भत्केको गाउँ बनाउदै सृर्जनशील युवा

ओखलढुंगा । बैशाख १२ गतेको भुकम्प आउदा ट्रेक एण्ड टुर गाइड कुशहरी फुँयाल पर्यटकीय नगरी पोखरामा थिए । भुकम्पले देशभर धनजनको ठुलो क्षति भएको खबर आयो । उनले आफ्नै गाउँघर सम्झिए । मन थाम्न सकेनन् । ओखलढुंगाको प्राप्चा हान्निए ।
उनी गाउँ फर्कने एक्ला थिएनन् । पोखरा र काठमाण्डौंबाट आफ्ना दौतरी र गाउँकै अन्य तन्नेरीहरु पनि भुकम्प लगत्तै गाउँ फर्किए । दशैतिहारमा मात्रै भेला हुने युवाहरुलाई यसपाली भुकम्पले बैशाख दोस्रो सातामा नै भेटायो । गाउँ फर्किएपछि उनीहरु कुनै दिन चुपचाप बसेका छैनन् । करिब ७ बर्षअघि आफ्नै पहलमा गठन भएको सृर्जनशील युवा समुहको नेतृत्वमा यी युवाहरु भुकम्पले बिगारेको आफ्नो गाउँ बनाउन अहोरात्र खटिएका छन् । युवाहरुको जोश देखेर गाउँले सबैले उनीहरुलाई साथ दिएका छन् । ‘विपतमा आफ्नै गाउँमा सेवा गर्न फर्कियौं, हाम्रो काम देखेर गाउँले सबै जना खुशी नै हुनुहुन्छ’–युवा समुहका सल्लाहकार रहेका कुशहरीले भने ।

अध्यक्ष वाग्लेलका अनुसार हेल्प डेस्कमा कहाँ के घटना भयो भनेर खबर आउने गर्छ । त्यसैअनुसार पारामेडिक टिम, उद्दार टिम आवश्यक स्थानमा पुग्छन् । जिल्लाबाट वा अन्यत्रबाट राहत आउदैछ भने समुहले नै गाउँलेलाई खबर गरिदिन्छन् र वितरणमा जुट्छन् । गाउँको आवाजलाई समुहले नै जिल्लासम्म पुर्याउन सहजीकरण पनि गरिदिएका छन् । त्यतिमात्रै होइन, यातायातको सुविधा नपुगेको प्राप्चामा युवाहरु नै जिल्ला र रामपुरसम्म पुगेर राहत बोकी गाउँमा ल्याइदिन्छन् । ‘हामी २२ जनाको टोली निरन्तर जुटेका छौं, गाउँलेबाट पनि सहयोग पाएका छौं’–अध्यक्ष वाग्लेले भने–‘घर, स्कुलको भग्नावशेष हटाउन, टहरा निर्माणमा पनि हामी सक्रिय छौं ।’

त्यसो त समुह स्थापनादेखि नै गाउँको वातावरण, सरसफाई, शिक्षा र विकास निर्माणमा सक्रिय थियो । समुहले गाविसको ९ वटै वडामा घर घरमा फोहोर व्यवस्थापनको लागि एक घर एक डोको अभियान चलाए । विद्यालयमा खानेपानीको धारा पुर्याएका छन् भने विद्यार्थीहरुको लागि शैक्षिक सामग्री पनि जोहो गरिदिएका छन् । चेतनामुलक सडक नाटक देखाउन पनि समुह सक्रिय छ । समुह ०६६ मा देउसी भैले खेल्नेक्रममा गठन भएको हो । शुरुमा बाल क्लब मात्रै थियो, पछि त्यसको दायरा बढाएर युवा समुह भएको हो ।
Comments
Post a Comment