मिस एसएलसीको तयारी अन्तिम चरणमा

धरान । एसएलसी परीक्षा दिएर बसेका छात्राहरुमा अन्तरनिहित प्रतिभालाई निखार ल्याउन लक्षित दोस्रो टेस्टी टेस्टी मिस एसएलसी २०१५ को तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । आयोजक धरान जेसिजले बुधबार पत्रकार सम्मेलन गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा हलमा शुक्रबार प्रतियोगिताको ग्राण्ड फेनाली हुने जानकारी दिएको छ ।
गत बैशाख १३ गते अडिशन शुरु भएको प्रतियोगितामा १८ जना किसोरीहरु उपाधिको दौडमा छन् । एसएलसी परीक्षा दिएपछि रिजल्ट नआएसम्मको खाली समयमा विभिन्न तालिम दिएर सदुपयोग गर्ने र अन्तरनिहित क्षमतामा निखार ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्रिएटिभ डाइरेक्टर शिवराज श्रेष्ठले बताए । ‘रिजल्ट नआएको खाली समयमा विद्यार्थीहरु धेरै भौतारिन्छन्, उनीहरुलाई बाहिरी ज्ञान दिलाउन र अन्तरनिहित क्षमता निखार ल्याउदै उजागर गर्न मिस एसएलसी शुरु गरेका हौं’–उनले भने ।
अडिशनबाट छानिएका प्रस्पिर्धीहरुलाई र्याम्प वर्क÷क्याट वक, मेकअप, समय व्यवस्थापनसँगै फ्रष्ट एड, सेल्फ डिफेन्सलगायत व्यक्तित्व विकासका विभिन्न तालिमहरु दिएको आयोजकले जनाएको छ । फाइनल स्पर्धामा उपाधिका मुख्य विजेताले टेस्टी टेस्टी मिस एसएलसीको ताजसहित नगद ३० हजार पाउनेछिन् भने डिपो उच्चमाविमा कक्षा ११ र १२ अध्ययनको निःशुल्क छात्रवृत्ति पनि पाउने संयोजक सन्दिप शाक्यले जानकारी दिए । यस्तै, फष्ट रनरअपले नगद २५ हजार र सेकेण्ड रनरअपले नगद २० हजारसँगै विभिन्न उपहार पनि पाउने उनले बताए । दोस्रो र तेस्रो हुने प्रतिस्पर्धीले डिपोटमा प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति पनि पाउनेछन् । यसैगरि, प्रतियोगितामा मिस ट्यालेण्ट, मिस पर्सनालिटी, मिस ब्युटिफुल, मिस फोटोजेनिक, मिस क्याटवक, मिस फ्रेण्डसिप, मिस वेष्ट ड्रेस र मिस एक्टिवको पनि अवार्ड वितरण हुनेछ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे