फेशन र जुम्बाको फ्युजन(फोटोफिचर)

धरान । आफ्नो शरीरलाई फिट राख्न नसके जति नै फेशन गरेपनि आकर्षक हुदैन । त्यसैले अधिकांश धराने युवतीहरु नियमितरुपमा जुम्बा(फिटनेस सेन्टर) धाउने गरेका छन् । फेशन र फिटनेस सुन्दरताको परिपुरक हुन् । यही सन्देश दिदै शुक्रबार साँझ धरान १५ स्थित होटल इजी राइडरमा जेएस फिटनेश एण्ड फेशन शो आयोजना भयो ।
¥याम्पमा श्रद्धा स्टोरले डिजाइन गरेको पहिरनमा मोडलहरु मात्रै क्याटवक गरेनन्, झुनाज फिटनेस धाउने युवतीहरुले जुम्बा नृत्य प्रस्तुत गरे । त्यति मात्र कहाँ हो र, युवतीहरुले पनि ¥याम्पमा मोडल झै क्याटवक गरेर आफुहरु जुम्बाको कारण सुन्दर र फिट रहेको सन्देश पनि दिए । फेशन शो आयोजना भइरहने धरानमा फेशन र जुम्बाको फ्युजनसहित नौलो कार्यक्रमले धेरैको मन जित्यो ।
स्वस्थ्य र सुन्दर धरान नारा दिएको फिटनेस एण्ड फेशन शो श्रद्धा स्टोरको आयोजना तथा झुनाज फिटनेसको संयोजनमा भएको यो तेस्रो सँस्करण हो । विगतमा भने फेशन शो मात्र हुदै आएको थियो । यसपटक भने आकर्षक जुम्बा नृत्यको प्रस्तुती र फिटनेस पहिरनमा क्याटवाक पनि भयो । कार्यक्रम संयोजक झुना राईले भनिन्–‘फेशन र फिटनेस परिपुरक हुन्, सुन्दर देखिन फेसन गर्दैमा मात्र हुदैन, फिटनेस पनि हुनुपर्छ भन्ने हामी सन्देश दिन चाहेका हौं ।’
फेसन शोमा नेपालकै चर्चित नायक तथा मोडल आयुष्मान जोशी बिशेष आकर्षण थिए । उनी फेशन शोको अन्त्यमा शेरवानी पहिरनमा क्याटवक गर्दा धराने युवतीहरु भुतुक्कै भए । मोडलहरु श्रद्धा स्टोरकी प्रोपाइटर एवं डिजाइनर सिमा तोडीले तयार पारेको सारी, लेहेङ्गा र कुर्ता पहिरनमा ¥याम्पमा उत्रिए । मिस एसएलसी २०१४ की विजेता रिया बजाजले उद्घोषण गरेको कार्यक्रममा फस्ट रनरअप रोसिमा राई, नायिका तथा मोडल प्रेशिका निरौला, मोडल कञ्चन पोख्रेलसहित ११ जना मोडलहरु क्याटवक गरेका थिए । अन्य मोडलहरुमा सुबिना चौधरी, सृष्टि श्रेष्ठ, एलिसा श्रेष्ठ, इसारा थापा मगर, प्रिया मोक्तान, अकृत्ति गुरुङ, सरिना गुरुङ र दिपिका लिम्बु थिइन् । फेशन शोको कोरियोग्राफ र इभेन्ट डिजाइन ¥याम्प वक मोडलिङ एजेन्सीका डिजे ललितले गरेका थिए भने मोडलहरुलाई डेजी नेल आर्ट मेकअप स्टुडियोकी तरुना राईले सिंगारेकी थिइन् ।






















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे