तीघ्रामा लागुऔषध बाँधेर ल्याउने दुई पक्राउ


धरान । तीघ्रामा बाँधेर लागुपदार्थ ल्याउदै गरेको अवस्थामा धरान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । सुराकीको आधारमा धरान ८ स्थित तीनकुने चेकपोष्टमा सवारीसाधान चेकजाँच गर्दा सोमबार ती युवा लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । ्
पक्राउ पर्नेमा धरान ८ का २२ बर्षीय सन्तोष बिक र धरान ११ का १५ बर्षीय विनय बिक रहेका छन् । दुवै जना विराटनगरबाट धरान आउदै गरेको माइक्रोमा थिए । अपराध न्युनीकरण गर्न इलाका प्रहरी कार्यालयले सोमबारबाट शुरु गरेको ‘एम्बुस’ रणनीतिअनुसार पक्राउ परेको जनाएको छ । क्षेत्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालयलको बिशेष सुराकीको आधारमा दुवै जना पक्राउ परेको सई लक्ष्मण गिरीले जानकारी दिए । चेकजाँचको क्रममा दुवैले तीघ्रामा लागुऔषध बाँधेको फेला परेको उनले बताए । ‘आजैदेखि इलाका प्रहरी कार्यालयले अपराध न्युनीकरण गर्न एम्बुस रणनीति अपनाएका छौं, यो त्यही योजनाअनुसार समातिएको हो’–सई गिरीले भने ।
प्रहरीका अनुसार दुवैको साथबाट ३० सेट लागुऔषध वरामद भएको छ । त्यसमा डाइजिपाम ३०, एभिल ३० र नेरोजेसिक ३० थान रहेको सई गिरीले बताए । पक्राउ परेका मध्ये सन्तोषले बिक्री गर्ने उद्देश्यले ल्याएको र विनयलाई भने अर्को एक व्यक्तिले बोकाएर पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई लागुऔषध कारोबारी अन्र्तगत कानुनी कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे