तिमी बिना..को म्युजिक भिडियो सार्वजनिक

धरान । भोजपुरको दिङ्ला घर भएका नवोदित गायक सुजन रसाइली ‘रोजाई’ नामको आप्mनो पहिलो गिती एल्वमको तयारीमा छन् । काठमाण्डौं बसेर एल्वमको तयारी गरिरहेका गायक रसाइलीले सोमबार भने उक्त एल्वममा समावेश गर्न लागेको तिमी बिना...बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरे ।
धरानमा आयोजित एक कार्यक्रममा मिस कोसी क्वीन २०१५ की सेकेण्ड रनरअप एवं कलाकार मिरा धमलाले ल्यापटपमा क्लिक गरेर रसाइलीको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । पप आधुनिक शैलीको गीतको म्युजिक भिडियोमा गायक रसाइली स्वयमको अभिनय छ भने नायिका बर्षा सिवाकोटीको पनि अभिनय छ । उक्त म्युजिक भिडियोको निर्देशन तथा सम्पादन विज्ञान राईले गरेका छन् । चर्चित गायक कमल खत्रीले गीतको शब्द लेखेका हुन् भने संगीत पनि उनैले भरेका छन् । संगीत संयोजन भने गोपाल रसाइलीले गरेका छन् ।
‘यो गीत रोजाई एल्वममा समावेश गर्नेछुँ, मेरो आफ्नै पनि म्युजिक भिडियोमा अभिनय छ । दर्शक स्रोताले मन पराइदिनुहुनेछ भन्ने अपेक्षा लिएको छुँ’–म्युजिक भिडियो सार्वजनिक गर्दै गायक रसाइलीले भने । उनका अनुसार रोजाई एल्मब अबको २ महिनाभित्र बजारमा ल्याउने तयारी छ । कुल ५ वटा गीत समावेश हुने एल्वमको ३ वटा गीत भने रेकर्ड भइसकेको गायक रसाइलीले बताए । रेकर्ड भएका तीन मध्ये तिमी विना बोलको मात्र म्युजिक भिडियो निर्माण भएको हो । त्यसमा डेढ लाख खर्च भएको पनि उनले जानकारी दिए । अध्ययन र संगीत सिक्ने उद्देश्यले उनी २०६८ सालदेखि काठमाण्डौंमा छन् । बिबिएस अध्ययन सकेका रसाइलीले अनुराज संगीत विद्यालयबाट संगीत प्रशिक्षण लिइरहेका छन् । सबै प्रकारको गीत मन पराए पनि उनी पप गीत, संगीत गाउन मन पराउछन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे