाहरणहरु छन्’–डा. सिंहले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे