एलिसा भइन् मिस एसएलसी २०१५(फोटोफिचर)


धरान । अरनिको बोर्डिङ स्कुल धरानबाट एसएलसी परीक्षा दिएर बसेकी १६ बर्षीय एलिसा लिम्बूले टेष्टी टेष्टी मिस एसएलसी २०१५ को ताज पहिरिएकी छिन् । शुक्रबार राती सम्पन्न फाइनलमा अन्य १७ प्रतिस्पर्धीभन्दा आफुलाई अब्बल सावित गर्दै उनले दोस्रो मिस एसएलसीको ताज पहिरिन सफल भइन् ।
यसैगरि, स्पर्धामा नेहा श्रेष्ठ फष्ट रनरअप भइन् भने सुदिक्षा श्रेष्ठ सेकेण्ड रनरअप भइन् । उनीहरुलाई गत सँस्करणकी उपाधि विजेता रिया बजाज, फष्ट रनरअप रोशिमा राई र सेकेण्ड रनरअप संगीता राईले ताज पहिराइदिएका थिए । विजेता एलिसाले ताजसँगै नगद ३० हजार र ट्रफी हात पारिन् । साथै, उनले डिपोट उच्चमाविमा प्ल टु अध्ययनमा पुर्ण छात्रवृत्ति पनि पाएकी छिन् । यस्तै, फष्ट रनरअप नेहाले नगद २५ हजार र सेकेण्ड रनरअपले नगद २० हजार पाइन् । दुवैलाई डिपोटमा प्लस टु अध्ययन गर्न ५० प्रतिशत छात्रवृत्ति पनि पाउने आयोजकले जनाएको छ । अठाह्र प्रतिस्पर्धीमध्ये उत्कृष्ट १०, उत्कृष्ट ५ छनौट गर्दै उपाधि विजेताको चयन गरिएको थियो ।
प्रतियोगितामा विजेता एलिसाले वेष्ट ड्रेसको अवार्ड पनि जितिन् भने कृपा श्रेष्ठले मिस फोटोजेनिक र नगद ५ हजारसहित मिस पपुलरको अवार्ड जितिन् । यस्तै, ज्योति बस्नेतले मिस ट्यालेण्ड, मिस ब्युटिफुलको अवार्ड हिना लिम्बू, मिस फ्रेण्डसिपको अवार्ड हाङमा लिम्बूले जितिन् भने मिस एक्टिवको अवार्ड अञ्जना तामाङले जितिन् । प्रतिस्पर्धी अजिता केसीले मिस क्याटवक र मिस पर्सनालिटीको अवार्ड थापिन् । एसएलसी परीक्षा दिएर बसेका छात्राहरुलाई रिजल्ट नआएसम्मको खाली समयमा विभिन्न तालिम दिएर सदुपयोग गर्ने र अन्तरनिहित क्षमतामा निखार ल्याउने उद्देश्यले गत बर्षदेखि धरान जेसिजले मिस एसएलसी आयोजना गर्दै आएको छ । फाइनलमा चर्चित गायक एपि शेर्पासँगै नवोदित कलाकार अञ्जु राई, दृष्टिविहिन ११ बर्षीय गगन आले मगर, १० बर्षीय साबेला चाम्लिङले पनि गीत गाएकी थिइन् ।




















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे