भोजपुरका भुकम्प पीडितलाई नगद सहयोग गरिने


धरान । भोजपुर सुनसरी सेवा समाजले गत बैशाख १२ र त्यसपछिको भुकम्पबाट पीडित भोजपुरबासीहरुलाई राहतस्वरुप नगद सहयोग गर्ने भएको छ । समाजले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रति घरपरिवार नगद ५ हजारको दरले आर्थिक सहयोग गर्ने जानकारी गराएको हो ।
 पीडितहरुले आफुले चाहेजस्तो घरटहरा निर्माण गर्न सकुन् भनेर नगद सहयोग गर्न लागेको समाजका सचिव रेवतीरमण राईले जानकारी दिए । समाजले घरदैलो गरेर हालसम्म ३ लाख ६० हजार ५ सय ४२ रुपैया संकलन गरेको र जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरेर पीडित भएकै स्थानमा पुगेर वितरण गरिने सचिव राईले बताए । उनका अनुसार ७२ घरपरिवारलाई ५ हजार रुपैयाको दरले प्रदान गर्ने योजना छ ।
राहत रकम वितरण गर्न संस्थाका अध्यक्ष नन्दप्रसाद श्रेष्ठ, उपाध्यक्ष नगेसचन्द्र राई, सचिव रेवतीरमण राई, सहसचिव प्रतापसिं राईसहित ९ जनाको टोली आइतबार(असार १३ गते) भोजपुरतर्फ प्रस्थान गर्ने समाजले जनाएको छ । बैशाखमा आएको भुकम्पले भोजपरको खर्तम्मा, दोभाने, चौकीडाडालगायत उत्तरी गाविसमा बढी क्षति पुर्याएको छ । भोजपुरमा ३४ सय हाराहारीमा घर पुर्ण क्षति भएको र ६ हजार हाराहारीमा समान्य क्षति पुगेको तथ्यांक आफुहरुले पाएको समाजको पदाधिकारीले जनाएका छन् । उपाध्यक्ष नगेसचन्द्र राईले प्रशासनसँग समन्वय गर्दै स्थलगतरुपमा पुगेर वास्तविक पीडितहरुको पहिचान गरेर वितरण गरिने बताए ।
पूख्यौली थलो भोजपुरबाट बसाई सरेर सुनसरी जिल्लाको विभिन्न क्षेत्रमा बसोबास गरिरहेकाहरुले समाजलाई स्थापना गरेका हुन् । यो संस्थाले भोजपुरको हरेका विकास निर्माण, गतिविधि तथा विपत्तिमा सहयोग गर्दै आइरहेको छ । यसअघि टेम्के स्याल्मे महोत्सव, मृगौला रोगी श्रृर्जना राई, जण्डिस रोगी गोर्वद्धन राईलगायतलाई आर्थिक सहयोग गरेको समाजले ज्येष्ठ नागरिकलाई सम्मान, रक्तदान कार्यक्रम, राई समुदायको संस्कार संस्कृतिको वृत्तचित्र पनि तयार गरिसकेको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे