श्रमिक महिला दिवसमा दुई महिला सम्मानित(फोटोफिचर)

धरान । १ सय ७ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार धरानमा आयोजित कार्यक्रममा साथी अवार्ड र उद्यमी महिला सम्मानबाट दुई महिला सम्मानित भएका छन् । महिला सञ्जाल धरानले साथी अवार्डबाट धरान १५ की हेमा थलङ र उद्यमी महिला सम्मानबाट पुर्णकला(डम्बरकुमारी) मास्केलाई सम्मान गरेको हो ।
भानुचौकमा आयोजित भव्य समारोहमा दुवै महिलालाई आयोजक संस्थाकी अध्यक्ष शिला बज्रचार्य, प्रमुख अतिथि एवं नेतृ धर्मशिला चापागाई, कार्यक्रम संयोजक सपना राईलगायतले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेका थिए । साथी अवार्डले सम्मानित थलङ धरान उपमहानगरपालिकाकी समाजिक विकास शाखामा महिला डेस्क प्रमुख हुन् । उनलाई महिला सशक्तिकरण, क्षमता विकास तथा नेतृत्व विकासमा सहयोगी भुमिका निर्वाह गरेकोले साथी अवार्ड प्रदान गरेको सञ्जालले जनाएको छ ।
यस्तै, उद्यमी महिला सम्मान पाउने मास्के धरान ७ स्थित डिप्लोमा ह्याण्डिक्रया्फट तालिम केन्द्रकी सञ्चालिका हुन् । दाहिने खुट्टा पोलियोले सुकाएर अपांगताको सिकार भएर पनि उनले सयौंलाई निःशुल्क सिपमुलक तालिम दिलाएर आत्मनिर्भर बनाएकी छिन् । उनको तालिम केन्द्रबाट ५ हजार भन्दा बढीलाई सिपमुलक तालिम लिइसकेको छ भने सयौंले प्रशिक्षककोरुपमा रोजगारी पाएको छ । तालिम लिएकाहरुलाई समुह गठन गरेर आत्मनिर्भर एवं व्यावसायी बनाउन उनी सक्रिय छिन् । ती समुहले वचत गर्ने तथा समुहले उत्पादन गरेको सामाग्रीलाई उनले बिक्री गरिदिने गरेकी छिन् ।
....................

             ‘महिला उम्मेदवार जिताऔं’

