स्पष्ट नीति नहुदा उद्योग, कलकारखाना संकटमा परेको गुनासो
धरान । सरकारले स्पष्ट नीति नबनाउदा उद्योग एवं कलकारखानाहरु विस्थापित हुने अवस्था पुगेको भन्दै पूर्वका उद्योगी, व्यावसायीहरुले शान्तिपुर्वक व्यावसाय गर्न पाउने अवस्था तयार गरिदिन माग गरेका छन् । उद्योग आसपासमा मानव वस्ती बसेको र उद्योगले दुर्गन्ध फैलाएको भन्दै विरोध हुने गरेको उल्लेख गर्दै व्यावसायीहरुले उद्योगको लागि सरकारले उपयुक्त क्षेत्र छुट्याउन माग गरेका छन् ।
सुनसरी उद्योग वाणिज्य संघको ३४ औं बार्षिक साधारण सभाको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किसोर प्रधानले सरकारको नीति नभएकै कारण अहिले उद्योगी र स्थानीयबीच द्धन्द भइरहेको र यसले उद्योगहरुलाई विस्थापित हुनतर्फ उन्मुख गराएको बताए । ‘सुनसरी मोरङ करिडोरमा उद्योग स्थापना हुदा खुला थियो, विस्तारै मानव वस्ती बस्न थाल्यो, अब दुर्गन्ध भयो भनेर उद्योग हटाउ भन्न थालेका छन्’–उपाध्यक्ष प्रधानले भने–‘राज्यबाट स्वीकृत पाएर उद्योग पहिला बस्यो कि बस्ती ? सरकारले ध्यान दिनुपदैन ? उद्योग आसपासमा बस्ती बसाउने कि नबसाउने भनेर राज्यले बेलैमा सोचिदिनु पदैन ?’
उपाध्यक्ष प्रधानले उद्योग, कलकारखानकोलागि उपयुक्त ठाउँ छुट्याइदिन वा उद्योग, व्यावसाय गरिखानको लागि गाउलेसँग लडाई, झगडा गरिरहन नपर्ने कानुन बनाउन माग गरे । भुकम्पले आर्थिक विकासको ढोका खोल्ने अवसर दिएको उल्लेख गर्दै उनले अन्र्तराष्ट्रिय पुर्ननिर्माण सम्मेलनमा नीजि क्षेत्रलाई नगन्यरुपमा सहभागी गराएको भन्दै असन्तुष्टी जनाए । सरकारले आशा गरेभन्दा बढी सहयोगको आश्वासन पाएपछि सरकारले कसरी खर्च गर्छ भनेर महासंघले नियालीरहेको पनि प्रधानले बताए । ‘सम्मेलनमा निजी क्षेत्रको नगन्य उपस्थिति रह्यो, सरकारले निजी क्षेत्रलाई पन्छाएर आफै मात्र गर्छु भन्नेतिर लागेको हो कि ? सहयोग जुटेको रकम कसरी, कुन प्रक्रियाबाट खर्च गर्ला भनेर हामी पनि हेरिरहेका छौं’–उनले आक्रोश पोख्दै भने–‘भन्न चै निजी क्षेत्र भन्ने तर व्यवहारमा नदेखाउने, सरकारको यो रवैया परिवर्तन नभएसम्म आर्थिक क्रान्ति नै हुदैन ।’
महासंघका केन्द्रीय सदस्य एवं कोशी अञ्चल प्रतिनिधि रोहित प्रसाईले विदेशी लगानीको सुरक्षाको ग्यारेष्टी गर्ने सरकारले स्वदेशी लागानीको सुरक्षा ग्यारेष्टी गर्न भने वास्ता नगरेको भन्दै आक्रोश जताए । ‘व्यापार, व्यावसाय गर्ने अवस्था छैन, तर लगानी नडुबोस् भनेर बाध्य छौं’–प्रसाईले भने । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले नयाँ उद्योग स्थापना गर्न जग्गा उपलब्ध नहुने भएकोले धरान औद्योगिक क्षेत्रलाई विस्तार गर्न आवश्यक रहेको बताए । साथै उनले सुनरी मोरङ औद्योगिक करिडोरलाई औद्योगिक क्षेत्र घोषणा गरेर उद्योगहरुले पाउने सेवा सुविधा उपलब्ध गराउन पनि मारे । साना तथा मझौला उद्योगले थोरै लगानीमा धेरै उत्पादन र रोजगारी दिने भएकोले यस्ता उद्योगहरुको संरक्षण, संवद्र्धन र विकासका कार्यक्रम ल्याउन जरुरी रहेको उनले बताए । ‘नेपालमा आयातको तुलनामा निर्यातको मात्रा घट्दै गएर देशको समग्र आर्थिक सन्तुलनमा प्रतिकुल असर परेको छ, तसर्थ निर्यातमुलक उद्योगहरुको स्थापना र संचालनमा प्रोत्सान गरिनुपर्दछ’–अध्यक्ष श्रेष्ठले भने ।
कोशी राजमार्ग अन्र्तगत पर्ने विराटनगर–धरान–किमाथांका सडक पूर्वाञ्चलकै आर्थिक विकासमा महत्वपुर्ण योगदान पुर्याउने भएकोले यसको निर्माणमा आवश्यक पहल हुनुपर्ने उनले माग गरे । हाल भइरहेको मुल्य अभिवृद्धि करको थ्रेस होल्ड २० लाखबाट बढाएर ५० लाख बनाउनुपर्ने माग गरे । आयकर छुट सिमा वर्तमान अवस्थामा व्यक्तिगत भए २ लाख र परिवार भए २ लाख ५० हजार रहेकोमा मुद्रास्फितिको दर र महंगीलाईसमेत मुल्यांकन गर्दा छुट सिमा न्युन भएकोले उक्त छुट सिमा व्यक्तिगत भए ४ लाख र परिवार भए ५ लाख कायम गर्न पनि माग गरेका छन् । सोही कार्यक्रममा आर्थिक गतिविधिलाई समाचार लेखनमार्फत प्रोत्सहन गरेको भन्दै संघले यसै बर्षदेखि शुरु गरेको नगद १० हजारसहितको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार पत्रकार भोजराज श्रेष्ठलाई प्रदान गर्यो ।

Comments
Post a Comment