अनुशासित भएर गाडी चलाउने चालकलाई सम्मान
धरान । हाल धरान–काकडभिट्टा रुटमा चल्ने को १ ख ६४०४ नम्बरको ऊँ त्रिलोक बस सेवाका चालक गणेशबहादुर कार्कीलाई पनि कुनै दिन यही पेशाले सम्मान दिलाउछ भन्ने लागेकै थिएन । शनिबार भने समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको सामुन्ने सम्मान थाप्दा उनी निक्कै खुशी भए ।
पूर्वाञ्चल यातायात व्यावसायी संघको बार्षिक साधारणसभाको अवसरमा पूर्वक्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक(डिआइजी) माधवप्रसाद जोशीले नगद दुई हजार पाँच सयसहित उनलाई नेपाली टोपी र प्रसंसा पत्र प्रदान गरे । कार्कीसँगै लामो समयसम्म सवारी चलाए पनि एक पटक दुर्घटना नगरेका ६ जना चालकहरु पहिचान गरेर संघले नगदसहित सम्मान गरेको हो । सवारी चालक(ड्राइभर)लाई सम्मानित पेशा ठानिदैन । अझ पछिल्लो समय अत्यधिक दुर्घटनामा धेरै मान्छेको ज्यान गुमेपछि चालकहरु ‘ज्यानमारा’ हुन्छन् भन्ने खालको चर्चा भयो । तर, पूर्वका सडकमा गाडी चलाउन थालेको ३२ बर्ष भइसक्दा पनि कार्कीले एक पटक दुर्घटना गरेका छैनन् ।
‘चालिस सालदेखि गाडी चलाउन थालेको हुँ, अहिलेसम्म एक पटक पनि दुर्घटना भएको छैन । आज सम्मान पाउदा गर्व लागेको छ’–५२ बर्षीय कार्कीले भने–‘म अरु कसैले केही भनेको भरमा गाडी चलाउदिन, आफ्नै विवेक र दिमागले चलाउछु । आफु सचेत भएर गाडी चलाउनुपर्छ, गाडी भन्दा म वलियो हुँ भन्ने भावनाले चलाउनुपर्छ, दुर्घटना हुदै हुदैन ।’ उनको अनुभवमा चालकको लापरवाहीले मात्रै दुर्घटना हुदैन, सडकको दुरावस्था, जथाभावी हिड्ने पैदल यात्री र साइकल, मोटरसाइलको कारणले पनि दुर्घटना हुने गर्छ । नेपाल साझाको बस चलाउन शुरु गरेका उनले त्यसपछि देउराली, कोशी, रोजिना ट्राभल्स हुदै ३ बर्षदेखि त्रिलोक डिलक्स चलाइरहेका छन् ।
संघले उनीसँगै लामो समयदेखि सवारी साधान हाँकिरहे पनि दुर्घटना नगर्ने भुमी उराव, पुर्णलाल राजधामी, सोरे लिम्बू, कुलबहादुर मगर र भवानी श्रेष्ठलाई पनि नगदसहित सम्मान गरेको हो । उरावले विगत २७ बर्षदेखि सवारीसाधान चलाइरहेका छन् भने राजधामीले २० बर्ष, लिम्बूले १७ बर्ष, मगरले ११ बर्ष र श्रेष्ठले विगत १० बर्षदेखि गाडी चलाइरहेका छन् । ‘उहाँहरु जस्तै अरु चालक जन्मिउन प्रेरणा मिलोस्, दुर्घटना नहुदा आर्थिक, मानवीय क्षति हुनबाट बच्छौं र सामाजिक पीडाबाट पनि जोगिन्छौं’–नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ कोशी अञ्चल संयोजक कृष्ण सुवेदीले भने ।
...................
यातायात व्यावसायीहरुले सरकारले सार्वजनिक सवारी साधान संचालनबारे ठोस नीति तथा कार्यक्रम नल्याएको कारण यो पेशा सधै आरोपित हुने गरेको गुनासो पोखेका छन् । साथै, उनीहरुले व्यवसायी स्वयमले पनि त्यसतर्फ चासो नदिएको पनि स्वीकार गरेका छन् । शनिबार पूर्वाञ्चल यातायात व्यावसायी संघको बार्षिक साधारण सभाको क्रममा अध्यक्ष श्रेष्ठले भने–‘कहिले सिण्डिकेट, कहिे सवारी दुर्घटना, कहिले खुला प्रतिस्पर्धा तर कहिले सवारी दर्ता र सञ्चालन प्रक्रियाको नाममा यातायात व्यावसायीमाथि अनेकन आरोप लाग्छ ।’
सवारी दुर्घटनाबाट मुत्यु, घाइते, अपांग हुनेको संख्या वृद्धि भइरहे पनि सरकारले दुर्घटना न्युनीकरणतर्फ गम्भीर नभएको उनले आरोप लगाए । दुर्घटनाबाट मुत्यु हुनेको संख्या घटाउन दुर्घटना न्युनिकरण राष्ट्रिय कार्यक्रम ल्याउन अतिजरुरी रहेको अध्यक्ष श्रेष्ठले माग गरे । सवारी दुर्घटनामा चालकको लापरवाहीसँगै राष्ट्रिय राजमार्ग सवारी संचालन गर्न योग्य सवारीमैत्री सडक नहुनु पनि कारक भएको श्रेष्ठले बताए । राजमार्गमा वस्ती विकास भई अतिक्रमण हुनु, सडकमा विस्कुन सुकाउने, हाटबजार लाग्ने, पशुचौपाया छाडा छोड्ने कारणले पनि दुर्घटना भइरहे पनि नियन्त्रणतर्फ भने कसैले चासो नदिएको उनले बताए ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका कोशी अञ्चल संयोजक कृष्ण सुवेदीले २ बर्षभन्दा बढी समयदेखि लाइसेन्स वितरण नहुदा दक्ष चालक अभावमा सवारीसाधान ग्यारेजमा थन्क्याउनु पर्ने अवस्था आएको बताए । साथै, उनले पनि सडक अतिक्रमण गरी हाटबजार लगाउने, पशु चौपाया सडकमा छाडा छोड्ने प्रवृत्तिलाई पनि निरुत्साहित गर्न कारबाही गरिनुपर्ने बताए ।
पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधवप्रसाद जोशीले सरोकारवालाहरुबीचमा आपसी समन्वय नहुदा नै समस्याहरु देखिएको बताए । सबैपक्षले इमान्दारीपूर्वक जिम्मेवारी पुरा गरेमा समस्या आफै हल हुने उनको भनाई थियो । ‘सरोकारवालाहरुबीच समन्वय नहुनु नै ठुलो समस्या हो । सडक एउटाले बनाउछ, गाडइ अर्कैले चलाउछ र नियमन अर्केले गर्नुपर्ने हुन्छ । व्यावसायी, मजदुहरुबीच हात हालाहाल भइसकेपछि मात्रै नियमनकारी निकायलाई नयाँ गाडीले रुट इजाजात पाएछ भन्ने थाह हुन्छ’–डिआइजी जोशीले भने । कार्यक्रममा पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसी, संघका संरक्षक एवं पूर्वअध्यक्ष हिरा उदास, पत्रकार महासंघ अध्यक्ष केशव घिमिरेलगायतले बोलेका थिए ।
पूर्वाञ्चल यातायात व्यावसायी संघको बार्षिक साधारणसभाको अवसरमा पूर्वक्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक(डिआइजी) माधवप्रसाद जोशीले नगद दुई हजार पाँच सयसहित उनलाई नेपाली टोपी र प्रसंसा पत्र प्रदान गरे । कार्कीसँगै लामो समयसम्म सवारी चलाए पनि एक पटक दुर्घटना नगरेका ६ जना चालकहरु पहिचान गरेर संघले नगदसहित सम्मान गरेको हो । सवारी चालक(ड्राइभर)लाई सम्मानित पेशा ठानिदैन । अझ पछिल्लो समय अत्यधिक दुर्घटनामा धेरै मान्छेको ज्यान गुमेपछि चालकहरु ‘ज्यानमारा’ हुन्छन् भन्ने खालको चर्चा भयो । तर, पूर्वका सडकमा गाडी चलाउन थालेको ३२ बर्ष भइसक्दा पनि कार्कीले एक पटक दुर्घटना गरेका छैनन् ।
‘चालिस सालदेखि गाडी चलाउन थालेको हुँ, अहिलेसम्म एक पटक पनि दुर्घटना भएको छैन । आज सम्मान पाउदा गर्व लागेको छ’–५२ बर्षीय कार्कीले भने–‘म अरु कसैले केही भनेको भरमा गाडी चलाउदिन, आफ्नै विवेक र दिमागले चलाउछु । आफु सचेत भएर गाडी चलाउनुपर्छ, गाडी भन्दा म वलियो हुँ भन्ने भावनाले चलाउनुपर्छ, दुर्घटना हुदै हुदैन ।’ उनको अनुभवमा चालकको लापरवाहीले मात्रै दुर्घटना हुदैन, सडकको दुरावस्था, जथाभावी हिड्ने पैदल यात्री र साइकल, मोटरसाइलको कारणले पनि दुर्घटना हुने गर्छ । नेपाल साझाको बस चलाउन शुरु गरेका उनले त्यसपछि देउराली, कोशी, रोजिना ट्राभल्स हुदै ३ बर्षदेखि त्रिलोक डिलक्स चलाइरहेका छन् ।
संघले उनीसँगै लामो समयदेखि सवारी साधान हाँकिरहे पनि दुर्घटना नगर्ने भुमी उराव, पुर्णलाल राजधामी, सोरे लिम्बू, कुलबहादुर मगर र भवानी श्रेष्ठलाई पनि नगदसहित सम्मान गरेको हो । उरावले विगत २७ बर्षदेखि सवारीसाधान चलाइरहेका छन् भने राजधामीले २० बर्ष, लिम्बूले १७ बर्ष, मगरले ११ बर्ष र श्रेष्ठले विगत १० बर्षदेखि गाडी चलाइरहेका छन् । ‘उहाँहरु जस्तै अरु चालक जन्मिउन प्रेरणा मिलोस्, दुर्घटना नहुदा आर्थिक, मानवीय क्षति हुनबाट बच्छौं र सामाजिक पीडाबाट पनि जोगिन्छौं’–नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ कोशी अञ्चल संयोजक कृष्ण सुवेदीले भने ।...................