धरान । नेपालको संविधानले स्थानीय, प्रदेश र संघको निर्वाचनमा ठुलो संख्यामा महिलाको प्रतिनिधित्व गराउने व्यवस्था गरेकोमा स्वागत गर्दै महिला नेतृहरुले अबको स्थानीय निकायको निर्वाचनमा महिला उम्मेद्वारलाई जिताउन आह्वान गरेका छन् ।
महिला सञ्जाल धरानद्धारा १ सय ७ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार धरानको भानुचौकमा आयोजित खुला सभा तथा सम्मान कार्यक्रममा महिला नेतृहरुले यस्तो आह्वान गरेका हुन् । यद्यपी उनीहरुले संविधानले महिलाहरुलाई उम्मेदवार बन्न मात्रै सुनिश्चित गरेको तर चुनावमा जित्ने आधारहरु भने तयार नभएको टिप्पणी पनि गरेका छन् । पुर्व स्वास्थ्य राज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ धर्मशिला चापागाईले पुरुष मानसिकताबाट महिलाले जित्नुपर्छ भन्ने नभएकोले महिला आन्दोलन त्यो मानसिकताविरुद्ध केन्द्रीत हुनुपर्ने बताइन् । महिलाहरु आर्थिकरुपमा अधिकार सम्पन्न नभएसम्म चुनावमा खर्च गर्न नसक्ने र जित्न पनि नसक्ने उनको भनाई थियो । ‘संविधानले उम्मेदर बन्न मात्रै सुनिश्चित गरेको छ, प्रतिस्पर्धा गराएर जिताउन होइन । महिलाहरु अहिले पनि आर्थिकरुपमा पुरुष वा श्रीमानसँग निर्भर छन् । यस्तो अवस्थामा चुनावमा लाग्ने खर्च महिलाले गर्न सक्दैन र चुनाव जित्दैन’–नेतृ चापागाईले भनिन्–‘नेपालका पार्टीहरुको नेतृत्वमा पुरुष छन्, पुरुष मानसिकताबाट महिलाले जित्नुपर्छ भन्ने भएन, हाम्रो लडाई त्यहाँ हो ।’
चुनावमा उम्मेदरवारले खर्च धेरै गर्दा पछि देशमा भ्रष्टचार बढ्ने भन्दै नेतृ चापागाईले उम्मेदवारहरुलाई घरकै ढिडो र गुन्द्रुक खाएर पारदर्शीरुपमा इमान्दार महिला उम्मेद्वारलाई जिताउन आह्वान गरिन् । ‘नेताहरु बैशाख ३० मा जसरी पनि चुनाव गर्नुस्, यो चुनाव दासत्वमा बाँचिरहेका महिलाहरुलाई मान्छे बनाउने अवसर हो । तपाईहरुले चुनाव नगर्ने हो र महिलालाई मान्छे बन्ने मौका नदिने हो भने अब हामी तपाईहरुको पछि लाग्ने छैनौं’–नेतृ चापागाईले चेतावनी दिदै भनिन्–‘अब हामी घरभित्र मारिने पशु होइनौं, बोक्सी होइनौं, कोठीमा बेचिने होइनौं, एक्काइसौ सताब्दीको सम्मानित मान्छे हुनचाहन्छौं ।’ सप्तरी घटनाप्रति दुःख व्यक्त गर्दै नेतृ चापागाईले राजनैतिक दलहरुलाई मिल्न र देशमा शान्ति कायम राख्न पनि आग्रह गरिन् । मुलुक द्धन्द र हिंसामा फस्दा प्रत्यक्ष महिला र बालबालिका मारमा पर्ने भन्दै उनले महिला अधिकारको लागि सबै महिलाहरु एकजुट हुनुपर्ने बताइन् ।
नेपाल महिला संघकी जिल्ला सभापति विजय कटवालले उच्च पदमा केही महिला पुग्दैमा सबै महिलाहरु अधिकार सम्पन्न नहुने धारणा राख्दै स्थानीय तहको निर्वाचनमा महत्वपुर्ण पदमा महिलालाई उम्मेद्वार बनाएर जिताउन पार्टीहरुलाई आग्रह गरिन् । ‘जुनसुकै पार्टीमा भएपनि महिलाहरुले आवाज उठाउनुपर्छ, र मेयर पदमा महिलालाई जिताएर देखाउनुपर्छ’–उनले भनिन् । सुनसरी क्षेत्र नं १ का सांसद कृष्णकुमार राईले पछाडि पारिएको समुदाय, वर्ग र क्षेत्रलाई अघि नबढाएसम्म सिंगो समाज अघि बढ्न नसक्ने धारणा राखे । नेपालको राजनीतिले पछाडि परेको समाजलाई अघि बढाउन प्रयास गरिरहेको भन्दै उनले जागरण र सशक्तिकरणको लागि महिलाहरु आफै जागरुक हुनुपर्ने बताए । माओवादी केन्द्रकी नेतृ एवं पोलिटब्युरो सदस्य शारदा पोख्रेलले महिलाहरुले अभैm पनि पुर्णरुपमा अधिकार नपाएको धारणा राख्दै सम्पुर्ण महिलाहरु एक ठाउमा उभिएर आगामी निर्वाचनलाई महिलामुखी बनाउन आग्रह गरिन् । ‘महिला राष्ट्रपति, सभामुख, प्रधान्यायाधिभ हुदैमा सबैले अधिकार पाएका छैनन् । अभैm हामी महिलाहरु एक ठाउँमा उभिन आवश्यक छ । अबको चुनावमा हार्ने ठाउँमा होइन, जित्ने गरी महिला उठाएर जिताउनु पनि पर्छ’–उनले भनिन् ।






















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे