विपन्न परिवारलाई वंगुरको पाठापाठी वितरण(फोटोफिचर)


धरान । विपन्न परिवारको आर्थिकस्तर उकास्ने उद्देश्यले नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुनसरीले विष्णुपादुकाका १४ परिवारलाई वंगुर वितरण गरेको छ । महासंघले सोमबार धरान १७ स्थित छहारी भवनमा एक कार्यक्रम आयोजना गरी विपन्न १४ परिवारलाई एक एक थान वंगुरको पाठापाठी वितरण गरेको हो ।
महासंघका जिल्ला अध्यक्ष खम्बासिं गुरुङ र आदिबासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष सन्दिप श्रेष्ठले विपन्न परिवारलाई वंगुर हस्तान्तरण गरेका थिए । हाल धरान २४, २६ र २७ वडामा पर्ने ती परिवारलाई जिविस सुनसरीको सहयोगमा निःशुल्करुपमा वंगुरको बच्चा वितरण गरिएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष गुरुङका अनुसार विभिन्न जातीय संस्थाले छनौट गरि सिफारिश गरेको आधारमा विपन्न परिवारलाई वंगुर वितरण गरिएको हो । ‘आयस्तर सृदृढ गर्न विपन्न परिवार छनौट गरी वंगुर वितरण गरेका हौं, उहाँहरुले पाएको एउटा वंगुरको बुच्चाबुच्चीलाई बिउकोरुपमा पालन गरेर त्यसैबाट थप बढाउदै लैजानुहुनेछ, हामी नियमित अनुगमन पनि गरिरहन्छौं’–अध्यक्ष गुरुङ्गले भने ।
वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका समन्वय समितिका उपाध्यक्ष सन्दिप श्रेष्ठले आदिबासी जनजातिहरु आर्थिक, समााजिक हरेक क्षेत्रमा अघि बढ्न आवश्यक रहेकोमा जोडदिए । वंगुरपालनबाट पनि आयस्तर बढाउन सकिने भन्दै उनले आर्थिक गतिविधिमा संलग्न हुन आग्रह गरे । वंगुर वितरण गर्नुअघि कार्यक्रममा वंगुरपालनसम्बन्धी जानकारीमुलक प्रशिक्षण पनि ती परिवारलाई गराइएको थियो । वंगुरपालक सविता राईले सहजीकरण गरेकी थिइन् ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे