धरानमा महानन्द सापकोटाको सालिक बन्ने


धरान । भाषाशास्त्री एवं कवि स्वर्गीय महानन्द सापकोटाको धरानमा सालिक बन्ने भएको छ । धरान४ स्थित महानन्द मार्गमा स्थानीयले सालिक बनाउन लागेका हुन् । शनिबार धरान ४ स्थित सगरमाथा कलेजमा भएको एक छलफलले भाषाशास्त्री सापकोटाको उच्च सम्मान गर्दै सो स्थानमा सालिक निर्माण गर्ने निर्णय गरेको स्थानीय एवं धरानका साहित्यकारहरुले जनाएका छन् ।
महानन्द सापकोटा प्रतिष्ठान तथा शालिक निर्माणका लागि प्रा. डा. गोपाल भण्डारीको अध्यक्षतामा एक तदर्थ समिति समेत गठन भएको छ । समितिको उपाध्यक्ष वीरेन्द्रसिंह थापा, महासचिवमा विष्णु बराल, कोषाध्यक्ष रोशन अधिकारी र सदस्यहरुमा मदन ढकाल, राजेन्द्र खतिवडा, नविन ®ेग्मी छन् । यस्तै, सल्लाहकारहरुमा राजकुमार कार्की, भीष्म काफ्ले, वेणु आचार्य, ईन्द्रप्रसाद ढकाल र भवानी ढकाल रहेको महासचिव बरालले जानकारी दिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे