चतरामा हनुमान जयन्ती महोत्सव हुने

धरान । राम नवमी र हनुमान जयन्तीको अवसरमा जगदगुरु श्री रामानन्दाचार्य सेवापीठ चतराले १५ दिन लामो महोत्सव आयोजना गर्ने भएको छ । सेवापीठले बिहिबार चतरामा पत्रकार सम्मेलन गरी चैत्र १५ देखि २९ गतेसम्म रामनवमी तथा हनुमान जयन्ती महोत्सव गर्ने जानकारी दिएको हो ।
महोत्सवमा सिद्ध महायोगको विशेष साधना र एकसय ८ विज्ञहरुबाट दैनिकरुपमा रामायणको पाठपारायण तथा कथा प्रवचन हुने आयोजकले जनाएको छ । सेवापीठका संस्थापक संरक्षक कृष्णदासजी महाराजका अनुसार नवरात्रका अवसरमा महायोगको समाधिमय साधना सम्पन्न गर्ने कार्यको निरन्तरता पनि हुनेछ । यस पटक उनले महोत्सवको समयमा आध्यात्मिक खण्ड समाधि लिने बताए । नौं दिनसम्म खण्ड समाधिमा रहदा २४ घण्टामा एक घण्टा समाधिबाट बाहिर निस्केर दर्शनार्थीहरुलाई दर्शन दिइने उनले खुलाए ।
आयोजकका अनुसार महोत्सवमा सेवापीठका देश विदेशका शाखाहरुबाट ६ सय जना सहभागी हुनेछन् । सेवापीठको २४ जिल्लामा ८४ वटा केन्द्र छ भने भारत, अमेरिका क्यानाडा, वेलायतबाट महोत्सवमा सहभागीहरु आउनेछन् । महोत्सवमा १५ गते देखि प्रत्येक दिन बिहान ५ बजे देखि ८ बजे सम्म महायोग साधना तथा मन्त्रजप हुनेछ भने ९ देखि १२ बजेसम्म १ सय ८ विद्धानबाट रामायण पाठपारायण र दिउँसो २ देखि ५ बजेसम्म रामायण कथाप्रवचन तथा सत्सङग हुनेछ । यस्तै, साँझ ६ बजे देखि ९ बजेसम्म स्वामी गोविन्दराम दासजीबाट महायोग साधना विशेष प्रशिक्षण, चैत्र २३ गते रामनवमी विशेष महोत्सव तथा रामार्चन, २४ गते देखि २९ गतेसम्म संकटमोचन हनुमन यज्ञ र २९ गते पुर्णाहुति तथा विशेष प्रसाद वितरण कार्यक्रम रहेको सेवापीठका अध्यक्ष गणेश सुब्बाले बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे