पुतलीलाइनमा न्यु बुढासुब्बा डेन्टल केयरको शुभारम्भ

केयरले सोमबारदेखि नै सेवा प्रारम्भ गरिसकेको छ । केयरले पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष किसोर कुमार कार्कीले एक समारोहबीच रिबन काटेर उद्घाटन गरेका थिए । सोही क्रममा डाक्टर सोहिल श्रेष्ठले प्रमुख अतिथि कार्कीको दाँत जाँच गरेर सेवा प्रारम्भ पनि गरेका थिए । केयरमा डाक्टर सुवाल, श्रेष्ठसँगै डाक्टर नतसा श्रेष्ठले सेवा दिनेछन् ।

डेन्टल केयरको उद्घाटन गर्दै प्रमुख अतिथि कार्कीले धरानलाई स्वास्थ्य केन्द्रकोरुपमा विकास गर्न थप योगदान पुग्ने बताए । महिला चिकित्सकले उद्यमीकोरुपमा चालेको पाइलामा सबैको साथ हुने धारणा राख्दै उनले अझै पनि दन्त स्वास्थ्यबारे ज्ञान र चेतनाको अभाव भएकोले चेतना जगाउने गतिविधि गर्न सुझाए । बिशेष अतिथि एवं महिला सञ्जाल धरानकी अध्यक्ष मिना पुलामीले महिलाहरुको लागि डाक्टर सुवाल प्रेरणा हुने बताइन् ।
Comments
Post a Comment