सवारीसाधान संचालनबारे ठोस नीति माग
यातायात व्यावसायीहरुले सरकारले सार्वजनिक सवारी साधान संचालनबारे ठोस नीति तथा कार्यक्रम नल्याएको कारण यो पेशा सधै आरोपित हुने गरेको गुनासो पोखेका छन् । साथै, उनीहरुले व्यवसायी स्वयमले पनि त्यसतर्फ चासो नदिएको पनि स्वीकार गरेका छन् । शनिबार पूर्वाञ्चल यातायात व्यावसायी संघको बार्षिक साधारण सभाको क्रममा अध्यक्ष श्रेष्ठले भने–‘कहिले सिण्डिकेट, कहिे सवारी दुर्घटना, कहिले खुला प्रतिस्पर्धा तर कहिले सवारी दर्ता र सञ्चालन प्रक्रियाको नाममा यातायात व्यावसायीमाथि अनेकन आरोप लाग्छ ।’सवारी दुर्घटनाबाट मुत्यु, घाइते, अपांग हुनेको संख्या वृद्धि भइरहे पनि सरकारले दुर्घटना न्युनीकरणतर्फ गम्भीर नभएको उनले आरोप लगाए । दुर्घटनाबाट मुत्यु हुनेको संख्या घटाउन दुर्घटना न्युनिकरण राष्ट्रिय कार्यक्रम ल्याउन अतिजरुरी रहेको अध्यक्ष श्रेष्ठले माग गरे । सवारी दुर्घटनामा चालकको लापरवाहीसँगै राष्ट्रिय राजमार्ग सवारी संचालन गर्न योग्य सवारीमैत्री सडक नहुनु पनि कारक भएको श्रेष्ठले बताए । राजमार्गमा वस्ती विकास भई अतिक्रमण हुनु, सडकमा विस्कुन सुकाउने, हाटबजार लाग्ने, पशुचौपाया छाडा छोड्ने कारणले पनि दुर्घटना भइरहे पनि नियन्त्रणतर्फ भने कसैले चासो नदिएको उनले बताए ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका कोशी अञ्चल संयोजक कृष्ण सुवेदीले २ बर्षभन्दा बढी समयदेखि लाइसेन्स वितरण नहुदा दक्ष चालक अभावमा सवारीसाधान ग्यारेजमा थन्क्याउनु पर्ने अवस्था आएको बताए । साथै, उनले पनि सडक अतिक्रमण गरी हाटबजार लगाउने, पशु चौपाया सडकमा छाडा छोड्ने प्रवृत्तिलाई पनि निरुत्साहित गर्न कारबाही गरिनुपर्ने बताए ।
पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधवप्रसाद जोशीले सरोकारवालाहरुबीचमा आपसी समन्वय नहुदा नै समस्याहरु देखिएको बताए । सबैपक्षले इमान्दारीपूर्वक जिम्मेवारी पुरा गरेमा समस्या आफै हल हुने उनको भनाई थियो । ‘सरोकारवालाहरुबीच समन्वय नहुनु नै ठुलो समस्या हो । सडक एउटाले बनाउछ, गाडइ अर्कैले चलाउछ र नियमन अर्केले गर्नुपर्ने हुन्छ । व्यावसायी, मजदुहरुबीच हात हालाहाल भइसकेपछि मात्रै नियमनकारी निकायलाई नयाँ गाडीले रुट इजाजात पाएछ भन्ने थाह हुन्छ’–डिआइजी जोशीले भने । कार्यक्रममा पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसी, संघका संरक्षक एवं पूर्वअध्यक्ष हिरा उदास, पत्रकार महासंघ अध्यक्ष केशव घिमिरेलगायतले बोलेका थिए ।





Comments
Post a Comment