झाडु लिएर सडकमा निस्किए विद्यार्थी (फोटोफिचर)


धरान । धरान १२ चतरालाइनस्थित सुनाखरी एकेडेमीका विद्यार्थीहरु शुक्रबार दिउँसो स्कुल ड्रेसमै हातमा झाडु, डस्टविन लिएर सडकमा निस्किए । त्यसपछि कसैले सडक दाँयाबाँया झाडु लगाउन थाले भने कसैले फोहोर उठाएर डस्टविनमा हाल्न थाले । कोही भने हातमा विरुवा लिएर सडकमा आएका थिए । त्यसलाई सडक किनार रुख रोप्न बनाइएको ठाउँमा रोप्न थाले ।
विद्यार्थीहरुको गतिविधि देखेर एक छिन त सडकमा हिडिरहेकाहरु पनि छक्क परेका थिए । तर, शुक्रबार विद्यार्थीहरु त्यसै सडकमा निस्किएका भने होइन रहेछ । वातावरण दिवस परेको हुनाले विद्यार्थीहरुले सामाजिक दायित्वअन्र्तगत सडक सडक, स्कुल वरीपरीको वातावरण सफा गर्न निस्किएका रहेछन् । विद्यार्थीहरुले वातावरण जोगाउ र दीर्घ जीवन बाचौ भन्ने ब्यानर पनि बोकेका थिए ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे