धरानमा फिटनेस एण्ड फेशन शो हुने

धरान । फिटनेस र फेशनको माध्यमबाट धरानलाई चिनाउन तथा व्यावसायिकरण गर्ने उद्देश्यले धरानमा चैत दोस्रो साता जेएस फिटनेस एण्ड फोशन शो हुने भएको छ । स्वस्थ्य र सुन्दर धरान नारा दिएको उक्त कार्यक्रम चैत ११ गते धरान १५ बाँझगारस्थित होटल इजी राइडर्सको हलमा आयोजना हुनेछ ।
श्रद्धा स्टोरको आयोजना तथा झुनाज फिटनेसको संयोजनमा धरानमा तेस्रो पटक यो कार्यक्रम हुन लागेको हो । विगतमा फेशन शो मात्र हुदै आएपनि यसपटक फरक तरिकाले कार्यक्रममा आकर्षक जुम्बा नृत्यको प्रस्तुतीसँगै जुनाज फिटनेसले फिटनेस पहिरनमा वाक गर्दै सुन्दरताको लागि स्वास्थ्य आवश्यक रहेको सन्देश दिइने आयोजकले जनाएको छ । ‘यो फेसन शो विगतको भन्दा फरक हुन्छ, किनभने मोडलहरु मात्र क्याटवक गर्दैनन्, जुम्बाको प्रस्तुती हुन्छ र फिटनेस पहिरनमा वाक पनि हुन्छ’–कार्यक्रम संयोजक झुना राईले भनिन्–‘फेशन र फिटनेस परिपुरक हुन्, सुन्दर देखिन फेसन गर्दैमा हुदैन, फिटनेस पनि हुनुपर्छ भन्ने हामी सन्देश दिन चाहन्छौं ।’
फेसन शोमा नेपालकै चर्चित नायक तथा मोडल आयुष्मान जोशीको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । मोडलिङ तथा ग्ल्यामर क्षेत्रमा करिअर बनाउने मोडलहरुलाई व्यावसायिक बनाउन शोमा सहभागी मोडल, कोरियोग्राफर र कलाकारहरु सबैलाई पारिश्रमिक दिइने आयोजकले जनाएको छ । शोमा मिस एसएलसी २०१४ की विजेता रिया बजाज कार्यक्रम उद्घोषण गर्नेछिन् भने फस्ट रनरअप रोसिमा राई, नायिका तथा मोडल प्रेशिका निरौला, मोडल कञ्चन पोख्रेलसहित ११ जना मोडलहरु ¥याम्पमा उत्रनेछन् । अन्य ८ जना मोडलहरुको शनिबार अडिशनमार्फत छनौट गरिने संयोजक राईले बताइन् । ती मोडलहरु फेशन डिजाइनर एवं श्रद्धा स्टोरकी सञ्चालिका सिमा तोडीले डिजाइन गरेका पहिरनमा ¥याम्पमा उत्रनेछन् । तोडिका अनुसार मोडलहरु कुर्ता, लेहेङ्गा र सारीमा ¥याम्प वक गर्नेछन् ।
फेशन शोको कोरियोग्राफर डिजे ललित हुनेछन् भने मेकअप आर्ट तरुना राईले गर्नेछिन् । आफ्नो व्यापार(फेशन डिजाइन र फिटनेस)को प्रर्वद्धनसँगै स्थानीय मोडलहरुलाई अघि बढ्ने अवसर प्रदान गर्न फेशन शो आयोजना गरिएको तोडीको भनाई थियो । कसैको प्रायोजनविना आफ्नै खर्चमा फेशन शो हुन लागेको आयोजकको भनाई छ । ‘हाम्रो आफ्नै खर्चमा आयोजना गरेका हौं, तरपनि प्रत्येक मोडलहरुलाई पेमेन्ट गछौं’–तोडीले भनिन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे