राईमनको मनन एल्बम विमोचन

धरान । युवा गायक राईमन राईले आफ्नो पहिलो एकल गिती एल्वम ‘मनन’ बजारमा ल्याएका छन् । शनिबार किरात राई यायोक्खाको यलम्बर भवनमा एक समारोहबीच राईको एल्वमको विमोचन गरिएको थियो । भोजपुर सुनसरी सेवा समाजद्धारा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं प्राज्ञ राम धामी, समाजका अध्यक्ष नन्दबहादुर श्रेष्ठ र गायक राईले संयुक्तरुपमा एल्वमको विमोचन गरेका थिए ।
जन्मथलो भोजपुर भएपनि राईले करिब डेढ दशकदेखि धरानलाई आफ्नो कर्मथलो बनाएका छन् । मनन उनको एकल स्वर भएको पहिलो एल्वम भएपनि २०६० सालमा अजय राईसँग मिक्स नामको संयुक्त एल्वम निकालिसकेका थिए । साथै, कलरव धरानको आयोजनामा उनको अनप्लग एकल साँझ पनि आयोजना भइसकेको छ । शनिबार विमाचित एल्वममा ६ वटा गीतहरु समावेश गरिएको छ । पप, लोकका साथै माया, प्रेम र प्रकृतिका गीतहरु नयाँ एल्वममा रहेको गायक राईको भनाई छ । एल्बममा माया तिमी.., कति टिप्छौं.., ध्वजेको शिर.., म त तिमीसँग.., सागर बीच..र आँखामा..बोलको गीत समावेश छ । ती गीतहरुमध्ये माया तिमी र म त तिमीसँग बोलको गीत गायक आफैले रचना गरेका हुन् भने कति टिप्छौ बोलको रचना वीरेन्द्र राई, ध्वजेको शिर बोलको गीत राजेश बिद्रोही, सागर बीच बोलको गीत कमानसिंह राई र आँखामा बोलको गीत राजेश दवाछाले रचना गरेका हुन् । सागर बीच बोलको गीतमा जीवन राईले र आँखामा बोलको गीतमा राजेश दवाछाले संगीत भरेका छन् भने अन्य ४ गीतमा गायक स्वयमले संगीत भरेका छन् ।
गायक राईका अनुसार एल्वम तयार गर्न साढे ४ लाख रुपैया खर्च भएको छ । एल्बमको प्रोमो गीत माया तिमीलाई..को म्युजिक भिडियोसमेत तयार भइसकेको उनले जानकारी दिए । ‘म सानै उमेरदेखि गीत गाउन थालेको थिए । धरानमै बसेर सांगीतिक क्षेत्रमा क्रियासिल भएको १४, १५ बर्ष भइसक्यो’–उनले भने–‘पहिलो सोलो एल्वम निकालेको छु, सबैले मन पराइदिनुहुन्छ भन्ने आशा छ ।’ उनी गायनसँगै रचना र संगीत भर्न पनि पोख्त छन् । एल्वम विमोचन कार्यक्रममा प्राज्ञ राम धामी, गायिका हर्षु राई, कवि सुदिप पाख्रिन, किरात देवान समाजका केन्द्रीय अध्यक्ष भिम देवानलगायतले शुभकामना दिएका थिए ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे