रिफ्रेस हुन आएका गायकको धरानमा गजल साँझ


धरान । झण्डै दुई दशकपछि जन्मस्थान आएका गजल गायक साज सिंहको सोमबार साँझ धरान ९, पुतलीलाइनस्थित कोरियन रेष्टुरेष्ट हाङकुक साराङमा सुफि गजल साँझ सम्पन्न भयो । आफै भुकम्पको डिप्रेशनबाट मुक्ति पाउन यता आएका गायक सिंहले सोमबार साँझ गीत,संगीतको माध्यमबाट धरानेहरुलाई पनि रिफ्रेस गराए । ‘भुकम्पले एक महिना घरबाहिरै बसे, झण्डै अढाई सय धक्का खेपे । मलाई त डिप्रेशन भएजस्तो भयो । त्यसैले रिफ्रेस हुन जन्मस्थान आएको थिएँ’–गायक सिंहले भने–‘यहाँ आएपछि पुराना साथीभाई भेटे । सबैले कार्यक्रम गरौं न त, अरुलाई पनि रिफ्रेस हुन्छ भनेपछि योजना बन्यो ।’
जहाँ छन् बुद्धका आँखा....बोलको गीतबाट प्रस्तुती शुरु गरेका गायक सिंहले नारायण गोपालको यति चोखो यति मिठो..र गुलाम अलिको के छ र दिनु तिमीलाई मैले..बोलको मात्रै नेपाली गीत गाए । त्यसपछि, निरन्तर उनले प्यार मागा है तुम्ही से.., जानेवालो जरा.., सैया.., लगन लगी.., अगर तुम न होती..,दगाबाज रे..लगायत नयाँ पुराना डेढ दर्जन बढी हिन्दी गजल, गीतहरु गाए । हरेक गीत प्रस्तुतीपछि स्रोताहरुबाट गडगडाहट ताली पाउदा उनी निक्कै उत्साहित पनि हुन्थे । करिब ८ बजे शुरु भएको गजल साँझ राती अबेर एघार बजेसम्म जारी रह्यो । धरानका लब्ध प्रतिष्ठित, व्यावसायी, कलाकारदेखि गीत,संगीतका पारखीहरुलाई भुकम्पको पीडा बिर्सने गरी गीत,संगीतमा मुग्ध भइरहे । ‘गायक पनि भुकम्प पीडित भएरै यता आएका हुन् । यत्रो बर्षपछि जन्मस्थान आएको मौकामा गीतसंगीतबाटै मानसिकरुपमा राहत पुग्छ भनेर कार्यक्रम आयोजना गरेका हौं’–गायक सिंहका साथी एवं हाङकुक साराङका प्रोपाइटर महेश श्रेष्ठ बिकीले भने । कार्यक्रममा धराने गायिका अञ्जु राईले पनि ३ वटा गीत गाएकी थिइन् ।
गायक सिंह धरानमा जन्मिए पनि झण्डै दुई दशकअघि उनी काठमाण्डौं गएका थिए ।  त्यसउता उनी धरान आएनन् । काठमाण्डौंमा गीत,संगीतमा संघर्ष गर्दा गर्दै उनी सन् १९९२ मा सिंगापुर गए । त्यही ९ बर्षभन्दा लामो समय गजल गायनमा काम गरे । पछिल्लो समय उनी थाइल्यैण्डको बैंककमा गजल गायनमा थिए । गत दशैंअघि उनी नेपाल आएका थिए । हालसम्म उनले सधै सधै र साज नामको दुई एल्वम निकालिसकेका छन् । सुफिआना अन्दाजमा गजल गाउने उनी आत्मसन्तुष्टीको लागि गाउने बताउछन् । अचेल कला भन्दा पनि प्रविधि र पैसाले गर्दा गीत,संगीत पहिलाको जस्तो नभएको उनको भनाई छ ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे